आइत, जेष्ठ १०, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home सम्पादकीय

अरुलाई जुटाउने कि आफैं फुटेर तमासा देखाउने ?

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
Reading Time: 1 min read
0
प्रचण्ड सच्चिने कि विप्लव पनि बिग्रिने ?
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

सत्ताबाट बाहिरिनु परेको नेकपा माओवादी केन्द्र अहिले आफैं आन्तरिक कलहमा अल्झेको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अहिले पार्टीभित्र चर्को आलोचना भइरहेको छ । प्रचण्ड पनि अहिले आफ्नो आलोचना गर्ने माओवादी उपमहासचिव जनार्दन शर्मासँग प्रतिवादमा उत्रिएका छन् । माओवादीका तत्कालीन नेता मोहन वैद्य र बाबुराम भट्टराई अलग भइसकेपछि अध्यक्ष पुष्पकमल दाहालको ‘लाइन र लिडरसिप’ माथि पहिलोपटक लिखित रूपमा प्रश्न उठेको छ । पछिल्लो स्थायी समितिमा उपमहासचिव जनार्दन शर्मा र सचिव राम कार्कीले लिखित र मौखिक रूपमा ‘लाइन र लिडरसिप’ माथि प्रश्न उठाएका हुन् । पार्टीमा फरक मत आउनु राम्रो कुरा भए पनि त्यसैको कारण पार्टी फुट्ने वा फुटाइने हल्ला गरिनु राम्रो पक्ष होइन ।

यसअघि पार्टीमा फरक मत राख्दा राज्य सत्ताको दुरुपयोग गरेर आफूमाथि दमन गरिएको र पार्टी फुटाउन खोजेको गलत आरोप लगाइएको शर्माको भनाइ थियो । गत तर गत शनिबार माओवादीको रुकुम–काठमाडौं सम्पर्क मञ्चको सम्मेलनमा शर्माले प्रचण्डको निर्देशनअनुसार आफू कहिले एमाले, कहिले कांग्रेससित सहकार्य गर्न पुगेको सन्दर्भ उल्लेख गर्दै ‘कहिले एमाले र कहिले कांग्रेस’ भएको होइन, अत्याचार पनि खेपेको’ बताए । सम्मेलनमा प्रचण्डले आफू र जनार्दनबीच विश्वास र आशंकाको सम्बन्ध रहँदै आएको उल्लेख गर्दै ‘आगो बाल्न अगुल्टो ठोसेको’ टिप्पणी गरेका छन् । ‘मेरो र प्रभावकार (शर्मा) बीच बेलाबेला अगुल्टो ठोसिएझैं हुने गरेकै छ । यो आगो बाल्ने काम खाना पकाउनका लागि भएको छ,’ उनले भने, ‘मेरो अघि हुँदा मलाई महान् नेतृत्व भन्ने र बाहिर गएपछि धारेहात लगाउने प्रवृत्ति बढेको छ । यसपटक प्रभाकरजीको मनको कुरा बाहिर आओस् भन्ने थियो । मैले प्रभाकरले पार्टी फुटाउँदैछ भनेको होइन,’ उनले भनेका छन् ।

माओवादीभित्रको यस्तो आरोपप्रत्यारोप र फुटको जोखिम कम्युनिस्ट आन्दोलन भने जोखिममा परेको छ । अहिले देशमा एमाले र कांग्रेसबीचको अप्राकृतिक गठबन्धनका कारण पुनः वामपन्थी शक्तीहरु ध्रुवीकृत हुने अवसर मिलेको छ । यसलार्य सदुपयोग गर्न जरुरी छ । अब वामपन्थी, कम्युनिस्ट र समाजवादी शक्तिहरुबीच ध्रुवीकरण गरी जनताका मुद्दाहरुलाई उठाउनुपर्छ । नेपालमा वाम र समाजवादीबीच ध्रुवीकरण आवश्यक भइसकेको छ । आर्थिक समृद्धिका लागि समाजवादी क्रान्ति अघि बढाउन पनि यस्तो शक्ति आवश्यक छ । माओवादी नेतृत्वको समाजवादी मोर्चाले संघीयता, लोकतन्त्र, सुशासन, समृद्धि र सामाजिक आर्थिक न्यायसहितको नेपाली विशेषताको समाजवादको स्थापना गर्ने प्रमुख उद्देश्य लिएको छ । त्यसलाई पूरा गर्ने अभीष्टका साथ नेताहरु एकजुट हुनुपर्छ । देशमा विद्यमान रहेको राष्ट्रिय राजनीतिक, आर्थिक, सामाजिक एवं सांस्कृतिक समस्या र चुनौतीको सामना गर्न तथा राष्ट्रिय राजनीतिमा पश्चगामी, यथास्थितिवादी र अग्रगामी राजनीतिक प्रवृत्ति विद्यमान रहेको वर्तमान अवस्थामा देशलाई अग्रगामी निकास दिन समाजवादी शक्तिहरूको एकताबद्ध पहलकदमी आवश्यक छ । प्रतिपक्षमा रहने माओवादीले जनादेशको तथ्यलाई विश्वास गरी संगठन निर्माणमा लाग्नुपर्छ, न कि फुटेर आफैं सकिने बाटोमा । जनधारणा साप्ताहिक

 

 

 

 

यो पनि पढ्नुहोस्

काभा महिला भलिबलकाे अन्तिम खेलमा नेपालले आज माल्दिभ्ससँग खेल्दै

काभा महिला भलिबलकाे अन्तिम खेलमा नेपालले आज माल्दिभ्ससँग खेल्दै

३ घण्टा अगाडि
एमालेको केन्द्रीय सचिवालय बैठक बस्दै

एमालेको केन्द्रीय सचिवालय बैठक बस्दै

३ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

केपी शर्मा ओलीको राजीनामा माग्ने क्रम बढ्याे

गान्तोकमा डा. कायस्थको पुस्तक विमोचन

काभा महिला भलिबलकाे अन्तिम खेलमा नेपालले आज माल्दिभ्ससँग खेल्दै

कोइला खानीमा ग्यास विस्फोट हुँदा कम्तीमा आठ जनाको मृत्यु

एमालेको केन्द्रीय सचिवालय बैठक बस्दै

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक