बिहि, बैशाख ३, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

गोर्खा सैनिकको सरकारलाई चेतावनीः सर्वोच्चको आदेश कार्यान्वयन नगरे अन्तर्राष्ट्रिय निकायमा जान्छौं

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
0
गोर्खा सैनिकको सरकारलाई चेतावनीः सर्वोच्चको आदेश कार्यान्वयन नगरे अन्तर्राष्ट्रिय निकायमा जान्छौं
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । ब्रिटिश गोर्खा भूतपूर्व सैनिक संगठन (बिगेसो) ले सर्वोच्च अदालतको फैसला कार्यान्वयन नगरे अन्तर्राष्ट्रिय निकायमा जाने सरकारलाई चेतावनी दिएको छ । आइतबार काठमाडौंको संवाद डबलीमा पत्रकार सम्मेलनको आयोजना गरेर बिगेसोले दसैं–तिहारपछि देशैभरि आन्दोलन गर्ने घोषणा समेत गरेको छ ।

सदियौंदेखि ब्रिटिस गोर्खा सैनिकहरुले खेप्दै खाएको समस्या भएको भन्दै आजभन्दा २० महिना पहिले सर्वोच्चले अन्यायपूर्ण प्रावधान हटाएर अरु सैनिक सरहको समान सेवा सुविधाका लागि नेपाल सरकारले पहल तथा कार्यान्वय गर्न आदेश दिएको थियो ।
बिगेसोका अध्यक्ष पदम सुन्दर लिम्बुले आफूहरुले अदालतको आदेश कार्यान्वयनको लागि बारम्बार सरकारको ध्यानाकर्षण गराउँदै आएको बताए । लिम्बुले आफूहरुको मात्रै चासोको बिषय नभएर देशको राष्ट्रिय स्वाधिनता र मानव अधिकारसँग सम्बन्धित बिषय भएकाले आफूहरुले कार्यान्वन गराउन कुनैपनि हत्कण्डा अपनाउने चेतावनी दिए ।

पछिल्लो समय गोर्खा सैनिकहरुलाई पनि गैरआवासीय नेपाली नागरिकको स्तरमा झार्नुले पनि यसमा राष्ट्रिय तथा अन्तर्राष्ट्रि षड्न्त्रको गन्ध आएकोले सबै चनाखो हुनुपर्ने पनि बताए ।

बिगेसो प्रमुख सल्लाहकार परि थापाले सदियाँैदेखि गोर्खाहरुलाई शासकहरुको निजी स्वार्थपूर्तिको हतियारकारुपमा बुझेकोप्रति आक्रोष व्यक्त गर्दे भने, “तत्कालिन राणा, शाहदेखि आहिलेको गणतन्त्रसम्म पनि शासकहरुको सोँच र ब्यवहार मानव तस्करकै रहेको छ तर अब यसलाई भत्काउनु पर्छ ।” थापले गोर्खा सैनिकहरुलाई बस्तुको रुपमा विदेशीले प्रयोग गरे पनि नेपालीले त्यसलाई भत्काएर समान सेवा र सुविधाको लागि पहल गर्नु पर्नेमा नगरेको आरोप लगाए ।

“हामीले नेपालका सम्बन्धित निकायदेखि राष्ट्रिय मानवअधिकार आयोग समक्ष पनि अदालतको अदेश तथा सैनिकहरुको समस्याबारे जानकारी दिइसकेका छौं” थापाले थपे ।

विगेसो कानुनि सल्लाहकार अधिवक्ता फडिन्द्र कार्कीले फैसला कार्यान्वयन गर्न नदिन ठूलो षड्यन्त्र भएको बताए । “नेपाली नौजवानहरुलाई विश्वभरी मानव तस्करी गरिरहेका छन्,यसमा देशी विदेशी प्रतिक्रियावादीहरुको हात रहेको छ” कार्कीले भने ।

अधिवक्ता कार्कीले विदेशीहरुले नेपालीलाई जे गरेपनि हुन्छ भन्ने सोच राख्नु अब गलत हुने बताउँदै भने, “नेपालको सुप्रिम कोटले राम्रो फैसला गरेको छ त्यसलाई कार्यान्वयन गराउन हामी अन्तर्राष्ट्रिय निकायमा जान बाध्य हुनेछौं ।”

बिगेसो सिंगापुर विभाग अध्यक्ष पल बहादुर घर्तिमगरले विज्ञप्ति गोर्खालीहरुलाई भरभराउँदो उमेर सैनिक बनाउने र सेवा,सुविधाबाट बञ्चित गरेर भविष्य बर्वात गर्ने गरेको बताए । उनले भारत, बेलायत र विशेष गरेर सिंगपुरमा मानाव तस्करीको तरिकाले गैरकानुनि रुपमा लग्न नेपाल सरकारले बिक्री गर्ने गरेको आरोप लगाउँदै भने, “हामीलाई बिक्री गरेर लग्ने र फाइदा खान्छ तर समस्याबारे नेपाल सरकार चुइक्क बोल्दैन ।”

विगेसो सचिव ज्ञानबहादुर गुरुङले सञ्चालन गरेको सो पत्रकार सम्मेलनमा लेखक तथा विगेसो सल्लाहकार रतन भण्डारी, विगेसो उपाध्यक्ष मनि कुमार सुनुवार, प्रवन्धक सन्ताबहादुर गुरुङ, उत्तम कुमार सुनुवार, प्रमोद रोकालगायतको उपस्थिति रहेको थियो ।

यो पनि पढ्नुहोस्

बजारमा सुनको मूल्य तोलाको रु एक लाख ७० हजार

सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

३ मिनेट अगाडि
कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार

कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार

५ मिनेट अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

चलचित्र ‘बुकी’ को पहिलो प्रिमियर शो जापानमा गरिने

आज सातै प्रदेशका मुख्यमन्त्रीहरूसँग छलफल गर्दै प्रम

घरमै पुुगेर राहदानी वितरण

गण्डकीका कांग्रेस सांसद कुँवरले दिए राजीनामा

ह्याउँनिभाः अनुसन्धान केन्द्रकाे आयोजनामा शोध लेखन तालिम सम्पन्न

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक