बुध, मंसिर ३, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

उपचुनावलाई प्राथमिकतामा राखेर राप्रपाले पार्टी गतिविधि अगाडि बढाउने

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
0
उपचुनावलाई प्राथमिकतामा राखेर राप्रपाले पार्टी गतिविधि अगाडि बढाउने
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं। स्थानीय तहको उपचुनावलाई प्राथमिकतामा राखेर राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पार्टी गतिविधि अगाडि बढाएको छ । अरु पार्टीलाई उछिन्दै राप्रपाले उम्मेदवार चयन गर्ने, चुनावी रणनीति र प्रचारको कार्यक्रम तयार पार्ने गरिरहेको छ ।

आगामी १६ मंसिरमा हुने ४४ पदको उपचुनाव मध्ये धेरैले चासो दिएको कीर्तिपुर नगरपालिकामा राप्रपाले उम्मेदवार टुंग्याइसकेको छ । तिहार अघि नै ध्रुव महर्जनलाई मेयर पदको उम्मेदवार बनाउने निर्णय राप्रपाले सार्वजनिक गरेको छ । ‘अरु ठाउँमा पनि धमाधम उम्मेद्वार टुंगिने क्रम चलिरहेको छ । हामी धेरै ढिलो गर्दैनौ’, प्रवक्ता मोहनकुमार श्रेष्ठले भने । राप्रपाले उपचुनावको तयारीलाई व्यवस्थित गर्न शीर्ष तहकै नेताहरुलाई परिचालित गर्ने निर्णय गरिसकेको छ ।

सकेसम्म सम्बन्धित भूगोलकै नेताहरु पर्नेगरी चुनावी कमाण्डर राप्रपाले तोकेको छ । चुनावी कमाण्डर तोकेर राप्रपाले पदाधिकारी तहकै नेतालाई वडाध्यक्ष जिताएर आउने जिम्मेवारी दिएको छ । तोकिएको जिम्मेवारी अनुसार मोरङको ग्रामथान गाउँपालिका अध्यक्ष पदको उपचुनावमा महामन्त्री प्रल्हाद साह खटिएका छन् ।

साहले ग्रामथान गाउँपालिका अध्यक्ष सहित सुनसरीको लालीगुराँस नगरपालिका–८ का वडाध्यक्ष जिताउने जिम्मेवारी पनि लिएका छन् । पार्टी प्रवक्ता भक्ति सिटौलालाई झापाकै कन्काइ नगरपालिका–६ को वडाध्यक्ष जिताउने जिम्मेवारी दिइएको छ । दोलखाको गौरीशंकर गाउँपालिका उपाध्यक्ष पदको उपचुनावमा सहकोषाध्यक्ष शोभित उप्रेती खटिएका छन् । काठमाडौं कीर्तिपुर नगरपालिकाको मेयर जिताउने चुनावी कमाण्डर पार्टी प्रवक्ता एवं प्रमुख सचेतक ज्ञानेन्द्रबहादुर शाही बनेका छन् । दैलेखको महाबु गाउँपालिका अध्यक्ष पद जिताउने जिम्मेवारी सहित महामन्त्री कुन्ती शाही खटिएकी छन् ।

जाजरकोट नलगाड नगरपालिकाको उपमेयरमा हुने उपचुनावमा सहायक महामन्त्री शौरेन्द्रबहादुर शाह खटिएका छन् । उपचुनाव हुने अर्को महत्वपूर्ण पालिका बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका हो । यो पालिकामा उपाध्यक्ष पदका निम्ति हुने उपचुनावको तयारीमा महामन्त्री धवल शमशेर जबरा खटिएका छन् । पार्टी महामन्त्री राजेन्द्र गुरुङलाई वडाध्यक्ष जिताउने जिम्मेवारी छ । ओखलढुंगाको मोलुङ गाउँपालिका–५ को वडाध्यक्ष जिताउने कमाण्डर महामन्त्री गुरुङ तोकिएका हुन् ।

सहमहामन्त्री प्रकाश रिमाललाई काठमाडौं महानगर–१६ को वडाध्यक्ष जिताउने जिम्मेवारी दिइएको छ । उपचुनाव हुने अरु वडाहरुमा पनि पार्टीका पदाधिकारी र केन्द्रीय सदस्यहरु परिचालित भएका छन् । ‘पदाधिकारीहरु नै खटिनुको अर्थ हामीले यो उपचुनावलाई प्राथमिकताका साथ हेरेको भन्ने हो’, प्रवक्ता श्रेष्ठले भने ।

यो पनि पढ्नुहोस्

एमालेले तल्लो तहसम्मै पुनर्जागृत गर्ने

एमालेले तल्लो तहसम्मै पुनर्जागृत गर्ने

५ घण्टा अगाडि
एमालेको राष्ट्रिय भेलामा विद्यादेवी भण्डारी सहभागी

एमालेको राष्ट्रिय भेलामा विद्यादेवी भण्डारी सहभागी

७ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

आइएमई सर्वाधिक कर तिर्ने रेमिटेन्स कम्पनीका रूपमा सम्मानित

मेयर पदमा पूर्वमन्त्रीकाे उम्मेदवारी

सुरुङकाे आज `ब्रेक थ्रु´ गरिने

पूर्वआईजीपी कार्कीको आदेश आउन बाँकी

राष्ट्रिय आविष्कार केन्द्रमा चोरी

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक