काठमाडौं ।युवराज पौडेल (सफल)ले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने बिरुद्धको नागरिकतासंग जोडिएको राहदानी प्रकरणको जाहेरी दर्ता प्रक्रिया अगाडि बढाउन माग गर्दै निवेदन दिएका छन्।
मंगलबार जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंमा सफलले लामिछानेविरुद्धको जाहेरी दर्ता प्रक्रिया अघि बढाइदिन माग गर्दै सरकारी वकिलको कार्यालयमा निवेदन दिएका हुन्।
आफूले गत माघ १७ गते प्रहरी परिसर, टेकुमा जाहेरी पेश गरे पनि दर्ता नभएको भन्दै दरखास्त दर्ता प्रक्रिया अघि बढाइदिन निबेदन दिएका थिए ।
लामिछानेले अमेरिकी नागरिक रहेका बेला जानीजानी झुटो विवरण पेश गरेर नेपाली राहदानी लिएको हुँदा तत्काल प्रचलित राहदानी ऐन, २०२४ को दफा ५ को खण्ड (ख)अनुसार पाँच वर्षसम्मको कैद र हदैसम्मको जरिवाना हुने गरी मुद्दा चलाउन निवेदनमा माग गरिएको छ। नागरिकता प्रकरणको मुद्धा किनारा लागिसकेकोले एउटै बिषयमा फरक-फरक मुद्धा लाग्न नसक्ने कानूनी प्रावधान नै छ ।




