मङ्ल, मंसिर २, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

सर्वोच्चमा नेपाल बिमक सङ्घद्वारा सरकारविरुद्ध रिट दायर

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
0
अदालतमा दर्ता भएका रिट निवेदनमाथि प्रारम्भिक सुनुवाइ हुने
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । लामो समयसम्म कोरोना बिमाको दायित्व भुक्तानी नभएको भन्दै निर्जीवन बिमा कम्पनीहरूको छाता संस्था नेपाल बिमक सङ्घले सरकारविरुद्ध आइतबार सर्वोच्च अदालतमा रिट दायर गरेको छ ।

कोरोना कालमा बिमाबापतको रकम भुक्तानी नदिँदा समग्र बिमा क्षेत्रप्रति नै विश्वासमा कमी आउँदै गएको छ । कोरोना महामारीमा आमनेपाली नागरिकलाई उपचार तथा आर्थिक सहजताका लागि सरकारले ल्याएको कोरोना बिमा पछिल्लो समय बिमाबापतको भुक्तानी अहिले कम्पनीहरूका लागि समस्या बनेको छ ।

बिमक सङ्घले सरकारले कोरोना बिमाको करिब ११ अर्ब ३४ करोड रुपियाँ दाबी भुक्तानी दिन आलटाल गरेको भन्दै प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेको हो । कोरोना बिमाको पोलिसी ल्याएका निर्जीवन बिमा कम्पनीहरूले आफ्नोतर्फको रकम भुक्तानी गरिसकेको तर सरकारमातहतको अर्थ मन्त्रालयले कोरोना बिमाबापत बिमितलाई ११अर्ब ३४ करोड रुपियाँ दिन बाँकी छ ।

नेपालमा कोरोना सङ्क्रमण फैलिए यता २०७७ वैशाख ४ गतेबाट सुरु भएको कोरोना बिमा २०७८ असारसम्म सञ्चालनमा आएको थियो । नेपाल बिमा प्राधिकरणका अनुसार १७ अर्ब ४४ करोड ४० लाख रुपियाँ बराबरको दाबी परेको थियो । दाबीमध्ये सरकारको एक अर्ब रुपियाँसहित कुल छ अर्ब १० करोड १५ लाख रुपियाँ भुक्तानी भइसकेको छ ।

कोरोनाकालमा निर्जीवन बिमा कम्पनीले सरकारकै प्रतिबद्धतामा कोरोना बिमा गरेका थिए । कम्पनीसँग साढे तीन अर्ब रुपियाँभन्दा बढी दायित्व सिर्जना भएमा सरकारले बेहोर्ने प्रतिबद्धता गरेको थियो । प्रतिबद्धता अनुसार अहिलेसम्म सरकारको बेहोर्नुपर्ने कोरोना बिमाको दायित्व नपाएपछि बिमा कम्पनीहरू सर्वोच्च अदालत जानु परेको सङ्घले जनाएको छ ।

समयमा भुक्तानी नपाएपछि निर्जीवन बिमा कम्पनी मात्रै नभएर जीवन बिमा कम्पनीलाई पनि त्यसको नकरात्मक प्रभाव परेको छ । कोरोना बिमाको रकम सरकारले समयमै भुक्तानी नगरेको खबर सार्वजनिक भएलगत्तै जीवन बिमा कम्पनीको व्यापारमा पनि नकरात्मक असर परेको कम्पनीले बताउँदै आएका छन् । सर्वोच्च अदालतले सङ्घको मुद्दा पेसी भदौ २४ गते बिहान १० बजे तोकेको छ । सोमबार सरोकारवालालाई अदालतमा उपस्थित हुन भनिएको छ ।

यो पनि पढ्नुहोस्

अकुत सम्पत्ति सम्पत्ति छानबिन गर्ने अधिकार नपाएको टिप्पणी

चार न्यायाधीशविरुद्ध उजुरी आह्वान

३ हप्ता अगाडि
अकुत सम्पत्ति सम्पत्ति छानबिन गर्ने अधिकार नपाएको टिप्पणी

सर्वोच्च अदालतमा परेको रिटमाथि कारण देखाउ आदेश जारी

१ महिना अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

विदेशमा रहेका देउवा परिवारको सम्पत्ति शुद्धीकरणको अनुसन्धान कसरी हुन्छ ?

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

प्रधानमन्त्रीको भारत भ्रमणका लागि एजेन्डा पारित हुन बाँकी

राम श्रेष्ठले जिते १० लाख  ३०० रुपैयाँ 

उत्कृष्ट २० करदाताको नाम घोषणा

एमालेको स्थायी कमिटी बैठक आज बस्दै

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक