मङ्ल, मंसिर २, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

शेख हसिनाले राजीनामा दिएको दिन १ जना ३५ जनाको मृत्यु

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
0
शेख हसिनाले राजीनामा दिएको दिन १ जना ३५ जनाको मृत्यु
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

ढाका । बङ्गलादेशमा सरकारी जागिरमा आरक्षणको व्यवस्थाको विरोधमा प्रदर्शन उग्र हुँदै गएको छ । प्रदर्शनबिच पूर्व प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएको दिनमा सोमबार एकै दिन १ जना ३५ जनाको मृत्यु भएको छ ।

प्रदर्शनकारीहरूले अस्पताल, होटेल र सडकमा आगजनी गरेका थिए । यसबाहेक हसिनाको पार्टी आवामी लिगका सांसद र नेताका घरमा तोडफोड भयो । कयौँ जिल्लामा आवामी लिगका नेताको हत्या गरिएको छ । हिंसापछि पूरै देशमा अराजकता र अशान्तिको स्थिति छ ।

सञ्चारमाध्यमका अनुसार ढाकाबाहिर सावर र धमराई क्षेत्रमा प्रहरी र प्रदर्शनकारीबिच भएको गोलीबारीमा १८ जनाको मृत्यु भएको थियो । अश्रुग्यास र गोली प्रहारबाट अरु ५० जना घाइते भएका छन् । उत्तरा क्षेत्रमा प्रहरी चौकीले प्रदर्शनकारीमाथि गोली चलाउँदा अरु १० जनाको मृत्यु भएको थियो । गोली चलेपछि आक्रोशित बनेका प्रदर्शनकारीहरूले प्रहरी चौकी घेरा हालेर आगजनी गरेका थिए । ढाकाका विभिन्न अस्पतालले ७८ जनाको मृत्यु भएको पुष्टि गरेको छ ।

हबिगञ्जमा प्रदर्शनकारी र प्रहरीबिच भएको हिंसात्मक झडपमा ६ जनाको मृत्यु भएको छ । यस क्रममा एक सय जना घाइते भए । प्रहरीको गोली लागेर तंगेलमा दुई र धनबारीमा एक जनाको मृत्यु भएको थियो । त्यहाँ अरु ४० जना घाइते भएका छन् । लक्ष्मीपुर क्षेत्रमा भएको हिंसामा ११ जनाको मृत्यु भयो भने ३५ जना घाइते भएको बताइएको छ । पूर्व युवा नेताको घर अगाडि सात जनाको शव भेटिएको थियो । कुश्तियामा एक किशोर सहित ६ जनाको मृत्यु भएको छ । सतखीरामा पनि तीन जनाको मृत्यु भएको छ ।

अवामी लिगका महासचिवको होटेलमा आगलागी, आठ जनाको मृत्यु

जेस्सोरमा अवामी लिगका महासचिव शाहीन चक्लादारको होटेलमा आगजनी हुँदा आठ जनाको जलेर मृत्यु भएको छ भने ८४ जना  घाइते भएका छन् । यसबाहेक चित्तमोरमा एउटा होटेलमा आगजनी भएको छ । खुल्नामा अवामी लिगका अध्यक्ष जीएम मोहसिन रजा, उनका ड्राइभर आलमगीर र निजी सहायक मोफिजुल इस्लामलाई भीडले कुटपिट गरी मारेका छन् ।

पूर्व मेयरलाई जलाएर मारियो

हिंसात्मक प्रदर्शन चर्किरहँदा बरिसालमा पूर्व मेयर तथा अवामी लिगका अध्यक्ष सेर्नियाबत सादिक अब्दुल्लाहको जलाएर हत्या गरिएको छ । यसबाहेक थप दुई जनामा आगो लगाइएको छ । गाजीपुरको सफीपुरमा सीमा रक्षक बंगलादेशी सैनिकले आक्रमणकारीमाथि गोली चलाएको छ । अरु २ जनालाई पनि आगो लगाइएको थियो । प्रदर्शनकारीहरूले अवामी लिग पार्टीका सांसद, मन्त्रीको घरको साथै प्रहरी चौकीमा आगजनी गरेका छन् ।

त्यसैगरी नौगाउँस्थित खाद्यमन्त्री साधनचन्द्र मजुमदारको घरमा पनि तोडफोड र आगजनी गरिएको छ । नरैलमा सांसद मशरफी मुर्तजाको घरमा तोडफोड भएको छ । यहाँ अवामी लिगको कार्यालयमा आगजनी गरियो र अध्यक्ष सुभाषचन्द्र बोसको घरमा तोडफोड गरियो। नारायणगञ्जमा सांसद शमीम उस्मान र अवामी लिगको कार्यालयमा तोडफोड भएको छ । कोमिल्लामा सांसद बहाउद्दीन बहारको घरमा आगजनी भएको छ । आवामी लिगको अन्य कयौँ सांसद र र उच्च पदस्थ अधिकारीको घर, पार्टी कार्यालयमा पनि तोडफोड र आगजनी भएको छ ।

शेरपुर जेलबाट ५ सय कैदी फरार

जिल्ला कारागारभित्र पसेर प्रदर्शनकारीहरूले त्यहाँका ५ सय कैदीलाई भगाएका छन् । चटगाउँसहित ६ प्रहरी चौकीमा आक्रमण गरेर आगजनी गरिएको छ । चटगाउँ, पटेंगा, ईपीजेड, कोतवाली, अकबर शाह र पहाडाली प्रहरी चौकीमा भीडले आक्रमण गरेको थियो । आक्रमणमा कयौँ प्रहरी घाइते भएका छन् ।

यो पनि पढ्नुहोस्

आप्रवासीलाई निष्कासन गर्न अफ्रिकी मुलुक रुवान्डामा विशेष केन्द्र खोल्ने

४६ मिनेट अगाडि
सञ्चार नेटवर्कमा आएको समस्याले अमेरिकामा रोकियो उडान

सञ्चार नेटवर्कमा आएको समस्याले अमेरिकामा रोकियो उडान

२४ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

विदेशमा रहेका देउवा परिवारको सम्पत्ति शुद्धीकरणको अनुसन्धान कसरी हुन्छ ?

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

ललितपुरमा चोरी गर्ने समूहका व्यक्तिहरू पक्राउ

सञ्चार नेटवर्कमा आएको समस्याले अमेरिकामा रोकियो उडान

१२ हजार ९६७ जना सवारीचालक कारबाहीमा

एमालेकाे राष्ट्रिय भेलामा ३ हजार ५१४ जना सहभागी हुने

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक