आइत, जेष्ठ १०, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home सम्पादकीय

नेकपा एमालेको आन्तरिक लोकतन्त्र दयनीय !

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
Reading Time: 1 min read
0
प्रचण्ड सच्चिने कि विप्लव पनि बिग्रिने ?
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

हाल सत्ताको नेतृत्व गरिरहेको नेकपा एमालेमा आन्तरिक लोकतन्त्र दयनीय बन्दै गएको पछिल्लो घटनाले झन् पुष्टि गरेको छ । एमालेले पार्टी निर्णयविरुद्ध बोलेको भन्दै तीन नेतालाई स्पष्टीकरण सोधेको हो । एमालेले हालै व्यवसायी मीनबहादुर गुरुङसँग पार्टी कार्यालय बनाउन जग्गा दानमा लिएको थियो । भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर ललिता निवास प्रकरण, करछलीजस्ता मुद्दामा जोडिएका व्यक्ति हुन् । त्यसकारण त्यस्तो व्यक्तिसँग दान लिएकोमा एमालेका केही नेताले पार्टी नेतृत्वको आलोचना गरेका छन् । तर, एमालेले आत्मालोचना गर्नु त कता हो कता, ती नेतालाई कारबाही गर्ने मनसायले स्पष्टीकरण सोधेको छ ।

सचिवालय बैठकले पूर्व उपाध्यक्ष भीम रावल, स्थायी कमिटी सदस्य विन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिमिल्सिनासँग स्पष्टीकरण सोध्ने निर्णय गरेको हो । रावलले व्यवसायी मीनबहादुर गुरुङले दान दिएको जग्गामा पार्टी कार्यालय बनाउनु गम्भीर विचलन भएको टिप्पणी गरेका थिए । पार्टीले जग्गा दान लिने विषयलाई स्थायी कमिटी सदस्य पाण्डेले पार्टी सदस्यको शिर झुकाउने काम भएको टिप्पणी गरेकी थिइन् । एमालेकै नेताहरूबाट विरोधको स्वर सुनिएपछि प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले आपत्ति जनाएका थिए । उनले पार्टीभित्रै नेताहरूमा अनुशासन कम हुँदै गएको र पार्टी निर्णयविरुद्ध बोल्नेलाई स्पष्टीकरण सोध्नुपर्ने प्रस्ताव आफैँ राखेका थिए ।

यो घटनाले नेपाली राजनीतिक दलहरुमा पार्टी नेतृत्व हावी हुँदै गएको, फरक मतलाई निषेध गरिएको र पार्टीको आन्तरिक लोकतन्त्र दयनीय अवस्थामा पुगेको स्पष्ट पार्छ । कांग्रेसमा सभापति, एमाले र माओवादीमा अध्यक्ष नै पार्टीमा सर्वेसर्वा हुने र उनीहरुप्रति आलोचना गर्न पनि डराउनुपर्ने अवस्था अहिले दलहरुमा देखिएको छ । यसको असर स्वयं पार्टीलाई त भएको छ नै सरकारमा पनि परिरहेको छ । एमालेमा यसअघि पनि पार्टी नेतृत्वको आलोचना गर्ने किनारीकृत हुँदै आएका छन् । यसले पार्टीमा स्वस्थ बहसलाई अन्त्य त गरेको छ नै पार्टी नेतृत्वलाई निरंकुश बनाउने अवस्था सृजना गरेको छ । नेपालका धेरैजसो राजनीतिक दलहरु अध्यक्ष वा सभापति केन्द्रित छन् । उनीहरुलाई नै महत्वपूर्ण निर्णयको जिम्मेवारीका लागि छोडिने गरिन्छ । त्यसैले शीर्ष नेताहरुको चलखेल वा स्वार्थले मुलुकको समग्र राजनीतिमा नै असर पुग्ने गरेको छ । जस्तै, चुनावमा टिकट दिने, गठबन्धन गर्ने, सरकार गठन गर्ने, मन्त्री छान्ने मात्रै होइन, राजदूत र विश्वविद्यालयको उपकुलपति छान्ने विषयमा पनि शीर्ष नेताको नै हालिमुहाली चल्ने गरेको छ । यसले पार्टीमा लोकतान्त्रिक पद्धतिको अवलम्बन हुन सकेको छैन ।

राजनीतिक दलमा भ्रष्टाचार, अनियमिततामा संलग्न नेताहरुलाई पनि संरक्षण गर्ने प्रवृत्ति उत्तिकै छ । आफ्नो पार्टीको भए जस्तोसुकै अपराध गरेर पनि कानुनी कारबाहीबाट बचाउने, पार्टीका शीर्ष नेतृत्वले जस्तोसुकै गलत काम गरे पनि विरोध गर्न नसक्ने र पार्टीभित्र गुट चलाएर राजनीतिक हैसियत टिकाउन खोज्ने प्रवृत्तिका कारण हाम्रा राजनीतिक दलहरु पनि विचलनको दलदलमा भासिँदै गएका छन् । सरकार भनेको तिनै राजनीतिक दल र नेताले चलाउने हुन्छन् । त्यसकारण दलमा राम्रो गर्न नसकेका नेताहरुले सरकार भने देश र जनताको चाहनाअनुरुप सञ्चालन गर्छन् भन्नु मूर्खतासिवाय केही होइन । जनधारणा साप्ताहिकबाट

 

यो पनि पढ्नुहोस्

रविविरुद्धको सहकारी ठगी प्रकरणमा अर्को मिति  ताेक्याे

रास्वपाका सभापति भारत भ्रमणमा जाने

५ मिनेट अगाडि
भारतबाट ६ महिना २२ दिन घर्संदै पशुपतिनाथ आइपुग्ने भक्त !

भारतबाट ६ महिना २२ दिन घर्संदै पशुपतिनाथ आइपुग्ने भक्त !

२६ मिनेट अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

केपी शर्मा ओलीको राजीनामा माग्ने क्रम बढ्याे

गान्तोकमा डा. कायस्थको पुस्तक विमोचन

तेलंगाना राज्यमा अत्यधिक गर्मीबाट १६ जनाको मृत्यु

काभा महिला भलिबलकाे अन्तिम खेलमा नेपालले आज माल्दिभ्ससँग खेल्दै

कोइला खानीमा ग्यास विस्फोट हुँदा कम्तीमा आठ जनाको मृत्यु

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक