काठमाडाैं । नेपालका अन्तर्राष्ट्रिय ख्याति प्राप्त कलाकार अशेष डंगोल करिब दुई महिनाको सांगितिक यात्रापछि अमेरिकाबाट नेपाल फर्केका छन् ।
कलाकार अशेष डंगोलले आर्लिंङगटन अर्जिनीया; ह्युस्टन, टेक्सास; हन्ट्सभिल अलाबामा टुपेलो, मिसिसिपी; पिट्सवर्ग, क्यालीफोर्निया, एल सेरीटो, क्यालीफोर्निया तथा लंग विच, क्यालीफोर्नियामा आफ्नो प्रस्तुतीहरू देखाएका थिए।
हिमालयन हेन्ड्रीक्सको उपनामबाट विश्वभर चिनीने कलाकार अशेष डंगोलले हाउस अफ ब्लूजको फाउन्देसन रुममा दोस्रो पटक आफ्नो दमदार प्रस्तुत गरेका छन् जसमा “स्कुल अफ खु” मा संगीत निर्देशकको समेत भूमीका निभाई सकेका रेन्दा ज्याक्सनले Renda Jackson) बेश गितारमा र साजन महर्जनले ड्रम्समा साथ दिएका थिए ।
सगरमाथा इन्टरवेन्तमेन्टद्वारा आयोजित अशेष डंगोलको कार्यक्रम हेर्न नेपालीहरुद्वारा संचालित “लामा वार” एल सेरीटो, क्यालीफोर्नियामा ठूलो घुईचो लागेको थियो। जसमा गितार सेन्टर आबद्ध सेसन बेस गितारिस्त त्यात मिनगाड (Gasset Mingardi) र साजन महर्जनले ड्रम्समा साथ दिएका थिए ।
पिट्सवर्ग क्यालीफोर्नियामा वन्दैगरेका श्री लक्ष्मी बैकुन्यनाथ नेपाली मन्दीरको सहयोगार्थ अशेष डंगोलले हिलींग सेसन नामक च्याहिरी कन्सर्ट पनि गरेका थिए । च्यारिटी कन्सर्टमा सम्मिलित दर्शकहरुले अशेष डंगोलको अध्यात्मिक संगीत सुनेर ध्यान पनि गरेका थिए।
अशेष डंगोलको २०२४ अमेरिका सांगीतिक यात्राको लागि क्यालिफोर्नियावासी पिउस दहालले भ्रमण प्रबन्धकको (TOURS Manager) भूमिका निर्वाह गरेका थिए भने अमर क्षेत्री फाउन्देशनले प्रायोजकमा तथा नेपक्याली रिकर्डस, अर्पन कार्की अभिसेक डंगोल, निरन्जन, हेनरी जोन्स, मनोज लामिछाने र तिका राईले आवास तथा सह प्रबन्धकको भूमिका निर्वाह गरेकाे थिए ।
अशेष डंगोलको हालसम्म ६ वटा गीति एल्बम र उनको १३ भन्दा बढी देश भ्रमण भैसकेको छ।



