बेरुत । दक्षिण पूर्वी टर्कीको नियन्त्रणमा रहेको सिरियाली भूभागमा केन्द्रबिन्दु रहेको ७.८ म्याग्निच्युडको भूकम्पमा परी मृत्यु दुबै देशहरूमा गरी पाँच सयभन्दा बढी पुगेको बीबीसीले उल्लेख गरेकाे छ ।
विश्वकाे सबैभन्दा बढी शरणार्थी शिविर ३७ लाख सिरीयाली शरणार्थीहरू बसाेबास गरिररहेकाे साे स्थानकाे नजिकै केन्द्रबिन्दु भएर भूकम्प गएकाे जनाइएकाे छ ।
अमेरिकी भौगर्भिक सर्भेका अनुसार स्थानीय समयअनुसार सोमबार बिहान ४ः१७ बजे टर्कीको दक्षिण पूर्वी क्षेत्रमा पर्ने सिरियाली गाजियान्टेप नजिकै १७.९ किलोमिटरको गहिराइमा केन्द्रबिन्दु भई साे भूकम्प गएको हाे। युनिभर्सिटी कलेज अफ लण्डनका स्टेफेन हिक्कका अनुसार अहिलेसम्म ४० वटा भूकम्पका पराकम्पन गइसकेका छन् । मुख्य भूकम्प गएकाे दश मिनेटपछि ६.७ म्याग्निच्युडको पराकम्पन गएकाे छ । भूकम्पमा परी सिरियाको अलेप्पो, लाटकिया, हामा र टार्टस प्रान्तमा गरी २३७ भन्दा बढीकाे मृत्यु र छ सय जना घाइते भएका छन् ।

भूकम्पको धक्का लेबनान, साइप्रसमा पनि महसुस गरिएको थियो ।
भूकम्पका कारण सम्भावित सुनामीकाे मध्यनजर गरी इटालीमा जाेखिम न्यूनीकरणकाे व्यवस्थापन गरिएकाे बीबीसीले उल्लेख गरिएकाे छ ।
८० वर्ष अघि टर्कीमा सन् १९३९ मा ७.८ म्याग्निच्युडको भूकम्प जाँदा ३० हजार सर्वसाधारणकाे मृत्यु भएकाे थियाे । यस्तै, २०२० जनवरीमा ६.७ म्याग्निच्युडकोकाे भूकम्प जाँदाच ४१ जनाकाे ज्यान गएकाे थियाे । बीबीसी, अलजजिरा)


