बुध, मंसिर ३, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

बाढीपहिरोमा अहिलेसम्म २ सय ३९ जनाको निधन

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
Reading Time: 1 min read
0
४८ घण्टापछि झ्याप्ले खोलामा खसेको पहिरो हटाइयाे
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । यही असोज १२ गतेदेखि आएको बाढी-पहिरोमा परी हालसम्म २ सय ३९ जनाको निधन भएको छ। घटनामा परी १९ जना बेपत्ता छन् भने एक सय ७७ जना घाइते भएका छन्।

बाढी-पहिरो प्रभावित क्षेत्रबाट हालसम्म १७ हजार एक सय ३१ जनाको उद्धार भएको गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले जानकारी गराए। उनका अनुसार सहायता परिचालन र अवरुद्ध राजमार्गहरू मर्मत गरी यातायात सञ्चालनको प्रयास जारी छ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका अनुसार गत शुक्रबार रातिको बाढी-पहिरो र डुबानका कारण देशभर ३४ वटा राजमार्गका ८०५ ठाउँ अवरुद्ध भएको छ। तीमध्ये ७७४ ठाउँको पहिरो हटाएर २९ वटा राजमार्गमा यातायात सुचारु गरिएको छ।

अहिलेसम्म प्रारम्भिक अनुमानअनुसार सडक तथा पुलतर्फ अस्थायी रूपमा यातायात चालू गर्न साढे २ देखि ३ अर्ब लाग्ने देखिएको साथै क्षतिग्रस्त सम्पूर्ण संरचना स्थायीरूपमा पुन:स्थापना गर्न २० देखि २५ अर्ब लाग्ने अनुमान छ।

प्रकोपले ६ वटा पुलमा पनि क्षति पुगेको छ। मन्त्रालयले प्रेस मिटमा क्षति पुगेका सडक/पुल खुलाउनेबारे योजना पनि सार्वजनिक गरेको छ। ५ वटा मुख्य राजमार्गका ३१ स्थान अझै अवरुद्ध छ। पहिरो हटाउनुका साथै कटिङ फिलिङ टेवा पर्खालका साथै ह्युम्पाइप र अस्थायी प्रकृतिको बेलिब्रिज समेत राखी यातायात सञ्चालन काम भइरहेको मन्त्रालयका सचिव केशवकुमार शर्माले जनाए ।

 

यो पनि पढ्नुहोस्

अध्यादेश जारी गरेपछि मतदाता नामावली संकलनको बाटो खुल्याे

मतदाता नामवलीमा दोहोरो नामवली खारेज

१ घण्टा अगाडि
टेलिकमको बिलिङ प्रणालीबाट चौथो पटक टेन्डरको म्याद थप

इन्टरनेट सेवा प्रदायकहरूलाई विवरण पेस गर्न सूचना जारी

१ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

राम श्रेष्ठले जिते १० लाख  ३०० रुपैयाँ 

सुरुङकाे आज `ब्रेक थ्रु´ गरिने

काेचकाे विवादास्पद अभिव्यक्तिप्रति एफपीएफकाे असन्तुष्टि

मतदाता नामवलीमा दोहोरो नामवली खारेज

राष्ट्रिय आविष्कार केन्द्रमा चोरी

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक