बुध, कार्तिक १२, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

अवैध सुन कारोबार गर्दै आएका राजेश बर्मा पक्राउ

धारणा न्यूज by धारणा न्यूज
४ वर्ष अगाडि
0
अवैध लागूऔषध सहित पक्राउ
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडाैं । नेपालबाट भारतमा अवैध सुनको कारोबार गर्दै आएका कपिलवस्तुका राजेश बर्मालाई प्रहरीले राती पक्राउ गरेको छ । शुद्धोधन गाउँपालिका ६ बस्ने बर्मालाई प्रहरीको विशेष सुराकीको आधारमा तौलिहवास्थित जमुवार पुलबाट गएराती ९ बजे पक्राउ गरिएको हो ।

भारतको नौगढबाट सुन बिक्री गरेर तौलिहवा आउँदै गरेको सूचना पाएपछि एसपी प्रेमबहादुर बस्नेत आफै नाकामा चेकजाँचका लागि खटिएका थिए । यस क्रममा बर्मा सवार युपी ५५ एएम०४५९ नम्बरको गाडीमा फल्स बटम बनाई लुकाई राखेको अवस्थामा प्रहरीले २१ लाख ७ हजार १ सय भारतीय रुपैयाँ बरामद भएको छ । उनीहरुसंगै गाडी चालक भारतीय नागरिक हमिद मुसलमान पनि पक्राउ परेका छन् ।

पक्राउ तीनै जनासंग बयान लिने क्रम जारी रहेको र थप संलग्नहरुको नाम बाहिर आउन सक्ने बताइएको छ । राजेश बर्माले पकडीमा सुन पसल सन्चालन गरी बसेका छन् । उनले त्यहाँबाट विभिन्न चरणमा सीमा क्षेत्र चाकरचौडा हुँदै भारतको सिध्दार्थनगरसम्म सुन तस्करी गर्दै आएका थिए । उनीसंग तौलिहवाका प्रतिष्ठित सुन व्यापारीहरु समेत जोडिएको प्रहरी श्रोतले जनाएको छ । बर्मा ३ बर्षअघिसमेत ५०० ग्राम सुनसहित पक्राउ परेका थिए । उनले तौलिहवाका व्यापारीहरुसंग सुन लिएर भारतमा सप्लाई गर्दै आएको बताइन्छ ।

अवैध कमाईलाई बैध बनाउन बर्माले तौलिहवामा मेरो मार्ट भन्ने सपिङ्ग सेन्टरसमेत सन्चालन गरेका छन् । २ महिनादेखि सीमा क्षेत्रमा सुन तस्करी बढेपछि भारतीय रुपैयाँ कमजोर बन्न गएको छ । १ सय भारुको १६० खरिद बिक्री हुनुपर्नेमा अहिले १५५ देखि १५७ मा मात्र खरिद बिक्री हुँदै आएको छ । प्रहरी उपरिक्षक प्रेम बस्नेतले पक्राउ तीनै जनासंग सोधपुछ भइरहेको बताए । “उनीहरु पहिलेदेखि नै शंकास्पद थिए र हामीले पछ्याइरहेका थियौँ,रकमको श्रोत अझै खुल्न सकेको छैन,थप अनुसन्धान गर्दैछौँ” उनले भने ।

यो पनि पढ्नुहोस्

पाँच लाख छ हजार मेट्रिक टन ग्यास आयात

भ्याट बिल दिनुपर्ने निगमको समर्थन

५ घण्टा अगाडि
Light rain and snowfall likely at some places of Sudurpaschim and Karnali provinces

अति भारी वर्षा हुनसक्ने सतर्कता अपनाउन अनुरोध

६ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

भ्याट बिल दिनुपर्ने निगमको समर्थन

सयपत्री फूलले बजार नपाउने अवस्था आउन नदिन माग

बोल्सोनारो परिवारलाई अमेरिकी भिसा उपलब्ध गराउने निर्णय

आज सुदूरपश्चिम र पोखराबीच खेल हुने

एडिबिएल स्मार्ट प्लस एपबाट डिसहोमका सेवाहरू नवीकरण गर्न सकिने

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक