आइत, जेष्ठ १०, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home सम्पादकीय

नेपालले राष्ट्रसंघसँग क्षतिपूर्ति माग्नुपर्छ

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
Reading Time: 1 min read
0
प्रचण्ड सच्चिने कि विप्लव पनि बिग्रिने ?
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

विश्वव्यापी जलवायु परिवर्तनका कारण खासगरी नेपाली जस्ता देशहरु मारमा परेका छन् । विकसित देशहरुले अत्यधिक कार्बन उत्सर्जन गर्दा त्यसको असर हिमाली क्षेत्रमा परेको हो । जलवायु परिवर्तन हुने क्रम रोकिएन भने नेपालका कैयौँ हिमताल फुट्ने र बाढीको प्रकोप निम्तिने निश्चित छ । हिमपहाडमा हिउँ जम्न सकेन भने भोलि नेपालका हिउँपहाड नाङ्गा पहाडमा रूपान्तरित हुने छन्, जसले गर्दा हजारौँ हिमतालको भविष्य समाप्त हुने छ । अनि कृषिका लागि चाहिने सिँचाइ, जलविद्युत्, पिउने पानीको अभाव भोलिको पुस्ताले भोग्नु पर्ने छ । केही वर्षदेखि नेपालको मौसमी चक्र नै असन्तुलित र अनिश्चित बनेको छ । पानी आवश्यक पर्ने समयमा पानीको अभाव हुन्छ । हिउँदमा पनि आवश्यक वर्षा हुन सकेन । यसले गर्दा अहिले काठमाडौँको मात्र होइन, नेपालका प्रत्येक ठाउँको तापक्रम बढेको छ । केही महिनाअघि नेपाल आएका संयुक्त राष्ट्रसंघका महासचिव एन्टिनियो गुटेरसले पनि नेपालमा जलवायु परिवर्तनले पारेका असरहरुको आफैले अवलोकन पनि गरेका थिए ।

‘एशियन पिपुल्स मुभमेण्ट अन डेब्ट एण्ड डेभलपमेण्ट (एपीडीडी)’ ले जलवायु न्यायका लागि आवाज उठाउँदै आएको छ । पाकिस्तान, बंगलादेश, नेपाल, भारत, इन्डोनेसिया, मलेसिया र फिलिपिन्स यस संस्थाका हिस्सा हुन् । एशियाका यी मुलुकहरुसँग समन्वय गरी अमेरिकाको न्युयोर्क शहरमा ‘समिट अफ द फ्युचर’, संयुक्त राष्ट्रसंघको महासभा र २९ औं जलवायु सम्मेलन आयोजना गरिएको छ । त्यसअघि विश्वका ५८ मुलुकमा ‘फसिल फ्युल’ को प्रयोग बन्द गर्न र जलवायु वित्तको न्यायपूर्ण भुक्तानीका लागि दबाब दिन विभिन्न मुलुकमा प्रदर्शन भइरहेको छ ।

यही कारण नेपालले जलवायु परिवर्तन रोक्न र क्षतिपूर्ति दिन माग गर्दै आएको छ । यसबीच, संयुक्त राष्ट्रसंघको ७९ औं महासभाको पूर्वसन्ध्यामा नेपालका जलवायु अभियन्ताहरुले ५० खर्ब डलर क्षतिपूर्ति माग गरेका छन् । विश्वका गरिब राष्ट्रहरुले जलवायु परिवर्तनको प्रभावबाट सबैभन्दा धेरै क्षति व्यहोर्नुपरेको उल्लेख गर्दै उनीहरुले क्षतिपूर्ति उपलब्ध गराउन भनेका हुन् । जलवायुको नकारात्मक परिवर्तन देखिनुमा विकसित राष्ट्रहरु जिम्मेवार रहेको अभियन्ताहरुको भनाइ छ । उनीहरुका अनुसार किसानका आवाज र खाद्य उत्पादन क्षेत्रमा जलवायु परिवर्तनले निकै प्रभाव पारेको छ । नेपालबाट अहिले महासभामा प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको टोली सहभागी छ । यो विश्वमञ्चमा नेपालले पनि क्षतिपूर्ति दाबी गर्न आवश्यक छ ।

जलवायु परिवर्तनले वातावरणीय प्रभाव, हिमताल पग्लने सम्भावना, महामारी, खडेरी जस्ता समस्याले नेपाललाई पिरोल्ने निश्चित छ, जसका लागि नेपाल जस्तो विकासोन्मुख देशले आफ्नो स्रोतसाधनले जलवायु परिवर्तनको एक प्रकारको प्रकोपलाई नियन्त्रण र सन्तुलन गर्न गाह्रो हुन्छ । त्यस्ता विषयमा अन्तर्राष्ट्रिय रूपमा गम्भीर कूटनीतिक पहल जरुरी छ । कूटनीतिक पहल गरी क्षतिपूर्ति लिने र जलवायु परिवर्तनको प्रभावलाई नियन्त्रण र सन्तुलित गर्ने पूर्वाधारको निर्माणमा अग्रसर हुनु् नै आजको आवश्यकता हो ।  जनधारणा साप्ताहिक

 

 

 

यो पनि पढ्नुहोस्

काभा महिला भलिबलकाे अन्तिम खेलमा नेपालले आज माल्दिभ्ससँग खेल्दै

काभा महिला भलिबलकाे अन्तिम खेलमा नेपालले आज माल्दिभ्ससँग खेल्दै

३ घण्टा अगाडि
एमालेको केन्द्रीय सचिवालय बैठक बस्दै

एमालेको केन्द्रीय सचिवालय बैठक बस्दै

३ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

केपी शर्मा ओलीको राजीनामा माग्ने क्रम बढ्याे

गान्तोकमा डा. कायस्थको पुस्तक विमोचन

काभा महिला भलिबलकाे अन्तिम खेलमा नेपालले आज माल्दिभ्ससँग खेल्दै

कोइला खानीमा ग्यास विस्फोट हुँदा कम्तीमा आठ जनाको मृत्यु

एमालेको केन्द्रीय सचिवालय बैठक बस्दै

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक