आइत, जेष्ठ ३१, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home लेख

प्रहरीलाई झुक्याएर हाउजिङमा बसिरहेका थिए मनाङे

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
Reading Time: 2 mins read
0
प्रहरीलाई झुक्याएर हाउजिङमा बसिरहेका थिए मनाङे
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

twitter sharing button

messenger sharing button
whatsapp sharing button
 नारायण अधिकारी

काठमाडौं । गण्डकी प्रदेशका सांसद तथा पूर्वमन्त्री राजिव गुरुङ (दीपक मनाङे) मंगलबार बिहान पक्राउ परे । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले सानो भर्‍याङको  कम्फर्ट हाउजिङस्थित आफन्त कहाँ बसेको अवस्थामा पक्राउ गरिएको सीआईबीका एआईजी दीपक थापा बताउँछन् ।

सर्वोच्च अदालतले फैसला सुनाउपछि मनाङेलाई पक्राउ गर्न सीआईबीका साथै काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौंको टोली परिचालन भएका थिए । अन्ततः एक हप्ताको रेकीपछि सीआईबीको टोलीले मनाङेलाई बिहान १०: ४० बजे नियन्त्रणमा लिएको थियो ।

एक अधिकृतका अनुसार सीआईबीको टोली पुग्दा मनाङेले कम्फर्ट हाउजिङस्थित आफन्तको घरमा बसिरहेका थिए । ‘हामी बेलैमा पुगेछौं । अलिकति ढिलो भएको भए मनाङे पनि भागिसक्ने रहेछन्’, ती अधिकृत भन्छन् ।

प्रहरी टोली देखेपछि मनाङेले भने ‘किन आएको, म आफैं आइहाल्थे नि !’ भनेका थिए । ‘म आफैं आइहाल्थे । आउँछु भनेर विज्ञप्तीमार्फत जानकारी पनि गराएकै थिएँ’ मनाङेलाई उद्धृत गर्दै एक अधिकृतले  भने ।

२३ कात्तिकमा मनाङले विज्ञप्ति जारी गर्दै पूर्णपाठ सार्वजनिक भएपछि अदालतमा उपस्थित हुने बताएका थिए । ‘…मेरो कानून व्यवसायीलाई फैसलाको नक्कल सार्न पठाएँ, तर अदालतबाट फैसलाको संक्षिप्त पाठ तयार नभएको भन्ने जानकारी आयो’ विज्ञप्तिमा भनिएको छ, ‘सर्वोच्च अदालतबाट फैसलाको पूर्णपाठ लिखित रुपमा प्राप्त भएपछि अदालतमा उपस्थित हुने जानकारी गराउन चाहन्छु ।’

हरेक दिन सिम फेर्थे मनाङे

सर्वोच्च अदालतका न्यायाधीशद्वय डा. नहकुल सुवेदी र टेकप्रसाद ढुंगानाको इजलासले २० कात्तिकमा उच्च अदालतको फैसला सदर गर्दै ५ वर्ष कैद सदर गर्दा मनाङे काठमाडौंमै थिए ।

फैसला सार्वजनिक भएपछि मनाङेको मोबाइल अफ थियो । प्रहरीले उनको मोबाइल लोकेशन हेर्दा अन्तिम पटक सामाखुसीस्थित तिलिङेटार देखिएको थियो । त्यसपछि उनको मोबाइल अफ भएकाले अनुसन्धानमा खटिएको प्रहरी टोलीले मनाङे काठमाडौं लुकेर बसेको हुनसक्ने निष्कर्ष निकालेका थिए ।

मनाङेले नियमित चलाउने मोबाइल नम्बर अफमै राखे । तर हरेक दिन नयाँनयाँ सिम कार्ड प्रयोग गरेर मोबाइल चलाइराखेको पाइएको छ । ‘आज मात्रै मनाङेले ४ वटा सिम परिर्वतन गरेका थिए’, एक अनुसन्धान अधिकृतले भने ।

सिम कार्ड फेरे पनि मोबाइल सेट पुरानै थियो । उक्त मोबाइल सेटमा कुन सिम लाग्यो भन्ने पत्ता लगाएर ५ पटकसम्म सीआईबीको टोली पक्राउ गर्न गएको थियो । तर मनाङेले मोबाइल लोकेशन एकातिर देखाएर कम्फर्ट हाउजिङमा लुक्ने गरेको प्रहरीले दाबी छ ।

प्रहरीलाई झुक्याउन उनले मोबाइल विभिन्न ठाउँमा पुर्‍याउने र त्यहाँ पुगेपछि अफ गर्न लगाउने गरेको खुलेको सीआईबीका एक अधिकृतले बताए । ‘बूढानीलकण्ठ, नयाँबजार, बानियाँटार लगायतका लोकेशनमा  अफ भएको देखाएर झुक्याउने, आफूचाहिँ हाउजिङमा लुक्ने गरेको पाइयो’, उनले भने ।

के हो मनाङेको मुद्दा ?

दीपक मनाङेको समूहले २०६१ वैशाख ३१ गते काठमाडौंको महाराजगञ्जस्थित चुफाङ रेष्टुरेन्टमा अर्का डन मिलन चक्रे भनिने मिलन गुरुङलाई तरबार हानेका थिए । उक्त घटनालाई लिएर जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले मनाङे समूह विरुद्ध ज्यान मार्ने उद्योगको कसुरमा मुद्दा दर्ता गरेको थियो ।

जिल्ला अदालत, काठमाडौंले ज्यान मार्ने उद्योग नभई कुटपिट भएको ठहर गर्दै मनाङेलाई २ वर्ष जेल सजाय सुनायो भने गणेश लामा, रेवत कार्की, रमेश सुनुवार र उमेश लामालाई सफाइ दियो ।

फैसलाविरुद्ध सरकारी वकिलको कार्यालय तत्कालीन पुनरावेदन अदालत, पाटन गयो । अदालतले ज्यान मार्ने उद्योग (प्रयास) गरेको ठहर गर्दै मनाङेलाई ५ वर्ष जेल सजाय सुनायो भने अरुलाई सफाइ दिने जिल्ला अदालतको फैसलालाई सदर गरेको थियो ।

सरकारी वकिलको कार्यालय, मनाङे बाहेकका चार जनालाई पनि सजाय माग गर्दै सर्वोच्च गयो । मनाङ जेल बाहिरै रहे । २०७४ मा मनाङबाट स्वतन्त्र सांसद निर्वाचित भएपछि मनाङे २०७५ वैशाखमा अदालतमा उपस्थित भएर डिल्लीबजार कारागार चलान भए । १० वर्ष भन्दा कम जेल सजाय भएको मुद्दामा जेलबाहिर रहेर पुर्पक्ष गर्न पाइने कानुनी व्यवस्था अनुसार छुटे ।

सर्वोच्चमा मुद्दा विचाराधीन रहेकै अवस्थामा मनाङे पटक–पटक मन्त्री बने । २०७९ मा निर्वारोध चुनाव मात्र जितेनन्, दुई पटक मन्त्री भए । पछिल्लो पटक कांग्रेस र एमाले मिलेर सरकार बनेपछि भौतिक पूर्वाधार खोसेर वन मन्त्रालय दिएपछि राजीनामा दिए । २० कात्तिकमा सर्वोच्चको फैसला आयो ।

त्यही फैसला कार्यान्वयनका क्रममा पक्राउ परेका मनाङेलाई आजै   डिल्लीबजार कारागार चलान गरिएको छ । जिल्ला अदालत काठमाडौंको फैसला कार्यान्वयन अधिकारीले डिल्लीबजार कारागार चलाउन आदेश दिएका हुन् । उनले २ वर्ष ८ महिना कैद बसिसकेका मनाङे अझै २ वर्ष ४ महिना कैद बस्न बाँकी नै छ । अनलाइन खबर

यो पनि पढ्नुहोस्

कामपाले विद्युतीय भवन अनुमति प्रणालीको उपयोग गर्ने प्रबन्ध मिलाउने

कामपाले विद्युतीय भवन अनुमति प्रणालीको उपयोग गर्ने प्रबन्ध मिलाउने

२ घण्टा अगाडि
लोकसेवा आयोगको आज प्रभातफेरी निकाल्याे

लोकसेवा आयोगको आज प्रभातफेरी निकाल्याे

३ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

स्कटल्यान्डले हाइटीमाथि १–० को जित निकाल्यो

रास्वपाको बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित

आज विश्व रक्तदाता दिवस

पाल्पामा हालसम्म ८४२ जनामा एचआइभी सङ्क्रमित

कामपाले विद्युतीय भवन अनुमति प्रणालीको उपयोग गर्ने प्रबन्ध मिलाउने

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक