काठमाडाैं । सहकारी प्रकरणमा पक्राउ परेका पार्टी सभापति रवि लामिछानेको रिहाइ माग गर्दै बालुवाटारमा प्रदर्शन गर्ने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का १५ जना कार्यकर्ता पक्राउ परेका छन् ।
उपत्यका प्रहरी कार्यालयका प्रवक्ता एसएसपी विनोद घिमिरेका अनुसार बालुवाटारमा प्रदर्शन गरिरहेका पन्ध्र जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
उनले बालुवाटार नजिक नेपाल हाउसको अगाडिबाट उनीहरूलाई नियन्त्रणमा लिइएको जनाए ।
यता रास्वपा कार्यबाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले पनि केही समर्थकलाई प्रहरीले नियन्त्रणमा लिएको जनाए ।


