बुध, मंसिर ३, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार राजनीति

पूर्व राष्ट्रपति भण्डारीले स्वदेश तथा विदेशका सबै नेपालीलाई बडादसैंको शुभकामना व्यक्त गर्दै

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
0
पूर्व राष्ट्रपति भण्डारीले स्वदेश तथा विदेशका सबै नेपालीलाई बडादसैंको शुभकामना व्यक्त गर्दै
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं। पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले बाढी, पहिरो पीडितहरुलाई राहत दिने र पुनःव्यवस्थापनको काममा केन्द्रित हुन सरकारलाई सुझाव दिनुभएको छ ।

सरकारले पीडितको उद्धार कार्य गरिरहेको उल्लेख गर्दै उहाँले अब उहाँहरुलाई राहत दिने र पुनः व्यस्थापनको काममा लाग्नुपर्ने जनाउनुभएको हो । हामीसँगको संक्षिप्त कुराकानीमा पूर्व राष्ट्रपति भण्डारीले गत असोज ११ र १२ गतेको वर्षालाई अत्याशित विपद्को रुपमा चित्रण गर्दै पीडितलाई सरकारले आवश्यकताअनुसार सेवा प्रदान गर्नुपर्ने बताउनुभयो ।

बाढी र पहिरोबाट सबैभन्दा ठूलो बाटोमा अवरोध भएको उल्लेख गर्दै उहाँले त्यसलाई समयमा सुचारु गर्नुपर्ने पनि जनाउनुभयो । राज्य जनताको अभिभावक भएकाले जनताको पीडालाई सम्बोधन गर्नुपर्ने काममा लाग्नुपर्ने र त्यस काममा सरकार लागि रहेको पूर्व राष्ट्रपति भण्डारीको विश्वास छ ।

उहाँले भन्नुभयो,  ‘जनताका लागि आफ्नो सबैभन्दा भरपर्दो अभिभावक भनेको राज्य नै हो । राज्यमा विभिन्न ढंगले प्रतिनिधित्व भएको हुन्छ । एउटा त सरकार हुन्छ । स्थायी सरकारको रुपमा विभिन्न राज्यको अंगहरु छन् । उहाँहरुले आफ्नो तर्फबाट जनतालाई आवश्यकताअनुसारको सेवा प्रदान गर्नुपर्ने हुन्छ । राज्यको तर्फबाट राज्यका सबै अंगहरुले जनतालाई गर्नुपर्ने जुन सेवा, सुविधा हो, त्यो तदारुकताका साथ दिनुपर्छ ।’

पूर्व राष्ट्रपति भण्डारीले प्राप्त जनादेशअनुसार राजनीतिक दलहरुले काम गर्नुपर्ने जनाउनुभयो । बेलाबेलामा हुने निर्वाचनमा दिएको म्यान्डेटको आधारमा सरकार बन्नुपर्ने र उसले त्यही जनमतअनुसार काम गर्नुपर्ने उहाँको भनाइ छ । पूर्व राष्ट्रपति भण्डारीले जनप्रतिनिधिहरु र कर्मचारीहरुले देश र जनताको पक्षमा समर्पित भएर काम गर्नुपर्ने जनाउनुभयो ।

उहाँले भन्नुभयो, ‘समय समयमा चुनाव भएपछि जुन निर्वाचित प्रतिनिधिहरु आउँछन् । उनीहरुले आफ्नो कार्यकालमा राम्रोगरी काम गर्नुपर्छ । जनताबाट पाएको जुन जनमत हुन्छ, त्यो अनुसार काम गर्नुपर्ने हुन्छ । लोकसेवा आयोग पास गरेर आएकोबाट बनेको संयन्त्र र जन निर्वाचित प्रतिनिधिहरुको संयन्त्र दुई वटाले काम गरिराखेको हुन्छ । यी संस्था देश र जनताप्रति समर्पित भएर काम गर्नुपर्दछ ।’ पूर्व राष्ट्रपति भण्डारीले स्वदेश तथा विदेशमा रहनुभएका सबै नेपालीमा बडादसैंको शुभकामना व्यक्त गर्नुभएको छ ।

यो पनि पढ्नुहोस्

एमालेको राष्ट्रिय भेलामा विद्यादेवी भण्डारी सहभागी

एमालेको राष्ट्रिय भेलामा विद्यादेवी भण्डारी सहभागी

४ मिनेट अगाडि
प्रमकाे सल्लाहकारमा पत्र दानबहादुर कार्कीलाई थम्याइयाे

पूर्वआईजीपी कार्कीको आदेश आउन बाँकी

९ मिनेट अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

आइएमई सर्वाधिक कर तिर्ने रेमिटेन्स कम्पनीका रूपमा सम्मानित

मेयर पदमा पूर्वमन्त्रीकाे उम्मेदवारी

सुरुङकाे आज `ब्रेक थ्रु´ गरिने

पूर्वआईजीपी कार्कीको आदेश आउन बाँकी

मतदाता नामवलीमा दोहोरो नामवली खारेज

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक