बुध, मंसिर ३, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

फोहोर वर्गीकरण गर्न प्रोत्साहन गर्न कामपाका वडाहरूलाई पुनः आग्रह

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
0
फोहोर वर्गीकरण गर्न प्रोत्साहन गर्न कामपाका वडाहरूलाई पुनः आग्रह
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । कामपालाई स्रोतमै फोहोर वर्गीकरण गर्न प्रोत्साहन गर्न वडाहरूलाई पुनः आग्रह गरेको छ । सोमबार सूचना जारी गर्दै महानगरअन्तर्गत वातावरण विभागले यस्तो आग्रह गरेको हो ।

‘काठमाडौं उपत्यकाका सबै स्थानीय तहबाट उत्सर्जन हुने फोहोरमैला अन्तिम विसर्जनस्थल बन्चरेडाँडा स्यानिटरी ल्यान्डफिल साइटमा विसर्जन हुँदै आइरहेको फोहोरमैलाको परिणाम दिनप्रतिदिन बढ्न गई उक्त ल्यान्डफिल साइटको आयुसमेत घट्नुको साथै फोहोरमैला संकलन र ढुवानीमा लाग्ने खर्चमा समेत बढोत्तरी भई महानगरपालिकाले व्यहोरिरहेको आर्थिक कार्यभारप्रति गम्भीर हुनुपर्ने दीर्घकालीन सोचका साथ महानगरपालिका अगाडि बढिरहेको व्यहोरा अनुरोध छ,’ विभागबाट जारी सूचनामा भनिएको छ, ‘गत वर्षदेखि नै महानगरका केही वडामा घर–घरबाट उत्सर्जित फोहोरमैलालाई स्रोतमै पृथकीकरण गरी संकलन र ढुवानी भइरहेकाले चालू आर्थिक वर्ष ०८१/०८२ मा पनि सोहीअनुसार ३२ वटै वडावासीलाई वडा क्षेत्रभित्र उत्सर्जित फोहोरमैला स्रोतमै वर्गीकरण गर्न प्रोत्साहित गराई फोहोरमैला संकलन र ढुवानी व्यवस्थापनलाई थप प्रभावकारी बनाउन आवश्यक सहयोग गरिदिनुहुन वडा कार्यकालमा अनुरोध गरिन्छ ।’

महानगरले वैशाख ०७९ मा सूचना जारी गर्दै सोही वर्षको १ साउनदेखि स्रोतमै फोहोर वर्गीकरण गर्नुपर्ने उल्लेख गरेको थियो । तर, उक्त निर्णय कार्यान्वयन भएको थिएन । महानगरले वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन, ०७७ र फोहोरमैला व्यवस्थापन ऐन, ०६८ को हवाला दिँदै स्रोतमै फोहोर पृथकीकरण गर्न आग्रह गरेको थियो ।

घर वा कार्यालयमै फोहोर नछुट्याए वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन, ०७७ र फोहोरमैला व्यवस्थापन ऐन, ०६८ अनुसार कसुर मानी प्रत्येकपटक पाँच सय रुपैयाँ जरिवाना गर्ने जनाएको थियो । तर, महानगरले आफ्नोतर्फबाट तयारी पुर्‍याउन नसक्दा फोहोर छुट्याए पनि त्यसले निरन्तरता भने पाउन सकेको थिएन ।

महानगरले गत वैशाखबाट भने स्रोतमै फोहोर वर्गीकरण अभियान थाल्यो । हाल भने अभियान सकारात्मक रूपमा अगाडि बढिरहेको महानगरले जनाएको छ ।

यो पनि पढ्नुहोस्

एमालेले तल्लो तहसम्मै पुनर्जागृत गर्ने

एमालेले तल्लो तहसम्मै पुनर्जागृत गर्ने

३ घण्टा अगाडि
प्रधानमन्त्री र भारतीय राजदूतबीच उच्चस्तरीय संवाद

प्रधानमन्त्री र भारतीय राजदूतबीच उच्चस्तरीय संवाद

३ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

आइएमई सर्वाधिक कर तिर्ने रेमिटेन्स कम्पनीका रूपमा सम्मानित

मेयर पदमा पूर्वमन्त्रीकाे उम्मेदवारी

सुरुङकाे आज `ब्रेक थ्रु´ गरिने

पूर्वआईजीपी कार्कीको आदेश आउन बाँकी

राष्ट्रिय आविष्कार केन्द्रमा चोरी

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक