शुक्र, असार १९, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार ब्रेकिङ न्युज

राष्ट्रपति र गृहमन्त्री पद वितरणको विषयमा दलहरूबीच हलचल

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
0
राष्ट्रपति र गृहमन्त्री पद वितरणको विषयमा दलहरूबीच हलचल
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । राष्ट्रपति र गृहमन्त्री पद वितरणको विषयलाई लिएर सत्ता साझेदार दलहरूबीच हलचल उत्पन्न भएको छ । गत पुस १० को सहमतिअनुसार राष्ट्रपति पाउनुपर्ने नेपाल कम्युनिस्ट पार्टी (एमाले)को अडान र सडर्स्वीकार्य व्यक्ति राष्ट्रपति बनाउने नेकपा (माओवादी केन्द्र) को निर्णयका कारण गठबन्धनभित्र विवाद उत्पन्न भएको हो ।

त्यस्तै, नागरिकता विवादका कारण राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले गृहमन्त्री पद गुमापछि गृहमन्त्री कसलाई बनाउने र राष्ट्रपति उम्मेदवारका विषयमा प्रधानमन्त्री र सत्ता सहयात्राका मुख्य पात्र एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच छलफल भएको थियो । प्रचण्डले गृह मन्त्रालय आफैंले राख्ने र राष्ट्रपति साझा व्यक्ति बनाउने संकेत गरेपछि एमाले अध्यक्ष ओली झस्किएका छन् ।

ओलीले लामिछानेलाई नै फेरि उपप्रधानसहित गृहमन्त्री बनाउन प्रधानमन्त्री दाहाललाई दबाब दिईरहेका छन् । एमालेका नेता विशाल भट्टराईले भने–‘सत्तारुढ दलबीच भएको सहमतिअनुसार गृहमन्त्री रास्वपाले नै पाएकाले रवि जीलाई गृहमन्त्री बनाउने कुरामा एमाले सकारात्मक छ । उहाँलाई गृह मन्त्रालय नदिनुपर्ने कुनै कारण छैन, नागरिकताको त्रुटि सच्चिसकेकाले जिम्मेवारी दिनुपर्ने हुन्छ । गैर सांसदका सन्दर्भमा यही रास्वपाले रवि बाहेकका सांसदलाई निर्णय गरेर पठाउँदा पनि एमालेले स्वीकार गर्छ ।’

तर, गृह मन्त्रालयका विषयमा माओवादी केन्द्रका नेताहरूले पदाधिकारी बैठकमा गृहमन्त्री आफ्नै पार्टीले लिनुपर्ने धारणा जोडतोडका साथ उठाएको बताइएको छ । बैठकमा उपमहासचिव शक्तिबहादुर बस्नेत, सचिव हितमान शाक्य र चक्रपाणि खनालले गृहमन्त्री माओवादी केन्द्रले लिनुपर्ने धारणा राखे पनि कसलाई बनाउने भन्ने निर्णय प्रधानमन्त्रीले गर्ने उपाध्यक्ष कृष्णबहादुर महराले बताए ।

प्रधानमन्त्री सफल हुन गृह, अर्थ र परराष्ट्रमध्ये एक मन्त्रालय आफूले राख्नुपर्ने दबाब पार्टीभित्र बढेको कुरालाई स्वीकार गर्दै महराले भने– ‘अहिले रवि जीले गृह मन्त्रीबाट राजीनामा दिएपछि उक्त मन्त्रालय पार्टीले लिनुपर्छ भन्ने छलफल चलेकै छ । तर, सत्ता साझेदार दलहरूसमेतको सहमति आवश्यक छ ।’ रवि लामिछानेको मुद्दा किनारा लागि नसकेको अवस्थामा पुनः गृह मन्त्रालयमा फर्काउने गल्ती गर्न नहुने धारणा माओवादी नेताहरूले राखेका छन् ।

माओवादीले राष्ट्रपतिसमेत राष्ट्रिय सहमतिका आधारमा निर्वाचित गराउने निर्णय नै गरिसकेको नेताहरूले बताएका छन् । नेपाल समाचारपत्र दैनिकबाट

यो पनि पढ्नुहोस्

पूर्व सांसद कोइरी पक्राउ

पूर्व सांसद कोइरी पक्राउ

४१ मिनेट अगाडि
विनियोजित शीर्षकमाथिको छलफल सम्पन्न

विनियोजित शीर्षकमाथिको छलफल सम्पन्न

४५ मिनेट अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

पत्रकार नवराज बजगाईको जन्मदिन असहायहरु रहेको ‘सेवा घर’ मा

९१ हजार ३६३ विदेशी पर्यटक भित्रिए

मौलिक नामकरण सम्बन्धी अन्तरक्रिया कार्यक्रम

जनपक्षीय पत्रकारिताका गुरु शक्ति दाइ

पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक  

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक