काठमाडौं । कीर्तिपुरमा एक महिला मृत फेला परेकी छिन् ।
कीर्तिपुर नगरपालिका-२ कीर्तिपुर अस्पताल पछाडिको झाँडीमा महिलाको शव फेला परेको हो । हाल नाम, थर, वतन नखुलेकी अन्दाजी ३५ वर्षीया महिला आइतबार मृत अवस्थामा फेला परेकी छिन्।
त्यसैगरी पाँचथर, हिलिहाङ गाउँपालिका-७ ग्वारे बस्ने ५९ वर्षीय कृष्ण बहादुर तामाङ फिदिम नगरपालिका-११ हेवाखोलास्थित पाँचथर पावर कम्पनीको ड्याममा आइतबार मृत अवस्थामा फेला परेका छन् ।
काठमाडौं, कीर्तिपुर नगरपालिका-२ कीर्तिपुर हस्पिटल पछाडिको झाँडीमा हाल नाम, थर, वतन नखुलेकी अन्दाजी ३५ वर्षीया महिला आइतबार मृत अवस्थामा फेला परेकी छिन् ।
चितवन, ईच्छाकामना गाउँपालिका-४ लेवाटारस्थित त्रिशुली नदीमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ४० वर्षीय पुरूष आइतबार मृत अवस्थामा फेला परेका छन् । यी घटनाहरू बारेमा अहिले प्रहरीले आवश्यक अनुसन्धान जारी राखेका छन् ।


