काठमाण्डौ / नेपाल कम्युनिष्ट पार्टी राष्ट्रीय एकता अभियानको स्थायी कमिटी बैठक माघ २१ मा सम्पन्न भएको छ । पार्टी अध्यक्ष वामदेव गौतमको अध्यक्षतामा बैठक सम्पन्न भएको हो ।
बैठकले बामपार्टीहरुबीच एकताका लागि पहल गर्ने निर्णण गरेको छ । एकता वार्ताका लागि बैठकले अध्यक्ष वामदेव गौतमको संयोजकत्वमा ३ सदस्यीय वार्ता कमिटी पनि गठन गरेको छ ।
अध्यक्ष वामदेव गौतमले पार्टीका निर्णयहरु सार्वजनिक गर्दै एक प्रेस बिज्ञप्ति जारी गर्नु भएको छ ।बिज्ञप्ति यसप्रकार छ:-
प्रेस विज्ञप्ती
नेकपा राष्ट्रिय एकता अभियान
नेकपा राष्ट्रिय एकता अभियानको स्थायी कमिटीको वैठक २१ माघमा संपन्न भयो।
बैठकले निम्न निर्णयहरु गरेको छ:-
१) नेकपा एमाले,एकीकृत समाजवादी र माओवादी पार्टीहरुसंग सम्मानजनक पार्टी एकीकरण वा वामपन्थी एकताका लागि वार्ता चलाउने, वार्ताका लागि अध्यक्ष कमरेड वामदेव गौतमको संयोजक रहने गरी तीन सदस्यीय कमिटी गठन गरियो ।
२) सम्मानजनक एकीकरण हुन नसक्ने अवस्थामा वार्ता प्रयत्न वन्द गरी आफ्नो पार्टीलाई सुददृढ गर्न अभियानमा लाग्ने निर्णय गरियो ।
३) वामपन्थी एकतामा सामेल हुन दृढ प्रयत्न गर्ने ।
४) स्थायी कमिटी वैठकका निर्णयहरु अनुमोदन र कर्यान्वयनका लागि केन्द्रिय कमिटको तेस्रो वैठक आगामी फागुन ६र७ र ८ गते ललितपुरको धोवीघाट स्थित सिद्धार्थ कटेजमा पहिलो दिन ११ वजे वस्ने ।
५) वैठकको खर्च व्यवस्थापनका लागि सबै सहभागी केन्द्रीय सदस्यहरुले आफू सक्दो सहयोग गर्ने ।
-वामदेव गौतम
अध्यक्ष
मिति २२/१०/२०७९


