बुध, भदौ २४, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार ब्रेकिङ न्युज

ह्विलचेयरमा मास्क बेच्ने व्यक्तिलाई उठाउनु महानगरको बहादुरी हो?

धारणा न्यूज by धारणा न्यूज
४ वर्ष अगाडि
Reading Time: 1 min read
0
ह्विलचेयरमा मास्क बेच्ने व्यक्तिलाई उठाउनु महानगरको बहादुरी हो?
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं- ह्विलचेयरमा बसेर मास्क बेच्दै गरेका एक व्यक्तिलाई पक्राउ गरी काठमाडौँ महानगरपालिकाले गाडीमा राखेको तस्बिर यतिबेला सामाजिक सञ्जालमा भाइरल बनेको छ। तस्बिरमा एक ह्विलचेयरमा बसेका व्यक्त्ति महानगरपालिकाको गाडीमा राखिएको देख्न सकिन्छ। महानगर प्रहरीले काठमाडौंको न्युरोड क्षेत्रबाट ह्विलचेयरमा बसेर मास्क र अन्य सामग्रीहरु बेच्दै गरेका व्यक्तिलाई पक्राउ गरी गाडीमा राखेको हो। यो घटना माघ १६ गते मंगलबारको हो। पहिल्लो समय काठमाडौँ महानगरपालिकाको कार्यशैलीमाथि प्रश्न उठ्दै आएको छ। महानगरपालिकाले व्यवस्थापनविनै जथाभाबी डोजर चलाएको, विकल्प बिनै सुकुम्बासी बस्ती हटाउन खोजेको लगायतका विभिन्न कारण देखाउँदै आम जनताले महानगरपालिका र नगरप्रमुख बालेनको बिरोध गर्दै आएका छन्। ह्विलचेयरमा बसेर मास्क बेच्दै गरेका एक व्यक्तिलाई पक्राउ गरी गाडीमा राखेको तस्बिर सार्वजनिक भएपछि महानगरपालिका र नगरप्रमुख बालेन्द्र शाह ‘बालेन’को चर्को विरोध भइरहेको छ। सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले महानगरपालिकाको यो कार्य ज्यादतिपूर्ण रहेको बताएका छन्। एक असामान्य व्यक्त्ति जो ह्विलचेयरमा मास्क र अन्य केही सामग्री बेचेकै भरमा जिविका चलाइरहेको छ त्यस्तो व्यक्त्तिलाई महानगरले प्रकाउ गरेर गाडीमा हालेर प्रहरीसामू बुझाउनु कतिसम्मको ज्यादति हो भन्दै सर्वसाधारणले आक्रोश व्यक्त गरेका छन्। ह्विलचेयरमा बसेर मास्कसँगै अन्य केही सामाग्री बिक्री गरेर गुजारा चलाइरहेको व्यक्तिलाई महानगरपालिकाले पक्राउ गरेर ज्यादति गरेको सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले बताइरहेका छन्। कतिपयले त महानगर र बालेनलाई सच्चिन आग्रहसमेत गरेका छन्। विश्वका जुनसुकै स्थानमा पनि काम गरेर खानेलाई सरकारले छुट दिने गरेको बताउँदै सामाजिक प्रयोगकर्ताहरुले चर्को विरोध गरेका हुन्। मानवशास्त्री सुरेश ढकाल महानगरपालिकाले फुटपाथ खाली गराउने नाममा कसैको स्वतन्त्र रुपमा जीविकोपार्जन गर्न पाउने अधिकार खोस्न नमिल्ने बताउँछन्। ‘महानगरपालिकाले फुटपाथ खाली गराउने भन्दैमा जो त्यहि बाटोमै सानो व्यापार गरेर गुजारा चलाइरहेका छन् उनीहरुलाई व्यवस्था बिना हटाउन मिल्दैन,’ उनी उदाहरण दिदै भन्छन्, ‘एउटा व्यक्त्ति गाडीमा हिँड्छ भने उसका लागि सडक किनारामा पसल गर्न नदिनु सही लाग्छ होला तर त्यो समस्या त्यही ठाउँमा बर्षौदेखि व्यापार गरेर गुजारा चलाइरहेकाहरुले मात्र बुझ्छन्, त्यसैले महानगरले सबैलाई सहज हुने किसिमको नीति बनाउनुपर्छ र काम पनि त्यहि अनुसारले गर्नुपर्छ जस्तो मलाई लाग्छ।’ उता काठमाडौँ महानगरपालिका नगर प्रहरी प्रमुख एसपी दिनेशकुमार अर्यालले भने उनलाई पटकपटक सडकमा बसेर व्यापार नगर्न सम्झाउँदै आएपनि नमानेपछि पक्राउ गरिएको बताएका छन्। ‘हामीले उहाँलाई धेरै पटक सम्झाउँदा पनि उहाँ मान्नु भएन। उहाँले मास्क मात्रै होइन गुट्खा, रजनीगन्धाजस्ता सामान पनि बेच्नुहुन्थ्यो,’ उनी भन्छन्, ‘सार्वजनिक ठाँउमा गुट्खा बेच्नु पनि त भएन भनेर हामीले उहाँलाई नियन्त्रणमा लिएका हौँ, बल प्रयोग गरेका होइनौँ।’ उनका अनुसार महानगरपालिकाले कोही नभएर सडकमा जीवन बिताइरहेकाहरुलाई मानव सेवा आश्रममा राख्ने गरेकाले उनलाई पनि आश्रममा जान आग्रह गरेका थिए। तर उनले अस्वीकार गरेको अर्याल बताउँछन्। उनी भन्छन्, ‘ती व्यक्त्तिलाई उहाँको कोही चिनजानको व्यक्त्तिले त्यहाँ (पुरानो बसपार्क) मा ल्याएर बिहान छोडिदिनुहुन्छ अनि बेलुका लैजानुहुन्छ। हामीले धेरै पटक यो महानगरपालिकाको निर्णयभन्दा विपरित छ यसरी बेच्न पाइदैन भनेर सम्झाएका थियौँ।’ यो त महानगरको ज्यादति जस्तो देखियो नि भन्ने हाम्रो प्रश्नमा अर्याल भन्छन्, ‘यसलाई ज्यादति भन्न मिल्दैन किनकि हामीले उहाँलाई आश्रममा जान पनि आग्रह गरेका थियौँ तर उहाँ मान्नु भएन।’ महानगरपालिकाले हिजो पक्राउ गरे पनि आज पुन: ती व्यक्ति सोही परिसरमा मास्क र गुट्खा बेचिरहेको उनले बताए। काठमाडौँ महानगरले सडक पेटीमा बसेर कुनै पनि सामग्री बेचबिखन गर्न नपाइने निर्णय गरेको छ। सोही अनुसार सडक पेटीमा बसेर चटपटे बेच्नेदेखि अन्य जो कुनै व्यवसाय गर्नेसम्मलाई महानगरले रोक लगाउँदै आएको छ।

यो पनि पढ्नुहोस्

भोटकोशी बाढी

बाढीमा परी मृत्यु हुनेको संख्या १ हजार ३५७ पुग्याे

१० घण्टा अगाडि
तेस्रो चितवन गोल्डकप अन्तराष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिता हुने

तेस्रो चितवन गोल्डकप अन्तराष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिता हुने

१३ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

जनउत्तरदायी बनाउन सरकारसँग आग्रह

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

विपद् प्रभावित समुदायको सहयोगका लागि NAIMA द्वारा रु. ५० लाख प्रदान

कांग्रेसको बैठक आज बस्दै

युइएफए च्याम्पियन्स लिग आजदेखि सुरु

जेनजी आन्दोलनलाई स्मृतिमात्रै नभई संकल्पको दिन बनाउनुपर्नेमा जाेड

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक