शुक्र, अशोज २३, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home विचार

हानियाको एकाएक तर नियोजित हत्या पछि अब के होला ?

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
0
स्वाधीनता संग्रामको मर्म र भावनाको सन्दर्भ र नेपाल–भारत सम्वन्ध
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

—लोकनारायण सुबेदी

पेलेस्टिनको प्रतिरोधी संगठन, धार्मिक आन्दोलन तथा शासक दलका नेताकारुपमा इस्माईल हानिया हमासमा एक सर्ब स्वीकार्य नेता मानिन्थे । अब उनको इजरायलद्वारा गरिएको नियोजित हत्या पछि प्यालेस्टिनी र मध्यपूर्बको स्थिति के होला एउटा अनिश्चयको घडी पैदा भएको छ । कतिपयले पेलेस्टिनीहरुको यस्तो स्वीकार्य राजनीतिक एकतको सम्भावना समाप्त भएको सन्देह गरेका छन् । हानियाले गाजामा मात्र होइन,तुर्की, इरान र कतारमा पनि प्यालेस्टिनीहरुको राजनीतिक प्रतिनिधि गर्दै आएको देखिन्थ्यो । तर यतिबेला हमासमा एउटा ठूलो रिक्तता छाएको छ भने उनीसरहको सर्बमान्य उच्चाईको अर्को प्रभावशाली नेता अहिले देखापर्न सक्ने नदेखिएको बिश्लेषकहरुको प्रारम्भिक निचोड छ । उसै पनि गाजा पेलिस्टिनीहरुको राजनीतिक र भौगोलिक दुइ भागमा बिभाजित छ । गाजा र पश्चिमी किनारा । त्यहाँ अनेक पेलेस्टिन समूहहरु प्नि बिभाजित अबस्थामा रहेका छन् ।

आपसका मतभेदहरुलाई मिलाएर या थाँती राखेर भए पनि एक भएर साम्राज्यबादका बिरुद्ध लड्न र आफ्नो भबिष्य सुरक्षित तुल्याउन हालै चीनको राजधानी बेइजिङ्गमा हमास, फतह र पेलेस्टिनी इस्लामिक जेहाद समेत एकताबद्ध भएर लड्न तयार भएका १४ प्यालेस्टिनी समूहहरुको एकता अब के हुने हो भन्ने गम्भीरतम प्रश्न हानियाको हत्यापछि खडा भएको छ । इस्माईल हानियाको लोकप्रियता र बिश्वसनीताका कारणले पेलेस्टिनीका पय सबै समूह र गुटहरु हिजो एकजुट हुन सकेका थिए । तर अब यो एकता टिकाउन कसरी सम्भव हुन्छ भन्ने कुरा पनि देखा परेको छ । किनिक बिभाजित पेलेस्टिनी समूहहरुका बीच ब्यापक राजनीति तथा बैचारिक बिरोधाभास पनि रहेकै छ र त्यो कुनै पनि बेला हि«ंसक झडपकोरुपमा समेत देखापर्नसक्ने खतरा पनि छ । भनिन्छ पीएलओले धेरैजसो पेलेस्टिनीहरुको प्रतिनिधित्व गर्दछ । त्यसले पेलेस्टिन र इजरायल दुइ राज्यको मान्यतालाई पनि स्वीवकार गर्दछ । अर्कोतिर हमास इजरायलको अस्तित्वलाई पूरै अस्वीकार गर्दै आएको छ । हमास र पेलेस्टिनी इस्लामिक जेहादले १९८० को दशकमा संगठन निर्माण गरेपछि इजरायलको अस्तित्वको अधिकारलाई हि«ंसक चूनौति दिदै आएका हुन् । यद्यपि हमास र इस्लामिक जेहाद बेचारिकरुपले भिन्न छन् ।

अहिलेसम्म पनि इस्लामिक जेहादलाई चरमपन्थी संगठन मानिन्छ । हमासलाई भने राजनीतिक बैकल्पिकि शक्तिकारुपमा मान्न थालिएको छ । हमासका नेताहरुले खुमेनीको अखिल इस्लामबादको साटो इस्लामी ढाँचामा पेलेस्टिनी राष्ट्रबादलाई बढावा दिएको देखिन्छ । हमासले इजरायली सैन्य तथा नागरिक दुबै ठेगानामा हमला गरेको छ ।२००५ मा इजरायली सेना फिर्ता गएपछि हमासलाई गाजामा कामकाज चलाउने बढी स्वतन्त्रता पनि प्राप्त भएको छ । इरान र हिजबुल्लाको मद्दतले हमास लडाकु सेनाकारुपमा आफुलाई बिकसित र गठन पनि गरेको छ । त्यसले हजारौं रकेटकले इजरायली शहरहरुमाथि हमला गर्ने तथा गाजाको सीमामा घुसपेठ गर्ने क्षमता पनि बनाएको छ । हमासलाई बिभिन्न उग्रबादी इस्लामी समूहरुमध्ये सबैभन्दा ठूलो एउटा समूह पनि मानिन्छ । भनिन्छ हमास इस्लामिक प्रतिरोध आन्दोलनका लागि अरबी संक्षिप्त नाम हो, त्यसको आरम्भ १९८८ मा पश्चिमी किनारा र गजापट्टीमा गरिएको इजरायली अतिक्रमण र कब्जाका बिरुद्ध पहिलो पेलेस्टिनी इन्तिफादा अर्थात बिद्रोहको शुरुवात गरेपछि भएको थियो । त्यसको घोषणापत्रका अनुसार यो इजरायली कब्जाका बिरुद्ध इजरायलको बिनाशका लागि प्रतिबद्ध रहेको छ । अर्कोतिर पेलेस्टिनी पश्चिम किनाराको सत्तामा रहेको पेलेस्टिनी बिकास प्राधिकरणले भने इजरायलको अस्त्विलाई मान्यता दिन्छ । पेलेस्टिनी राजनीतिक नेतृत्व पश्चिमी किनारामा महमूद अब्बाको फतह पार्टी र गाज पट्टीमा नियन्त्रण राखिरहेको त्यसको इस्लामी उग्रबादी भनिने गरेको हमाससँग गहिरो मतभेद र बिभाजन रहेकै छ । यसको प्रष्ट अर्थ यही हुन्छ कि दुइ–राष्ट्र समाधानको बिषयमा पेलेस्टिनका दुइ प्रमुख राजनैतिक शक्तिहरुका बीच बिमति र बिभाजन छ ।

इजरायलमा पनि पेलेस्टिनीकारुपमा अलग्गै राष्ट्रको मान्यताको बिषयलाई लिएर समर्थन त छ तर त्यहाँका दक्षिणपन्थी पार्टीहरु अहिले त्यस समर्थनलाई कमजोर तुल्याउन लागि परेका छन् । १९९३ मा सम्पन्न ओस्लो सम्झौतादेखि इजरायल र पेलेस्टिनीका बीच सह–अस्तित्व तथा शान्तिको अपेक्षा जाग्न थालेको थियो ।तर त्यसको दुइ बर्षपछि इजरायलका प्रधानमन्त्री इत्ज्याक रबीनको तेल अभिभमा एएटा शान्ति मार्चका बेला हत्या भएको थियो । त्यो एकजना चरमपन्थी इजरायली यहूदीले गरेको थियो ।उनी पेलेस्टिनीसँग शान्ति सम्झौताको बिरुद्ध थिए । इजरायलको स्थापनामा पेलेस्टिनीको भन्दा बढी भाग जमिन इजरायललाई दिइएको थियो । जबकि जनसंख्या बढी हुँदाहुँदै पनि पेलेस्टिनीहरुलाई कम जमिन दिइएको थियो । यस्तो षडयन्त्रकारी र असन जमिन र राष्ट्र बिभाजनका कारण उत्पन्न उत्पन्न हि«ंसक संघर्षमा जीत हासिल गरेर त्यसपछि इजरायलले झन बढी जमिन प्राप्त गरेर पेलेस्टिनी क्षेत्र अतिक्रमण र बिस्तार गरेको थियो । त्यसले गर्दा पनि त्यसपछि इजरायलको स्थिति मध्यपूर्बमा झन बलियो बन्नपुग्यो । अनि मिश्र, सीरिया र जोर्डनको जमिन पनि उसले कब्जा जमायो । युद्धमा जितेको जमिन इजरायलको कुनै पनि सरकारले फिर्ता गर्ने हिम्मत गर्न सक्तेन । यो उसका लागि रणनैतिक तथा आर्थिकरुपले पनि अत्यन्तै लाभकारी र प्रभावकारी स्थिति बनेको छ ।

आजभन्दा अगाडि अर्थात २००६ मा इस्लामबादी समूह हमासले गाजा क्षेत्रमा निर्वाचनमा बिजय हासिल गर्यो । त्यसको एक बर्षपछि गाजामाथि पूरै नियन्त्रण गर्नपुग्यो । अनि पेलेस्निी प्राधिकरणलाई त्यस क्षेत्रबाट पूरै लखेटिदियो । त्यसले गर्दा पनि पेलेस्टिनी समस्या अझ उल्झियो र गहिरो बन्न पुग्यो । अनि त्यहाँको लोकतान्त्रिक मानिने शक्तिहरु पनि कमजोर हुन पुगे । अन्तर्राष्ट्रिय स्तरमा अहिले पनि धेरैजशोले हमासलाई ब्यापकरुपमा एउटा आतंकबादी समूह नै भन्ने गर्दछने । उनीहरुको आरोप के छ भने हमास समस्याको समाधान सम्बादभन्दा बढी संघर्ष(इन्तिफादा)लाई दिने गर्दछ । एकथरीको भनाइछ कि इन्तिफादा अर्थात पेलेस्टिनागरिकहरुको हि«ंसक प्रतिरोधले गर्दा पनि त्यस क्षेत्रमा अत्यन्तै तनाब बढेको छ । त्यहाँ ब्यापक बिरोध, प्रदर्शन, आत्मघाती बम बिस्फोटन अनि इजरायली सुरक्षा शक्ति तथा प्यालेस्टिनी अतिबादीहरुका बीच सशस्त्र टक्करकारुपमा यो देखा पर्दछ । संयुक्त राष्ट्र संघले पनि पश्चिमी किनारा र गाजालाई इजरायलद्वारा अतिक्रमित एक क्षेत्र मान्दछ । ती दुबै क्षेत्रको सञ्चालन प्रतिद्वन्द्वी पेलेस्टिनी प्रशासनद्वारा गर्ने गरिएको छ । पश्चिम किनारा जसमा पूर्बी जेरुसलेम पनि समावेश छ, र गाजालाई बिभिन्न देशहरु र संस्थाहरुद्वारा पेलेस्टिनकोरुपमा मान्यता दिइसकेका छन् । जबकि त्यसलाई इजरायलले भने स्वीकार गरेको छैन ।

अनि कतिपय देशहरुले इजरायलको अस्तित्वलाई नै स्वीकार गर्दैनन् र मान्यता दिदैनन् । उनीहरु पश्चिमी किनारा, जेरुशलेम, गाजा र इजरायललाई पेलेस्टिन नै भन्ने गर्दछन् । आज बिश्वमा पश्चिमी किनारा र पूर्बी जेरुशलेमको भबिष्य तथा इजरायल र पेलेस्टिीनको संघर्षको अत्यन्तै कठिन र जटील मुद्दामध्येको एक मुद्दा बनाइएको छ । १९६७ देखियता इजरायलले पश्चिमी किनारा तथा पूर्बी जेरुशलेममा झण्डै सात लाख यहूदीहरुका लािग १४० भन्दा बढी बस्तीहरु बसालिसकेको छ ।पश्चिमी किनारा र पूर्बी जेरुशलेममा पेलेस्टिनीहरु १९६७ देखि ने इजरायलको जबर्जस्ती कब्जामा छन् । कुनै पनि भावी शान्ति सम्झौता अन्तरगत ती सबै अनधिकृत बस्तीहरु हटाइनु पर्दछ भन्ने ठूलो बिश्व जनमत छ । तर इजरायल पक्ष के जिद्दी गर्दै आएको छ भने उसलाई पश्चिमी किनारा र गाजामा पूर्ण सुरक्षा नियन्त्रण कायम राखिनु पर्दछ । बास्तबमा आफ्नो देशको स्वाधीनता, स्वतत्रता अतिक्रमकका बिरुद्ध गुमेको देश फिर्ताका लागि बिगत ७६ बर्षदेखि पेलेस्टिनी जनता अनबरत ललिडरहेका छ्न् र बिश्व जनमत पनि उनीहरुकै पक्षमा रहेको छ । त पश्चिमा साम्राज्यबादी शक्तिहरुको आडधाप र उक्साहटमा पेलेस्टिनीहरुलाई जसरी पनि सखाप पार्ने ध्याउन्नमा इजरायल लागेको छ र नश्लबादी क्रूर र घोर अमानबीय नरसंहार मच्चाइरहेको छ । यसको अन्त्य हुनै पर्दछ । त्यहाँ स्वाधीन प्यालेस्टिनको अधिकार स्थापना हुनै पर्दछ र पेलेस्टिनीहरु आ–आफ्ना अहं र अहंकारलाई छोडेर आफ्नो देशको अखण्डता, स्वाधीता, सवतन्त्रता, शान्ति र समुन्नतिको निम्ति एकजुट हुनै पर्दछ । यसको कुनै बिकल्प नै छैन । उनीहरुको बिजय र सम्मान पनि त्यसरी नै मात्र हुन्छ । किनभने बिश्वभरीका साम्राज्यबादी दख्खल, हस्तक्षेप र सबै प्रकारका थिचोमिचो, दमन र दबाबका बिश्वका आम जनता एकछुट छन् र अझ सशक्त र प्रभावकारीरुपमा एकजुट हुुनै पर्दछ ।

यो पनि पढ्नुहोस्

पाकिस्तानलाई करिब एक अर्ब २० करोड अमेरिकी डलर सहयोग

पाकिस्तानलाई करिब एक अर्ब २० करोड अमेरिकी डलर सहयोग

३ मिनेट अगाडि
कांग्रेसमा नयाँ नेतृत्व चयन गर्न मतदान शुरू

कांग्रेसमा नयाँ नेतृत्व चयन गर्न मतदान शुरू

९ मिनेट अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

तेस्रो संस्करणको एनपीएलको तयारीमा जुट्याे

भू–माफिया ठण्डिराज र केदारनाथ उपाध्यायले यसरी कुम्ल्याए २८ करोडको सरकारी जग्गा

डिजिटल माध्यमबाट विद्युत महसुल तिर्न अपिल

कांग्रेसमा नयाँ नेतृत्व चयन गर्न मतदान शुरू

बदलिँदो विश्वको आजको अवस्था र भोलि विकसित हुने व्यवस्था

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक