काठमाडौं । विश्वकृतिमानी साहित्यकार सुरेन्द्र महर्जन अमरकाे नेपाल भाषाकाे गीत ”मिखाँ छन्त न्ह्यने खन म्हुतु न्वंवाय् मफुत” गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।
विश्व कृतिमानी सङ्गीतकार सन्तोष श्रेष्ठको सङ्गीत रहेको उक्त गीतको भिडियोमा चलचित्रकर्मी रोशन कुमार श्रेष्ठको र मोडेल निशा श्रेष्ठको अभिनय देख्न सकिन्छ ।
विगत लामो समयदेखि नेपाली भाषा साहित्य र कला क्षेत्रमा कलम चलाउँदै निरन्तर चार दशकदेखि कविता, गीत, कथा, उपन्यास, हाइकु, तान्का, मुक्तक लगायत साहित्य क्षेत्रमा विविध विषयमा कलम चलाउनुका साथै त्यसपछि पचासको दशकदेखि गायन क्षेत्रमा आउनु भएका विश्व कृतिमानी साहित्यकार सुरेन्द्र महर्जन ‘अमर’ को रचना एवं स्वरमा नेपाल भाषाको एल्बम मतिनाया खँ भित्र रहेको सार्वजनिक म्युजिक भिडियोको गीत अमर म्युजिकमा रहेको छ ।
निर्देशनको निमित्त नेवारी गीत नै किन नहोस् भिडियोको निर्देशन देश नरेश अधिकारीले प्रेम बश्यालको सहयोगमा तयार पारेका छन। द लाइफ एक्सप्रेस मुवी मेकर्सले अदिती कलेक्सन मल्टीपर्पोज सङ जोडिएर भिडियो निर्माण भएको गीत अमर म्युजिक युटुबमा सार्बजनिक भएको छ ।
बुद्ध सायमीको एरेन्जमा अडियो नेपालमा गीत रेकर्डिङ भएको हो भने यसैगरी श्रिङ्गार सोनी कडेल र कृषा पोख्रेल को रहेकोछ भने भेषभुषा अदिती कलेक्सनको रहेको छ।


