काठमाडाैं । चर्चित कथावाचक अनिरूद्धाचार्य ‘महाराज’ले आज शनिबारदेखि पशुपतिमा जारी कोटिहोममा कथावाचन गर्ने भएका छन् ।
मानव सेवा फाउण्डेसनले आयोजना गरेको मासिक कोटिहोम महायज्ञमा भारतका लोकप्रिय कथावाचक अनिरूद्धाचार्यले श्रीमद्भागवत कथा प्रवचन गर्ने भएका हुन् ।
कथावाचक अनिरूद्धाचार्यले भोलि पशुपतिनाथ मन्दिरको दर्शन गरी कोटिहोम महायज्ञमा आर्शिवचनसहित कथावाचन गर्ने कार्यक्रम रहेको महायज्ञका सङ्कल्पकर्ता बालयोगेश्वर विजयकृष्णमूर्ति जानकारी गराए । भारतको मध्यप्रदेशमा जन्मिएका अनिरूद्धाचार्यले सानै उमेरदेखि वृन्दावनमा वेद, पुराणसहित धार्मिक ग्रन्थको अध्ययन गरी समग्र भारतवर्षभर प्रवचनमा ख्याति कमाएको आयोजकले जनाएको छ ।
धार्मिक प्रवचनका क्षेत्रमा शीर्षस्थानमा रहेका अनिरूद्धाचार्यको प्रवचन श्रवण गर्न हजारौँ भक्तजनको उपस्थिति हुने गरेको छ । आयोजकका अनुसार हिन्दु धर्मको रक्षा एवं वृद्ध तथा गरिबको सेवामा सपर्पित अनिरूद्धाचार्यको सनातन हिन्दु धर्म र गौमाताको रक्षासहित सामाजिक कार्यतर्फ विशेष रूचि छ ।
स्वदेश तथा विदेशमा नाम चलेका कथावाचक एवं वाचिकाद्वारा कथावाचन हुँदै आएको पशुपति कोटिहोममा कथा श्रवणका लागि अहिले भक्तजनको भीड लागिरहेको छ भने बिचौलियाहरुको लूट्ने थलो बन्यो कोटीहोम भनेर पनि बिबाद बढिरहेको अवस्था छ !


