शनि, जेष्ठ ३०, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

नेप्से ३.६५ प्रतिशतले वृद्धि

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
0
सेयर बजारमा दोहोरो अंकको वृद्धि
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजार परिसूचक नेप्से ३.६५ प्रतिशतले वृद्धि भएको छ । सोमबार नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको ६ महिनाको तथ्यांकको आधारमा आर्थिक तथा वित्तीय अवस्थाको प्रतिवेदन सार्वजनिक गर्दै अर्थतन्त्रका बाह्य सूचकहरुमा उल्लेख्य सुधार भएको विवरण सार्वजनिक गरेको थियो ।

निक्षेपमा वृद्धि भएर सीडी रेसियो सहज भई घट्दा अन्तर बैंक ब्याजदर र बाह्य क्षेत्रमा सुधार हुँदा ब्याजदर घट्ने अपेक्षामा मंगलबार सेयर बजारमा हरियाली छाएको छ । अर्थतन्त्रको बाह्य क्षेत्रमा सुधार हुँदा लगानीकर्ता पनि उत्साहित भएका हुन् । मंगलबार बजार परिसूचक नेप्से ७६.६५ अंकले वृद्धि हुँदा २१७७.४७ अंकमा बन्द भएको छ ।

नेप्सेसँगै सबै उपसूचकमा वृद्धि हुँदा लगानी उपसूचक सर्वाधिक ६.२५ प्रतिशत र वित्त कम्पनी उपसूचक ५.९४ प्रतिशतले बढेको छ । त्यस्तै विकास बैंक र हाइड्रोपावर उपसूचक पनि ५ प्रतिशत भन्दा माथिले वृद्धि हुँदा बैंकिङ उपसूचक पनि २.३५ प्रतिशतले वृद्धि भएको छ ।

नेप्सेमा उच्च अंकले वृद्धि हुँदा कारोबार रकम पनि बढेको छ । सोमबार १ अर्ब ४७ करोडमा सीमीत भएको कारोबार रकम मंगलबार बढेर ३ अर्ब नाघेको छ । मंगलबार ९३ लाख ३३ हजार ७८८ कित्ता धितोपत्र खरिद बिक्री हुँदा ३ अर्ब ३६ करोड २२ लाख ६७ हजारको कारोबार भएको छ ।

जसमध्ये एनआईसी एशिया बैंकको सर्वाधिक १२ करोड ९२ लाखको कारोबार हुँदा ङ्यादी ग्रुप पावरको ११ करोड ३ लाख ७० हजार र अपी पावरको ९ करोड ४० लाखको कारोबार भएको छ ।

मंगलबार नेप्सेमा २१६ कम्पनीको सेयर कारोबार हुँदा २१५ कम्पनीको सेयरमूल्यमा वृद्धि भएको छ । यस्तै १ कम्पनीको सेयरमूल्य भने स्थिर छ । मंगलबार कारोबार भएकामध्ये ५ कम्पनीको सेयरमूल्य बढेर सकारात्मक सर्किट मूल्यमा बन्द भएको छ ।बरुण हाइड्रोपावर, खानिखोला हाइड्रोपावर, राधि हाइड्रोपावर, आदर्श लघुवित्त र रिडी हाइड्रोपावरको सेयरमूल्य बढेर सर्किट लेबलमा बन्द भएको छ ।

यो पनि पढ्नुहोस्

विश्वकपमा क्यानडा र बोस्नियाबीचकाे बराबरी खेल्याे

विश्वकपमा क्यानडा र बोस्नियाबीचकाे बराबरी खेल्याे

२९ मिनेट अगाडि
अमेरिकाले पाराग्वेमाथि ४–१ को जित निकाल्याे

अमेरिकाले पाराग्वेमाथि ४–१ को जित निकाल्याे

४० मिनेट अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

सूचना नदिँदा अनुमान गरेर गाडी आयात गर्ने व्यापारीहरु मर्कामा

‘नेपालले पनि भारतको सिमा धेरै ठाउँमा मिचेको छ’ अभिव्यक्तिबारे रास्वपाको धारणा माग

एन्फाबारे छानबिन गर्न समिति गठन

इतिहासमै ठुलो वित्तीय अपराध : बिचौलिया भट्टदेखि व्यावसायिक घरानाविरुद्ध एकैपटक चार मुद्दा दायर

विश्वकप २०२६ को उद्घाटनमा मेक्सिकोको विजयी सुरूवात

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक