काठमाडौं । चितवनकाे भरतपुर महानगरपालिका-१ पोखरा बसपार्क नजिकै बा.प्र.०१-०२८ च ३२८९ नम्बरको कारले ग.२० प ८३१८ नम्बरको मोटरसाइकललाई मंगलबार दिउँसो ठक्कर दिँदा मोटरसाइकलमा सवार तनहुँ भानु नगरपालिका-१२ बस्ने २७ वर्षीय नेपाली सार्कीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको नयाँ मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । कार चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
रूपन्देहीकाे कञ्चन गाउँपालिका-२ हातिबजारस्थित सडकमा बेलभरियाबाट हातिबजारतर्फ जाँदै गरेको लु.७८ प ९७५९ नम्बरको मोटरसाइकलको ठक्करबाट सोही ठाउँ बस्ने अर्जुन घर्तिमगरकी छोरी ४ वर्षीया अंशु घर्तिमगरको मंगलबार बेलुकी मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएकी उनको बुटवल प्रालि अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
काठमाडौं महानगरपालिका-६ बौद्धगेटस्थित सडकमा बा.९० प ५२०७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई मंगलबार राति दुर्घटना हुँदा चालक गोकर्णेश्वर नगरपालिका-५ जोरपाटी बस्ने चितवन राप्ती नगरपालिका-९ बिरेन्द्रनगर घर भएका ५२ वर्षीय टीका बहादुर पुन मगरको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको स्तुपा सामुदायिक अस्पताल चुच्चेपाटीमा उपचारको क्रममा मृत्यु भएको हो । बर्दिया, बाँसगढी नगरपालिका-८ संदिप आयल स्टोर अगाडि सडकमा बा.१८ च ७६२२ नम्बरको पिकअप गाडीको ठक्करबाट दैलेख राकम नगरपालिका-५ बस्ने खगिसरा विकको छोरा १३ वर्षीय रमेश विकको मंगलबार राति मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको हो । पिकअप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


