काठमाडौं । बालबालिकाहरूलाई डिजिटल हिंसा तथा दुर्व्यवहारबाट जोगाउन अभिभावक नै सचेत हुनुपर्ने सरोकारवालाले जनाएका छन् ।
सुरक्षित इन्टरनेट दिवसको अवसरमा काठमाडौंमा आयोजितमा कार्यक्रममा बोल्दै नेपाल प्रहरी साइबर ब्युरोका प्रमुख नमिन्द्र अर्यालले अनलाइन गेम खेल्ने, सामाजिक सञ्चाल प्रयोग गर्ने क्रममा बालबालिका डिजिटल हिंसामा परिरहेको र यो दर वृद्धि भइरहेकाले अभिभावक, शिक्षकहरुले बालबालिकाको सुरक्षामा ख्याल राख्नुपर्ने जनाए ।
१९ वर्षको बालक र १४ वर्षको बालिकाबीच फ्रि–फायर खेल्दाखेल्दै अनलाइनमा भेट हुन्छ, नजिक हुँदै गएपछि काठमाडौं वा कुनै सहरमा भेट हुन्छ, शारीरिक सम्पर्क हुन्छ, यसरी बालबालिका पीडित हुने, पीडक बन्ने भइरहेको छ,झअर्यालले भने, ञआफ्नो सन्तान के गरिरहेको छ, आफ्नो विद्यार्थी के गरिरहेको छ, अभिभावक र शिक्षकहरुकै प्रमुख भूमिका रहन्छ ।
यसैगरी सूचना तथा सञ्चार प्रविधि मन्त्रालयका प्रतिनिधिले सहज पहुँच र सुरक्षित इन्टरनेटका लागि कार्यविधि तयार पारेको जनाए । डिजिटल सुरक्षाका लागि बालबालिका, अभिभावक, शिक्षक लगायत सरोकारवालामा जनचेतना जगाउनु जरुरी रहेको उनीहरूले जनाए । राष्ट्रिय बालअधिकार परिषद्ले अनलाइन बालसुरक्षा नीति चाँडै ल्याउन लागेको छ ।
अनलाइन सुरक्षाका लागि सरकारी तथा गैरसरकारी निकाय संघसंस्थाबीच समन्वय र सहकार्य हुनु आवश्यक रहेको परिषद्का उपाध्यक्ष बमबहादुर बानियाँले बताए । उनले भने, ञसरकार फेरिएपछि अन्तिम चरणमा पुगेको यस्ता नीति कानुनहरु पास हुन नपाइ अर्को सरकार आएपछि फेरि सुरुबाट सुरु गर्दा ढिला भइरहेको छ,झ राजनीतिक स्थिरता हुनुपर्ने उनको धारणा थियो ।


