काठमाडौँ – सरकारले अर्को व्यवस्था नभएसम्मका लागि गुलाबको फूल आयातमा रोक लगाएको छ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गतको प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रले नाकामा रहेका क्यारेन्टाइन कार्यालयलाई पत्र लेख्दै गुलाब आयातका लागि अनुमतिपत्र प्रदान नगर्न भनेको हो।
काँकडभिट्टा, भण्टाबारी, विराटनगर, मलंगवा, जलेश्वर, वीरगञ्ज, तातोपानी, एयरपोर्ट, रसुवा, भैरहवा, कृष्णनगर, नेपालगञ्ज, गड्डाचौकी, लोमान्थाङ, बैतडी नाकामा रहेका कार्यालयलाई पत्र लेख्दै केन्द्रले विशेष कारणले अर्को व्यवस्था नभएसम्म गुलाबको फूल आयातका लागि अनुमति नदिन अनुरोध गरेको छ।
‘उपरोक्ता सम्बन्धमा यस केन्द्र तथा अन्तर्गतका कार्यालयबाट विशेष कारणले अर्को व्यवस्था नभएसम्मका लागि गुलाबको फूल आयात गर्नका लागि आयात अनुपतिपत्र जारी नगर्नुहुन सम्बन्धित सबैमा जानकारीको लागि अनुरोध छ,’ पत्रमा भनिएको छ।
नजिकिँदै गरेको भ्यालेन्टाइन डेलाई लक्षित गरी सरकारले गुलाबको फूल आयातमा रोक लगाइएको बुझिएको छ।