बुध, मंसिर ३, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

प्यालेस्टाइनको पक्षमा प्रदर्शन हुन थालेपछि आम्स्टर्डम तनावग्रस्त

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
0
प्यालेस्टाइनको पक्षमा  प्रदर्शन हुन थालेपछि आम्स्टर्डम तनावग्रस्त
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

एजेन्सी । प्यालेस्टाइनको पक्षमा दिनहुँ प्रदर्शन हुन थालेपछि नेदरल्याण्ड्सको राजधानी आम्स्टर्डम तनावग्रस्त बनेको छ । अघिल्लो हप्ता एउटा फुटबल प्रतियोगिताका क्रममा इजरायली समर्थकले नेदरल्याण्ड्सको राजधानीमा प्यालेस्टानको झण्डा जलाउनुका साथै अरब देशहरूविरुद्ध नाराबाजी गरेका थिए । त्यसपछि प्यालेस्टानका समर्थकसँग भएको झडपमा केही इजरायली घाइते भएका थिए ।

सम्भावित थप झडप रोक्न प्रहरीले आम्स्टर्डममा प्रदर्शनमा रोक लगाएको छ भने मास्क लगाएर हिँड्न पनि प्रतिबन्ध लगाएको छ । तर प्रदर्शनकारीले प्रहरीको अवज्ञा गर्दै आन्दोलन गर्दै आएका छन् । हिजो मात्रै प्रहरीले ४० जनाभन्दा धेरैलाई पक्राउ गरेको एएफपीले जनाएको छ । इजरायलले आफ्ना नागरिकलाई पनि नेदरल्याण्ड्सको भ्रमण नगर्न र त्यहाँ रहेका नागरिकलाई छिटोभन्दा छिटो देश फर्कन आग्रह गरेको छ ।

देशमा तनाव बढ्दै गएपछि नेदरल्याण्ड्सका प्रधानमन्त्री डिक स्कुफले संयुक्त राष्ट्रसङ्घीय जलवायु शिखर सम्मेलनमा आफ्नो यात्रा रद्द गर्नुभएको छ । यसैबीच इजरायलले आउँदो बिहीवार फ्रान्ससँग हुने फुटबल प्रतियोगिताका क्रममा रङ्गशालामा नजान आफ्ना नागरिकलाई आग्रह गरेको छ । सम्भावित झडप र क्षति रोक्न इजरायलले आफ्ना समर्थकलाई रङ्गशालामा नजान भनेको हो । नेशन्स लिग अन्तर्गत इजरायल र फ्रान्सबीचको खेललाई लिएर पेरिसको सुरक्षा व्यवस्था निकै कडा बनाइएको प्रहरीले जनाएको छ ।

दक्षिणपन्थी यहूदी समूहले नेसन्स लिगको खेलअघि र्‍यालीको घोषणा गरेको छ । फ्रान्स–इजरायलको खेललाई उच्च जोखिमको रूपमा वर्णन गर्दै पेरिसका प्रहरी प्रमुख लरेन्ट नुनेजले स्टेडियम वरिपरि, सार्वजनिक गाडी र सार्वजनिक ठाउँमा ४ हजार जना सुराकी परिचालन गरिने जनाउनुभएको छ ।

यो पनि पढ्नुहोस्

एमालेले तल्लो तहसम्मै पुनर्जागृत गर्ने

एमालेले तल्लो तहसम्मै पुनर्जागृत गर्ने

६ घण्टा अगाडि
प्रधानमन्त्री र भारतीय राजदूतबीच उच्चस्तरीय संवाद

प्रधानमन्त्री र भारतीय राजदूतबीच उच्चस्तरीय संवाद

६ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

आइएमई सर्वाधिक कर तिर्ने रेमिटेन्स कम्पनीका रूपमा सम्मानित

मेयर पदमा पूर्वमन्त्रीकाे उम्मेदवारी

सुरुङकाे आज `ब्रेक थ्रु´ गरिने

पूर्वआईजीपी कार्कीको आदेश आउन बाँकी

राष्ट्रिय आविष्कार केन्द्रमा चोरी

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक