शनि, बैशाख १९, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

शिक्षाको स्तर हेरेर नै नेपाली समाजको अवस्था थाहा हुन्छ : डा. यादव

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
0
शिक्षाको स्तर हेरेर नै नेपाली समाजको अवस्था थाहा हुन्छ : डा. यादव
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । नेपालका प्रथम राष्ट्रपति डा.रामवरण यादवले नेपाली समाजलाई कहाँ लगिँदै छ भन्नेकुरा शिक्षाको स्तर हेरेर नै थाहा हुने जनाएका छन् ।

स्व.प्रदीप गिरीको दोस्रो स्मृति दिवसको अवसरमा नेपाली कांग्रेसको पेशागत तथा बुद्धिजीवी विभागले बिहीबार आयोजना गरेको कार्यक्रममा बोल्दै उनले शिक्षा क्षेत्रको सुधारका लागि सरकारको नेतृत्व तहबाट काम हुन नसक्दा संविधानमाथि दोष दिने गरिएको उल्लेख गरे ।  शिक्षा विधेयक अहिले संसद्मा रहेको भन्दै यसमा आवश्यक विचार विमर्श गर्न उनले आग्रह गरे । ‘अहिले शिक्षा विधेयक हाउसमा छ । ८० प्रतिशत  सामुदायिक विद्यालयहरुमा पर्याप्त शिक्षक छैनन् । ५२ प्रतिशत विद्यार्थी इसईईमा फेल भए भइरहेका छन् । मुख्य–मुख्य शिक्षकहरु नै छैनन् । राहत वा सामुदायिकस्तरमै राखेर जेनतेन अध्ययन गराइएको छ । यसले नेपाली समाजलाई कहाँ लगिएको छ भन्ने देखाउँछ । संविधानको दोष छैन,’ उनले भने । डा. यादवले संविधानमा गणतन्त्र, लोकतन्त्र, समावेशी र संघीयताको व्यवस्था रहेकाले त्यो कार्यान्वयन गर्नुपर्नेमा  जोड दिए । उनले ८० प्रतिशत खाद्यान्न  ल्याउने अनि समाजवाद खोज्ने परिपाटी गलत भएको जनाए ।

डा. यादवले कांग्रेस पार्टीलाई सत्तामा नगइ नहुने भन्ने सोच नै गलत भएको उल्लेख गर्दै काङ्ग्रेसको इतिहासको स्मरण गरे । उनले अन्तर्राष्ट्रिय स्तरमा कांग्रेसको राम्रो पहिचान रहेको भएपनि काम गर्न नसकेको भन्दै  चिन्ता व्यक्त गरे ।

नेपाली काङ्ग्रेसका नेता तथा सांसद डा. चन्द्र भण्डारीले नेतृत्व सही ढंगको नआएसम्म व्यवस्था परिवर्तन गरेर मात्र समाज परिवर्तन नहुने बताए ।  उनले जनताले लडेर व्यवस्था परिवर्तन गरेको तर नेतृत्व विवेकशील हुन नसक्दा समाज परिवर्तन नभएको बताए । उनले भने, ‘व्यवस्था परिवर्तन गरेर समाज परिवर्तन हुदैँन। जबसम्म नेतृत्वको इच्छा शक्ति हुदैँन् तबसम्म परिवर्तन संभव छैन। महिला, दलित, थारु अगाडि आएपनि कसैको पछि लागेर मात्र आउन सके । गल्ती यही भयो । नेतृत्व दुरदर्शी भएन । नेतृत्व आफ्नो परिवार र सम्पत्तिभन्दा बाहिर जान सकेन । यस्तै, उनले समाजवादको कुरा गरेर मात्र केही नहुने भन्दै जनताले महशुस हुने हिसाबले समाजवाद ल्याउनुपर्ने जनाए ।

नेपाल जस्तो धनी र राम्रो देश विश्वमा कतै नभएपनि नेपालका युवाहरु देशमा बस्न  नचाहेको भन्दै यो सबै गलत नेतृत्व, स्वार्थी व्यक्तिको छनोटको कारणले भएको उनको भनाई थियो  ।

राजनीति शास्त्री प्रा कृष्ण खनालले बुद्धिजीवी सरकारको निर्देशनमा हिडदैन, तर उसको पनि राजनीतिक आस्था हुन्छ भन्दै  राजनीतिक आस्था र आफ्नो पेशा  व्यवसायबीच लक्ष्मण रेखा कोर्न आग्रह गरे।  स्व प्रदीप गिरीमा सुकरातको शैली आफुले पाएको भन्दै उनले चिया गफ गर्दा पनि गम्भीर राजनीतिक विमर्श गर्ने गरेको स्मरण गरे।   ह्यारोल्ड लास्की, शशी थरुर, प्रदीप गिरी जस्ता विद्वान आफु सम्बद्ध पार्टीको नेतृत्वमा आउन नसकेको बताउंदै अहिले कांग्रेस लगायतका पार्टीमा विचार नै हराएको गुनासो गरे।  २१ औं शताब्दीलाई मार्ग निर्देशन गर्ने विचारको अहिले अभाव छ।  अहिलेको राजनीतिमा विचार र छलफलको अभाव छ,  प्रा खनालले भने।

कार्यक्रमकी सभाध्यक्ष तथा कांग्रेसको पेशागत तथा बुद्धिजीवी विभागकी प्रमुख डा. डिला संग्रौलाले स्वर्गीय प्रदिप गिरीले व्यक्त गरेको विचार र अवलम्वन गरेको बाटो आजको दिनमा पनि अपरिहार्य भएको बताइन् । ‘गिरी जस्ता व्यक्तिहरु भौतिक रुपमा नरहेपनि विचारका रुपमा कहिल्यै मर्दैनन् । आजको समाजवाद भनेको महिलाको मुक्ति हो, युवाले मुलुकभित्रै रोजगारी पाउनुपर्छ भन्ने हो, अस्पतालमा विरामीले उपचार पाउनुपर्छ अर्थात संविधानले व्यवस्था गरेको मौलिक हकमा भएको शिक्षा, स्वास्थ्य र रोजगारीको ग्यारेन्टी हुनुपर्छ भन्ने हो । किसानले समर्थन मूल्य पाउनु नै समाजवाद हो,’ उनले भनिन् ।

नेपाल प्रज्ञा प्रतिस्ठानमा आयोजित कार्यक्रममा  डा उद्धव सिग्देलले “नेपालमा प्रजातान्त्रिक समाजवाद: वर्तमान र भविष्य” विषयक छलफलको  उठान गरेका थिए भने  सहप्राध्यापक   लोकनाथ  दुलालले कार्यक्रम संचालन गरेका थिए।

यो पनि पढ्नुहोस्

एप्पलको राजस्वमा अपेक्षाभन्दा उच्च राजस्व पूर्वानुमान जारी

एप्पलको राजस्वमा अपेक्षाभन्दा उच्च राजस्व पूर्वानुमान जारी

१२ घण्टा अगाडि
आज १ सय ३५ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाईंदै

श्रमिक दिवस विविध कार्यक्रम गरी मनाइयाे

१२ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

सुकुम्बासी समस्या र समाधानको सही सुत्र

स्वास्थ्य र तन्दुरुस्तीको नयाँ गन्तव्य: नेपालमा बढ्दो ‘आउटडोर जिम’ को लहर

अर्थमन्त्रीको श्वेतपत्रले देखाएको देशको अवस्था

आजबाट बागमती करिडोरका अवैध संरचना हटाउन सुरू

‘रोल नं १’को टिजरमा गरिब परिवारको शैक्षिक बाध्यताको कथा

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक