काठमाडाैं । जात व्यवस्था उन्मुलन मोर्चा, काठमाडौँले जिल्ला भेला गर्ने भएको छ ।
मोर्चाको काठमाडौं जिल्ला समितिले भोलि अनामनगरमा भेला गर्न लागेको हो ।
‘सम्पूर्ण जात व्यवस्था विरोधी न्यायप्रेमीहरु-एक हौँ’ भन्ने नाराका साथ् अनामनगरस्थित भाटभटेनी सुपरमार्केट पछाडि भेला गर्न लागेको आयोजकले जनाएको छ ।
भेला दिउँसो १ बजेबाट शुरु हुनेछ ।


