आइत, जेष्ठ ३१, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home लेख

रास्वपालाई पहिलो पटक चिनियाँ कम्युनिस्ट पार्टीको निम्तो

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
Reading Time: 1 min read
0
रास्वपालाई पहिलो पटक चिनियाँ कम्युनिस्ट पार्टीको निम्तो
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

अरु देशले रास्वपा नेतालाई बोलाउने गरे पनि चिनियाँ कम्युनिस्ट पार्टीले दिएको महत्व सरहको निम्तो हालसम्म नआएको उपसभापति डीपी अर्यालले जानकारी गराए ।whatsapp sharing button

 लिलु डुम्रे

काठमाडौं । चिनियाँ कम्युनिस्ट पार्टीको अन्तराष्ट्रिय विभागले पार्टीगत रुपमा राष्ट्रिय स्वतन्त्र पार्टीलाई पहिलो पटक निमन्त्रणा गरेको छ । नेताहरु व्यक्तिगत रुपमा चीन भ्रमणमा यसअघि गए पनि चिनियाँ कम्युनिस्ट पार्टीले औपचारिक रुपमा निम्तो गरेर बोलाएको भने यो पहिलोपटक हो ।

अरु देशले रास्वपा नेतालाई बोलाउने गरे पनि चिनियाँ कम्युनिस्ट पार्टीले दिएको महत्व सरहको निम्तो हालसम्म नआएको उपसभापति डीपी अर्यालले जानकारी गराए ।

चिनियाँ कम्युनिस्ट पार्टीको निम्तो स्विकारेर उपसभापति डा. स्वर्णिम वाग्लेको नेतृत्वमा १४ जनाको टोली शनिबार मध्यरातमा चीनका लागि उडेको थियो । टोलीमा ७ सांसद र ७ गैरसांसद छन् ।

पार्टी उपसभापति वाग्ले, अन्तराष्ट्रिय सम्बन्ध विभाग प्रमुख शिशिर खनाल, कोषाध्यक्ष लिमा अधिकारी, कार्यवाहक प्रवक्ता मनिष झा, नेताहरु गणेश पराजुली, तोसिमा कार्की, असिम शाह, शिव नेपाली, बसुमाया तामाङ, निशा मेहता, पुकार बम, प्रकाश विष्ट, तपेश्वर यादव र खुश्बुराजा श्रेष्ठ चीन गएका छन् ।

औपचारिक र पार्टीगत निम्तोमा पहिलोपटक जान लागेको भ्रमण टोलीमा सहभागी कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी गराए । चीनको पार्टीले रास्वपालाई पार्टीगत रुपमा यो तहको निमन्त्रण गरेको पहिलो हो,’ चीन उड्नु अघि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा झाले भने,‘यति लामो समयका लागि यति धेरै जना, यति धेरै ठाउँ जाने, यति धेरै मान्छे भेट्ने कार्यक्रम चाहिं पहिलोपटक हो ।’ शनिबार चीन गएको टोली १० दिन पछि नेपाल फर्कनेछ ।

रास्वपाका नेताहरुका अनुसार टोली तीन प्रान्तमा अवलोकन, अध्ययन, अन्र्तक्रिया कार्यक्रम गर्नेछ भने बेइजिङ पुगेर चिनियाँ कम्युनिस्ट पार्टीका नेताहरुलाई भेट्ने कार्यक्रम छ । टोलीको नेतृत्व गरेका उपसभापति वाग्लेले मूलत यो राजनीतिक भ्रमण भएको विमानस्थलमा बताए ।

‘चिनियाँ सरकारका विभिन्न तहका अधिकारी र चिनियाँ कम्युनिस्ट अन्तराष्ट्रिय विभागसँग बेइजिङ पुगेर औपचारिक अन्तक्रिया गर्छौं, वाग्ले भन्छन्,‘के के योग्यताका आधारमा पार्टीभित्र पदोन्नति गरिन्छ । धेरै छ हामीले सिक्नुपर्ने । सिक्ने कुरा बढी हुन्छ जस्तो मलाई लाग्छ ।’

चिनियाँ कम्युनिस्ट पार्टीको आन्तरिक लोकतन्त्रको बारेमा पनि जानकारी लिने उनले बताए । वाग्लेका अनुसार नेपालस्थित चिनियाँ दूतावाससँग पनि लामो समयको तयारीका साथ अहिलेको मिति तय भएको हो । हतार नगरी तयारी र योजनावद्द ढंगले जानका लागि अहिलेको समय तय गरिएको वाग्लेले जानकारी गराए ।

चीनको पूर्वी तटमा भइरहेको ‘चामत्कारिक’ औद्योगिक विकास र नयाँ प्रविधिका बारेमा जानकारी लिने उद्देश्य रास्वपाका नेताहरुले राखेका छन् । औद्योगिक क्षेत्रहरुको भ्रमण, थींक ट्यांकहरुसँग संवाद र विश्वविद्यालयहरुको अवलोकन, चिनियाँ प्राध्यापक र अध्येतासँग दुईपक्षीय छलफल लगायतको कार्ययोजना रहेको वाग्लेले सुनाए । राजनीतिक र परराष्ट्र दुई अर्थले भ्रमणको महत्व रहेको रास्वपा नेताहरुको भनाई छ ।

रास्वपाका नेताहरुको अनुसार चिनियाँ कम्युनिस्ट पार्टीको विदेश विभागले निम्तो पठाएको ६÷७ महिना अघि नै हो । संसदीय गतिविधि, जिल्ला भ्रमण, राष्ट्रिय भेला लगायतले गर्दा भ्रमणलाई पछि सारेर अहिलेका लागि समय निश्चित गरिएको हो । भ्रमणका लागि भ्रमण मात्रै नभएर प्रभावकारीता र उपलब्धीपूर्ण होस् भनी तयारीका लागि समय सारिएको वाग्ले बताउँछन् ।

भ्रमणमा जानु अघि केही चासो रहेको र त्यसको सम्बोधन गर्न चिनियाँ पक्ष तयार भएपछि चीन जाने निश्चित भएको उपसभापति वाग्लेले जानकारी गराए । रास्वपाका तर्फबाट के के चासो थियो र चीनले के के विषय सम्बोधन गर्‍यो बारे भने जानु अघि प्रतिक्रिया दिँदा वाग्लेले खुलाएनन् ।

वाग्ले भन्छन्,‘चीन भ्रमणमा जानका लागि जुन जुन चासो रास्वपाले देखाएको थियो, असाध्यै हार्दिकताका साथ आत्मियता देखाएर सम्बोधन गरिदिनु भएको छ ।’

चौथो शक्तिका रुपमा रास्वपालाई चिनियाँ कम्युनिस्ट पार्टीले ‘महत्वका साथ’ आमन्त्रण गरेको रास्वपाको बुझाई छ । कार्यवाहक प्रवक्ता झा रास्वपाको सबल अस्तित्वलाई छिमेकी देशहरुले स्विकारेको यो भ्रमणले सन्देश दिएको दाबी गर्छन् । झा भन्छन्,‘छिमेकी राष्ट्रहरु र त्यहाँको राजनीतिले पनि रास्वपाको सबल अस्तित्वलाई स्विकारिसक्यो । यस किसिमको भ्रमण हुन थाल्यो भन्ने सन्देश हो ।’

रास्वपा नेताहरुले उदीयमान शक्ति भएकाले आफ्नो दलका कुराहरु सुन्नका लागि चिनियाँ कम्युनिस्ट पार्टीले निम्तो दिएको दाबी गर्छन् ।

गत पुसमा नारायणगढ– बुटवल सडकखण्ड निर्माणमा ढिलासुस्ती हटाउने उद्देश्यले दबाब यात्रा निकालेपछि रास्वपासँग चीन संशकित बनेको थियो । चिनियाँ ठेकेदारले निर्माणको जिम्मा लिएको सडकमा रास्वपाले दबाब यात्रा निकालेपछि चीनले चासो राखेको थियो ।

चिनियाँ राजदूत छन् सोङले २६ पुसमा रास्वपा, कार्यालय वनस्थली पुगेर ‘गम्भीर चासो’ राखेका थिए । चिनियाँ कम्पनीले जिम्मा लिएका आयोजनालाई टार्गेट गरी रास्वपाले दबाब यात्रा गरेको चिनियाँ पक्षको बुझाइ थियो । त्यसबेला सम्बन्ध विग्रेको र सुधार्ने उद्देश्यले भ्रमण तय भने नभएको उपसभापति अर्याल बताउँछन् ।

‘अरु देशका पार्टीले हामीलाई महत्व नदिएको र चिनियाँ कम्युनिस्ट पार्टीले दिएको भन्ने होइन । नेपालका अरु अरु पार्टीअरुलाई आमन्त्रण गरेजस्तै रास्वपाका लागि पनि हो,’ उपसभापति अर्याल भन्छन्,‘दबाब यात्राको बेला सम्बन्ध विग्रिएकाले त्यही सुधार गर्न टोली गएको भन्ने होइन । अरु दलका नेताहरु जाने गर्नुहुन्छ । रास्वपाको हकमा पनि त्यही हो ।’ अनलाइनखर

यो पनि पढ्नुहोस्

नेपाल सरकारलाई सहयोग गर्न अपिल

नेपाल सरकारलाई सहयोग गर्न अपिल

२६ मिनेट अगाडि
प्रतिनिधि सभामा विनियोजन शीर्षकमाथि आगामी छलफल हुने

प्रतिनिधि सभामा विनियोजन शीर्षकमाथि आगामी छलफल हुने

१ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

स्कटल्यान्डले हाइटीमाथि १–० को जित निकाल्यो

रास्वपाको बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित

आज विश्व रक्तदाता दिवस

पाल्पामा हालसम्म ८४२ जनामा एचआइभी सङ्क्रमित

कामपाले विद्युतीय भवन अनुमति प्रणालीको उपयोग गर्ने प्रबन्ध मिलाउने

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक