लन्डन । बेलायतमा पछिल्लो सप्ताहान्तबाट सुरु भएको हिंस्रक प्रदर्शनमा करिब ४ सय जना गिरफ्तार भएका छन् ।
। नेशनल पुलिस चिफ काउन्सिलले आगामी दिनमा पनि गिरफ्तारी बढ्न सक्ने जनाएको छ । यसअघि प्रधानमन्त्री किएर स्टार्मरले हिंसालाई नियन्त्रण गर्न विशेषज्ञ प्रहरी अधिकारी तैनाथ गरिएको जनाएका थिए ।
कतिपय स्थानमा प्रहरी अधिकारी पनि घाइते भएका छन् । बेलायतको साउथपोर्टमा एक डान्स पार्टीमा चक्कु प्रहारबाट तीन बालिकाको मृत्युपछि हिंस्रक घटना फैलिएको हो । यसक्रममा आप्रवासीविरोधी र समर्थकहरूबीच कतिपय स्थानमा झडप पनि भएको छ । बीबीसी

