मङ्ल, मंसिर २, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार अदालत

उजुरी तामेलीमा राख्न परमादेश जारी

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
0
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं  । द्वन्द्वकालीन घटनासँग सम्बन्धित उजुरीलाई तामेलीमा राख्नुपर्ने अवस्था आएमा पीडित पक्षलाई अनिवार्य रूपमा आफ्नो भनाइ राख्ने मौका दिन सर्वोच्च अदालतले परमादेश जारी गरेको छ ।

कानुनी रिक्तता पूर्तिसँगै आयोगका पदाधिकारी सिफारिस चरणमा रहेको अवस्थामा सर्वोच्चले यस्तो आदेशको पूर्ण पाठ सार्वजनिक गरेको हो ।

तत्कालीन प्रधान न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठसहितको संवैधानिक इजलासले पीडितको भनाइ राख्ने मौका दिएर मात्र उजुरी तामेलीमा राख्न परमादेश जारी गरेको हो ।

२०८० पुसमा भएको फैसलाको पूर्ण पाठ अदालतले हालै सार्वजनिक गरेको हो । दुई आयोगको कानुनसँग नियमावली बाझिएको मागसँग भने अदालत असहमत भएको छ । उजुरी तामेलीमा राख्ने व्यवस्था बदरको माग गरिएको सावित्री तिमिल्सिनासमेतका पीडितको मुद्दामा अदालतले यसअघि पटक पटक जारी भएका आदेशहरू कार्यान्वयनका लागि पनि सरकार र आयोगहरूका नाममा आदेश जारी गरेको हो ।

अदालतको पूर्ण पाठमा भनिएको छ, “आयोगमा प्राप्त उजुरीको छानबिन गर्दा बेपत्ता पारिएका व्यक्तिको छानबिन सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन, २०७१ को दफा २१ तथा नियमावलीको नियम ७ बमोजिम तामेलीमा राख्नुपर्ने मनासिब अवस्था देखिन आएमा सोको वस्तुगत स्पष्ट आधार र कारण खुलाई तामेलीमा राख्नुअघि पीडित पक्षलाई आफ्नो भनाइ राख्ने मौकासमेत प्रदान गरी निर्णय गर्नू भनी आयोगको नाममा परमादेश जारी हुने ठहर्छ ।”

द्वन्द्वकालीन घटनासँग सम्बन्धित आयोगले उजुरी प्राप्त गरेपछि केहीलाई तामेलीमा राखेको थियो । आधार र कारणबिना नै मूल कानुनविपरीत तामेलीमा राखिएको भन्दै सर्वोच्चमा रिट दर्ता भएको थियो । दुई आयोगमध्ये सत्य निरूपण तथा मेलमिलाप आयोगका ५८ हजार ५२ र बेपत्ता पारिएको व्यक्तिको छानबिन आयोगमा दुई हजार ८६४ उजुरी दर्ता भएका थिए । पछिल्लो पटक संशोधन भएको कानुन अनुसार अब पुनः एक पटकका लागि उजुरी दिन सकिने व्यवस्था थप गरिएको छ ।

पीडितहरूले मुद्दामा बेपत्ता पारिएका व्यक्तिको छानबिन नियमावली २०७२ र सत्य निरूपण तथा मेलमिलाप आयोग नियमावली २०७२ को नियम ७ र १० लाई बदर घोषित गर्न माग गरेका थिए । मूल ऐनको दफा २१ सँग बाझिने गरी नियमावली तर्जुमा भएकाले बदरको माग भएको थियो ।

उक्त व्यवस्था कायमै रहेमा आयोगहरूले स्वेच्छाचारी रूपमा नै उजुरी तामेलीमा राख्न सक्ने अवस्था रहेको पनि निवेदकहरूको जिकिर थियो । उक्त माग अनुसार आदेश जारी गर्न भने अदालतले अस्वीकार गरेको हो । तर तामेलीमा राख्नुअघि पीडितको भनाइ सुन्न आदेश गरेको हो । अदालतले उजुरी फस्र्योटको अर्थ सङ्क्रमणकालीन न्यायको मर्मलाई नै परास्त गर्ने गरी तामेलीमा राख्ने प्रक्रिया हुन नसक्ने पनि आदेशमा उल्लेख गरेको छ ।

यो पनि पढ्नुहोस्

अकुत सम्पत्ति सम्पत्ति छानबिन गर्ने अधिकार नपाएको टिप्पणी

चार न्यायाधीशविरुद्ध उजुरी आह्वान

३ हप्ता अगाडि
अकुत सम्पत्ति सम्पत्ति छानबिन गर्ने अधिकार नपाएको टिप्पणी

सर्वोच्च अदालतमा परेको रिटमाथि कारण देखाउ आदेश जारी

१ महिना अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

विदेशमा रहेका देउवा परिवारको सम्पत्ति शुद्धीकरणको अनुसन्धान कसरी हुन्छ ?

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

प्रधानमन्त्रीको भारत भ्रमणका लागि एजेन्डा पारित हुन बाँकी

राम श्रेष्ठले जिते १० लाख  ३०० रुपैयाँ 

उत्कृष्ट २० करदाताको नाम घोषणा

एमालेको स्थायी कमिटी बैठक आज बस्दै

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक