शनि, जेष्ठ ९, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home विचार

प्रचण्ड–बाबुरामको पुनर्मिलनपछि नयाँ पार्टीको गन्तव्य कता ?

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
0
आईएमएफको चेतावनीले पुँजीबादमा संकटको संकेत !
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

–निमकान्त पाण्डे
नेपाली राजनीतिका महत्वपूर्ण दुई पात्र पुष्पकमल दाहाल ‘प्रचण्ड’ र बाबुराम भट्टराईबीच फेरि एकताको चर्चा सुरु भएको छ । प्रचण्ड नेतृत्वको नेकपा माओवादी केन्द्र र भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीबीच एकता गरेर नेकपा समाजवादी नामको नयाँ पार्टी गठनको अहिले चर्चा चलेको हो । कुनै समय नेपाली राजनीतिमा निकै शक्तिशाली रहेका यी दुई पात्र अहिले भने विस्तारै राजनीतिक यात्रा कमजोर हुने क्रममा पुगेपछि एकीकृत हुने मनसायमा पुगेका हुन् । हाल प्रधानमन्त्री रहेका प्रचण्डको पार्टी माओवादीले पछिल्ला चुनावमा जनताको मन जित्न सकेको छैन । प्रचण्डको सहकार्य छोडेका बाबुरामको झनै बिजोग भएको छ । उनको पार्टीले अहिले संसदमा अस्तित्व जोगाउन नै हम्मे पर्ने भएपछि चुनावमा माओवादीसँग सहकार्य समेत गरेको थियो । तर, पनि यो सहकार्यलाई जनताले अनुमोदन नगर्दा फलदायी साबित हुन सकेन ।
प्रचण्ड र बाबुरामबीचको सहकार्य भने साढे २ दशकअघिको हो । २०५२ मा जनयुद्ध सुरु गर्नुअघि नेकपा एकता केन्द्रलाई परिवर्तन गरेर पार्टीको नाम नेकपा माओवादी राखिएको थियो । त्यति बेलादेखि यी दुई नेताले सहकार्य गरी जनयुद्ध हाँकेका थिए । त्यही जनयुद्धको जगमा माओवादी राष्ट्रिय राजनीतिमा स्थापित भएन मात्रै, दुवै जना प्रधानमन्त्रीसमेत बने । तर, २०७२ सालमा नयाँ संविधान जारी भएपछि भने बाबुरामले प्रचण्डको साथ छोडे । राजनीतिक शिरा नयाँ तरिकाले अगाडि बढाउनुपर्ने फरक मत राख्दै बाबुराम नयाँ शक्ति पार्टी खोले, संघीय समाजवादी फोरम हुँदै जसपाका समेत नेता बने । तर, ती पार्टीमा पनि स्थिर हुन नसकेपछि भने पछिल्लो समय नेपाल समाजवादी पार्टी खोली राजनीतिमा सक्रिय रहेका छन् ।
बाबुरामको जस्तै अवस्थामा प्रचण्ड नपुगे पनि उनले पनि राष्ट्रिय राजनीतिमा पकड गुमाउँदै गएको स्पष्ट छ । हरेक निर्वाचनमा जनमत गुमाउँदै गएको माओवादीले सत्ता गठन र फेरबदलमा बार्गेनिङ गर्दा सरकारको स्थायित्वमा असर पुगेको छ । शान्ति प्रक्रियामा आएपछि माओवादीले आफ्नै नेतृत्वमा र अन्य दलको नेतृत्वमा पनि पटकपटक सत्ताको स्वाद चाखिसकेको छ । शक्ति केन्द्रको वरिपरि रहेका कारण माओवादीका नेताको जीवनस्तर आश्चर्यजनक रुपमा फेरिएको छ । भ्रष्टाचार, अनियमितता जस्ता घटनामा उनीहरुको नाम जोडिने क्रम पनि उत्तिकै छ । शान्ति प्रक्रियापछि प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला नेतृत्वमा बनेको अन्तरिम सरकारमा माओवादीबाट पनि मन्त्री बनेका थिए । त्यसपछि भएको २०६४ को संविधानसभाको चुनावमा पहिलो पार्टी बन्दै माओवादीका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वमा सरकार गठन भयो । तर, उनीहरुले जनताले दिएको मतलाई सदुपयोग गर्न सकेनन् । तत्कालीन सेना प्रमुख रुक्मांगद कटुवालका कारण प्रचण्ड आफैं राजीनामा दिएर सरकारबाट हट्नु प¥यो ।
त्यसपछि २०६७ सालमा झलनाथ खनाल नेतृत्वको मन्त्रिमण्डलमा माओवादी सहभागी भयो । २०६८ मा माओवादीकै तत्कालीन नेता डा। बाबुराम भट्टराईको नेतृत्वमा सरकार गठन भयो । त्यसपछि २०७२ मा केपी शर्मा ओली नेतृत्वको सरकारमा माओवादीले फेरि स्थान पायो । तर, त्यो सरकारलाई ढाल्दै माओवादीले कांग्रेससँग मिलेर सरकार बनायो, जसको नेतृत्व प्रचण्डले गरेका थिए । तर, त्यो सरकार पनि स्थिर हुन सकेन । फेरि कांग्रेसका शेरबहादुर देउवाको नेतत्वमा सरकार बन्यो, जसमा माओवादी सहभागी थियो । देउवा नेतृत्वको सरकारले गराएको स्थानीय तह चुनावमा कांग्रेससँग मिलेको माओवादी प्रतिनिधिसभा र प्रदेशसभामा भने एमालेसँग वाम गठबन्धन गर्न पुग्यो । लगातार जनमत गुमाउँदै गएको माओवादीले एमालेकै बलमा निर्वाचनमा धेरै स्थानमा जित हासिल ग¥यो । त्यतिबेला एमाले र माओवादीबीच एकता भई नेकपा नै गठन भयो । तर, दुई अध्यक्ष ओली र प्रचण्डबीच कुरा नमिल्दा नेकपा भंग भयो । बहुमत पाएको नेकपा ३ वर्षमै सरकारबाट बाहिरिनुप¥यो । आन्तरिक कलहका कारण आफ्नै सरकार ढालेको माओवादीले फेरि देउवा नेतृत्वको सरकार मात्र बनाएन, हालै सम्पन्न चुनावमा कांग्रेसलगायत दलसँग गठबन्धन पनि ग¥यो । फेरि एमालेसँग सहकार्य गरेर अहिले सत्तामा छ ।
माओवादीको यो अधोपतनका कारण चिन्तामा परेका प्रचण्ड र आफ्नो ओरालो लागेको राजनीतिक करियरलाई बचाउन उद्यत रहेका बाबुरामबीचको सहकार्य गन्तव्य के होला त रु पछिल्लो समय हेर्दा समाजवादी उद्देश्य लिएर राजनीतिमा लागेका यी दुवै पात्र साम्राज्यवादी गतिविधि र योजनालाई मलजल तथा समर्थन गर्ने दिशामा अघि बढेका छन्, चाहे त्यो अमेरिकाको एमसीसी परियोजना होस्, वा बाबुरामले आफ्नो प्रधानमन्त्रीकालमा भारतसँग गरेको बिप्पा सम्झौता । त्यसकारण अहिलेको यो एकताको कारण साम्राज्यवादको योजना कार्यान्वयनका लागि होइन भनेर कसरी पुष्टि गर्लान् रु यो उनीहरुको लागि मुख्य चुनौती हो । आगे सबैलाई चेतना भया ! जनधारणा साप्ताहिकबाट

यो पनि पढ्नुहोस्

तीनकुने घटनामा संलग्न प्रतिवादीहरूको बयान जारी

प्रसाईंलाई चार दिन हिरासतमा राख्न अनुमति

१८ मिनेट अगाडि
गान्तोकमा डा. कायस्थको पुस्तक विमोचन

गान्तोकमा डा. कायस्थको पुस्तक विमोचन

२० मिनेट अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

को हुन् भारतमा ‘कक्रोज जनता पार्टी’ बनाउने अभिजीत ?

नेपाले अमेरिकालाई ३१८ रनको लक्ष्य प्रस्तुत

इद–उल–अजहाका अवसरमा सार्वजनिक बिदा

एमालेले फिर्ता गर्‍यो भीआईपी उपचारको साढे तीन करोड

मगर संघको १३ औं राष्ट्रिय महाधिवेशन सुरु

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक