बुध, मंसिर ३, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

टिकट बिक्रीमा अनियमितताकाे छानविन गर्न माग

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
Reading Time: 1 min read
0
टिकट बिक्रीमा अनियमितताकाे छानविन गर्न माग
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाका वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्काले हालै सम्पन्न साफ महिला च्याम्पियनसिप फुटबलको टिकट बिक्रीका अनियमितता भएको भन्दै छानविन हुनुपर्ने माग गरेका छन्।

काठमाडौंमा आइतबार पत्रकार सम्मेलन गर्दै उनले प्रतियोगिताको गेट टिकट बिक्रीमा नेपालको प्रचलित नियम कानुनका साथै एन्फाको आर्थिक नियमावली र कार्यविधिको उल्लंघन भएकोले अनियमितता र भष्ट्राचार भएको उनको दाबी छ ।

‘एन्फाको एक जिम्मेवार पदाधिकारी भएकोले चुप लागेर बस्नु आम खेलाडी र फुटबलप्रेमीप्रति अन्याय हुन्छ’, उनले भने, ‘त्यसैले राज्यको नियमनकारी निकाय र आम फुटबलप्रेमी दर्शकको ध्यान आकृष्ट गराउन यो पत्रकार सम्मेलनको आयोजना गरेको छु ।’ यसका कारण एन्फालाई १ करोड ५० लाखको क्षति पुगेको उनको दाबी छ ।

टिकट विक्री लागि टेण्डर आव्हान गर्दा तोकिएको समयसिमा भित्र एउटा मात्र कम्पनीले आवेदन दिएको अवस्थामा अर्को सूचना प्रकाशित गर्नु पर्नेमा सोही कम्पनीसँग सम्झौता गर्नुमा बदनियत देखिएको तथा टेण्डर दिई सकेको अवस्थामा पुनः अवैधानिक तवरले सम्झौता खारेज गर्ने निर्णय पनि अपारदर्शी र स्वार्थ प्रेरित भएको उनको भनाइ छ ।

‘एन्फाले टिकट विक्री गर्दा अनलाइनमार्फत गर्नु पर्नेमा सो समेत गरिएको देखिएन, माउन्ट एभरेष्ट स्पोर्ट्स एण्ड ईभेन्ट प्रा.लि.लाई जुन आरोप लगाएर सम्झौता रद्द गर्ने निर्णय गरिएको छ, सोही काम एन्फाले दोहोर्याएको छ’ विज्ञप्तिमा भनिएको छ, ‘फाइनलमा एन्फाले साधारण तर्फ १० हजार र भीआइपीतर्फ १००० टिकट विक्री गर्ने निर्णय गरेको थियो त्यो आफैंले उल्ल‌ंघन गरी भीआईपी तर्फ १०८२ र साधारण तर्फ १०,१३५ टिकट विक्री गरिएको छ । जुन तथ्य विक्री टिकट नम्बरबाट प्रमाणीत भएको देखिन्छ ।’

यीनै कारणहरु देखाउँदै खड्काले संस्थालाई क्षति पुग्ने गरी अवैध कार्यहरु गरी टेण्डर रद्द गरिनु, बढी टिकट बिक्री हुनु र एन्फामा टिकट विक्री बापतको रकम जम्मा भएको कुरामा पनि शंका रहनुले यो सबै निर्णयहरु गैरकानुनी, प्रक्रिया विपरित र अपारदर्शी भएको उनको आरोप छ ।

यसका लागि राज्यका निकायलाई छानविनका लागि आग्रह गर्दै अख्तियारमा पनि उजुरी परिसकेकोले गम्भिरतापूर्वक छानविनका लागि ध्यानाकर्षण गराएका छन् । त्यस्तै महिला साफ च्याम्पियनशिपबाट उठेको सम्पूर्ण रकम देशका लागि रगत पसिना बनाउने महिला खेलाडीहरुलाई दामासाहीले दिनुपर्ने माग समेत गरे।

यो पनि पढ्नुहोस्

एमालेले तल्लो तहसम्मै पुनर्जागृत गर्ने

एमालेले तल्लो तहसम्मै पुनर्जागृत गर्ने

६ घण्टा अगाडि
प्रधानमन्त्री र भारतीय राजदूतबीच उच्चस्तरीय संवाद

प्रधानमन्त्री र भारतीय राजदूतबीच उच्चस्तरीय संवाद

६ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

आइएमई सर्वाधिक कर तिर्ने रेमिटेन्स कम्पनीका रूपमा सम्मानित

मेयर पदमा पूर्वमन्त्रीकाे उम्मेदवारी

सुरुङकाे आज `ब्रेक थ्रु´ गरिने

पूर्वआईजीपी कार्कीको आदेश आउन बाँकी

राष्ट्रिय आविष्कार केन्द्रमा चोरी

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक