बिहि, बैशाख १७, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home विचार

विद्युत् महशुल उठाउने कि सबैलाई मिनाहा गर्ने ?

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
Reading Time: 1 min read
0
आईएमएफको चेतावनीले पुँजीबादमा संकटको संकेत !
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

–निमकान्त पाण्डे

नेपाल विद्युत् प्राधिकरण र उद्योगीबीच लामो समयदेखि डेडिकेटेड र ट्रंकलाइनको महशुल विवाद छ । पछिल्लो समय संसदीय समितिमा यसबारे छानबिन, लाइन काटिएका उद्योगमा विद्युत् जडान गर्न प्रधानमन्त्री केपी शर्मा ओलीको नै निर्देशन र उद्योगीले पैसा नतिर्ने अडान जस्ता विषयले यो प्रकरण झनै पेचिलो बन्दै गएको छ ।

खासमा यो विवाद के हो ? त्यो बुझ्न आवश्यक छ । लोडसेडिङको समयमा प्राधिकरणले प्रचलितभन्दा ६५ प्रतिशत महँगो महसुल दरमा उद्योगलगायत अत्यावश्यक क्षेत्रमा दैनिक न्यूनतम २० घन्टादेखि २४ घन्टासम्म नै विद्युत् उपलब्ध गराएको थियो । विशेष गरी साउन ०७२ साउनदेखि ३१ वैशाख ०७५ सम्म डेडिकेटेड फिडर र ट्रंकलाइनमार्फत बिजुली दिइएको थियो । सो समयमा महँगो विद्युत् खरिद गर्नुपरेको कारण देखाउँदै सिमेन्ट उद्योगले त उत्पादनको मूल्य नै बढाएका थिए । ३१ वैशाख ०७५ यता भने लोडसेडिङ अन्त्य भएको छ । तर, महसुल दर परिमार्जन गरेर तोक्ने कानुनी अधिकार प्राधिकरणलाई छैन । त्यसैले प्राधिकरणले असार ०७२ मा निर्धारण गरेको डेडिकेटेड फिडर र ट्रंकलाइन महसुल दर अनुमोदनका लागि तत्कालीन विद्युत् महसुल निर्धारण आयोगमा पठायो । आयोगले २९ पुस ०७२ मा मात्रै त्यो अनुमोदन गरेको थियो । तर, त्यो कहिलेदेखि लागू गर्ने भनेर मिति तोकिएन । त्यो अवस्थामा उद्योगहरूले आयोगबाट अनुमोदन भएको मितिदेखि मात्रै यो लागू गर्नुपर्ने भनेर पहिलाको महसुल तिरेका छैनन् ।

प्राधिकरणका अनुसार ६२ उद्योगले १९ अर्ब ९५ करोड रुपैयाँ तिर्नुपर्नेछ । सो रकम उठाउन महालेखाले आफ्नो पछिल्लो प्रतिवेदनमा उल्लेख गर्दै आएको छ । तर, उद्योगहरू भने त्यस्तो महसुल नतिर्ने बताइरहेका छन् । तालुकदार मन्त्रालय ऊर्जा र नियामकीय निकाय विद्युत् नियमन आयोगले कुनै निकासा दिन सकेका छैनन् । यो विषयमा विभिन्न जिल्लामा अदालतमा परेका मुद्दा विचाराधीन छ । डेडिकेटेड र ट्रंकलाइन विद्युत् भुक्तानीसम्बन्धी यही विवाद अहिले उत्कर्षमा पुगेको छ । उद्योगहरूमा बारम्बार बिजुली काट्ने–जोडिदिने गरिरहेको नेपाल विद्युत् प्राधिकरणले यही असार २५ र २६ मा पाँच उद्योगको बिजुली काटिसकेपछि अहिले यो विवाद फेरि सतहमा आएको छ । यस विषयमा उद्योगी आफ्नै अडानमा छन् । सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरीशचन्द्र लालको नेतृत्वमा गठित न्यायिक आयोगको सिफारिस कार्यान्वयन गर्न प्राधिकरण अग्रसर हुनुपर्ने उद्योगीको भनाइ छ ।

विद्युत् सबैका लागि अत्यावश्यक वस्तु भइसेकेको छ । सरकारले सर्वसाधारणका लागि विद्युत्को मूल्यमा पुनर्विचार गर्न आवश्यक छ । व्यक्तिको आय र उसको उपभोग क्षमताका आधारमा विद्युत्को मूल्य निर्धारण गर्नु वैज्ञानिक र समाजवादी ठहरिन्छ । बढी उपभोग गर्ने क्षमता भएको र त्यसबाट आम्दानी गर्नेलाई त्यसैअनुसार शुल्क लिन सकिन्छ । यसको अर्थ उद्योगी व्यवसायीबाट पनि प्राधिकरणले उपयोग गरेको विद्युत्को महशुल लिनुपर्छ । व्यवसायीले सत्ता र शक्तिको प्रयोग गरेर विद्युत् महशुल तिर्दिन भन्नु अटेरी मात्र नभई अराजकता पनि हुन्छ ।

तर, अहिले राज्यसत्ता भने खुलेरै व्यापारीको पक्षमा लागेको देखिन्छ । हालै एक कार्यक्रममा ऊर्जामन्त्री दीपक खड्काले त्यस्तै आशय व्यक्त गरेका छन् । उनले डेडिकेटेड फिडर र ट्रंकलाइनको प्रिमियम महसुलबापतको सवा आठ अर्ब नतिर्ने उद्योगीको पक्षमा खुलेरै लागेका हुन् । बक्यौता नतिरेका उद्योगमा प्राधिकरणले लाइन काट्नु मान्छेको घाँटी काटेसरह भएको भन्दै उनले महसुल उठाउन लाइन काट्ने कार्यप्रति आपत्ति जनाएका छन् । गत शनिबार विद्युत् प्राधिकरणको ३९औँ वार्षिकोत्सव समारोहमा प्रमुख अतिथिको हैसियतमा उपस्थित खड्काले वर्षौँसम्म बक्यौता नतिर्ने उद्योगीको पक्ष लिँदै प्राधिकरणको विरोध गरेका हुन् । उनकै शब्दमा भन्नुपर्दा, ‘कसैले बदमासी गरेमा दण्ड, सजाय र जरिवाना हुन्छ, तर त्यो घाँटी काटेर हुँदैन । घाँटी काट्ने भनेको अन्तिम विकल्प हो । बक्यौता तिरेनन् भनेर उद्योगमा लाइन काट्नु पनि मान्छको घाँटी काट्नुसरह हो । उद्योगमा श्रमिक होलान् । दिनभर काम गरेर राति खाने आश्रित वर्ग पनि होलान् । उद्योगको उत्पादन होला र सरकारलाई राजस्व पनि संकलन होला ।’ अध्यक्ष भएका नाताले मन्त्री खड्कामा प्राधिकरणको वित्तीयलगायत अवस्था बलियो बनाउनुपर्ने दायित्व हुन्छ । तर, उनले त्यसप्रति आँखा चिम्लिएर आफैँमातहतको संस्थानमाथि पुनः हिलो छ्यापेका छन् ।

अहिले छुट दिँदा बक्यौता नतिर्ने उद्योगीबाट अतिरिक्त लाभ निश्चित व्यक्तिले त पाउलान् नै तर, सामाजिक रूपमा हुने ‘सरकार र सरकारमा सामेल दल’ले व्यहोर्नुपर्ने क्षतिबारे भने अहिले नै अनुमान गर्न मुस्किल छ । तसर्थ, विशिष्ट कार्यभारसहित विशिष्ट अवस्थामा निर्मित सरकारले राजनीतिक स्थिरता, सुशासन र समृद्धिका लागि काम पनि पूर्वाग्रहरहित ढंगले विशिष्ट तरिकाले नै गर्न जरुरी छ । उपभोगअनुसार महशुल तिर्ने वातावरण तयार हुनुपर्छ । जनधारणा साप्ताहिक

 

यो पनि पढ्नुहोस्

यात्रुवाहक बस दुर्घटना हुँदा १४ को मृत्यु, २० जना घाइते

जिप दुर्घटनामा ज्यान गुमाउनेको संख्या २० पुग्याे

१६ मिनेट अगाडि
सहकारीको बचत रकम दुरुपयोग

परिवारै मानेर सहकारी ठगीमा संलग्नको सम्पत्ति जफत गरिने

१९ मिनेट अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

संघीय संसद्को दुवै सदनको अधिवेशन आह्वान

सभामुखसँग राष्ट्रसङ्घकी आवासीय संयोजकले गरिन् भेटवार्ता

फेरि फुट्दै प्रचण्ड-माधवको नेकपा

हुम्लामा पहिलो पटक डेङ्गु सङ्क्रमण पुष्टि

सुकुम्बासीहरूले आफैं सामान सार्न थाले

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक