बिहि, जेष्ठ ७, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

बस अनियन्त्रित भई पल्टिँदा दुई यात्रुको मृत्यु हुँदा २७ घाइते

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
0
बस अनियन्त्रित भई पल्टिँदा दुई यात्रुको मृत्यु हुँदा २७ घाइते
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

बाँके । कोहलपुर–नेपालगन्ज सडकखण्डको गनापुरमा यात्रुवाहक बस अनियन्त्रित भई पल्टिँदा दुई जना यात्रुको मृत्यु भएको छ भने २७ जना घाइते भएका छन् । बिहीबार दाङबाट नेपालगन्जतर्फ आइरहेको भे १ ख २१२८ नम्बरको यात्रुवाहक बस कोहलपुर–नेपालगन्जसडकखण्डको गनापुरस्थित नमस्ते कटेजको अगाडि एउटा मोटरसाइकललाई जोगाउन खोज्दा अनियन्त्रित भइ पल्टिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता डिएसपी नारायण डाँगीले नेपालगन्ज पुग्न लागेको बस अनियन्त्रित भइ पल्टिँदा दुईजनाको मृत्यु भएको र २७ जना घाइते भएको जानकारी आएको जनाउनुभयो ।

उहाँले मृतकको अझै सनाखत नभएको जनाकारी दिनुहुँदै घाइतेहरुलाई नेपालगन्जस्थित भेरी अस्पताल र नेपालगन्ज मेडिकल कलेजको नेपालगन्ज शिक्षण अस्पतालमा पुर्‍याइएको बताउनुभयो । दुर्घटनाको खबर आउने वित्तिकै जनपथ प्रहरी, सशस्त्र प्रहरी, ट्राफिक र स्थानीयको सहयोगमा उद्धार तथा बचाउ कार्य गरिएको जानकारी डिएसपी डाँगीले जनाउनुभयो ।

यता, भेरी अस्पतालमा २२ जना घाइतेको उपचार भइरहेको र दुई जना मृतकलाई पनि पुर्‍याइएको भेरी अस्पतालका सूचना अधिकारी डा. संकेत कुमार रिसालले बताउनुभयो । उहाँले घाइतेमध्ये केही गम्भीर भएकाले अस्पतालको सबै जनशक्तिलाई खटाएर भए पनि उपचार कार्य गरिरहेको जनाउनुभयो ।

सो दुर्घटनाको विस्तृत जानकारी आउन केही समय लान्ने जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

यो पनि पढ्नुहोस्

संतुगलमा बसले स्कुटरलाई ठक्कर दिँदा एक महिलाकाे निधन

मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु

२ दिन अगाडि
यात्रुवाहक बस दुर्घटना हुँदा १४ को मृत्यु, २० जना घाइते

छुट्टाछुट्टै सवारी दुर्घटनामा ६ जनाको मृत्यु

३ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

सगरमाथामा पुग्ने सबैभन्दा कान्छी अष्ट्रलियन बनिन् बियान्का

स्थानीय सरकारको गरिमा बढ्याे

लाइभ : प्रतिनिधिसभा बैठक सुरु

नेताहरूको जिम्मेवारी छलफलका लागि प्रस्ताव

आयो रास्वपाको जनअपेक्षित ऊर्जानीति

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक