मङ्ल, मंसिर २, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

बेचन झा: दुई देशको नागरिक, तीन देशको ‘अपराधी’!

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
Reading Time: 1 min read
0
बेचन झा: दुई देशको नागरिक, तीन देशको ‘अपराधी’!
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । १५ असारमा पक्राउ परेका नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपी बेचन झासँग भारतको पनि नागरिकता रहेको अनुसन्धानको क्रममा खुलेको छ ।

जिल्ला प्रहरी परिसर, काठमाडौंले गरेको अनुसन्धानका क्रममा झासँग भारतको बिहार राज्यस्थित मधुवनीबाट समेत आधार कार्ड बनाएको फेला परेको हो ।

उनको नेपालमा भने जिल्ला प्रशासन कार्यालय, पर्साबाट लिएको नागरिकता थियो ।

झाको नागरिकतामा १४ चैत २०६३ मा घुम्ती टोलीमार्फत नेपाली नागरिकता लिएको देखिन्छ । नागरिकतामा उनको जन्मस्थान पर्साको वीरगञ्ज र बुबाको नाम दुखमोचन झा उल्लेख छ ।

उनी भारतका मतदाता हुन् । २०२४ को लोकसभा चुनावमा बिहार राज्यको मधुवनी जिल्लास्थित बाबुबह्री–३४ निर्वाचन क्षेत्रमा मतदाता देखिन्छ । भारतको निर्वाचन आयोगको पोर्टलमा सो विवरण छ । दोहोरो नागरिकता लिनु भारतीय कानुनअनुसार पनि दण्डनीय  छ ।

अनुसन्धानमा संलग्न एक अधिकृत भन्छन्, ‘‘उनको जन्म भारतमै भएको थियो । लामो समयदेखि नेपालमा रहेर व्यवसाय गर्दै आए । नेपालमा जालजेलपूर्ण रुपमा जन्मको आधारमा नागरिकता बनाएका हुनसक्छ ।’’

बेचनका छोरा विभांशुशेखर झाले आफ्ना बुवालाई गैर कानुनी रुपमा पक्राउ गरी हिरासतमा राखेको भन्दै सर्वोच्चमा उजुरी दिएका थिए । तर सो रिट खारेज भएको छ । उनका छोरा समेत भारतीय मतदाता रहेको खुलेको छ । उनीहरूका परिवारका सबैजसोले नागरिकता दुवैतिरको चलाइरहेको देखिएको अनुसन्धान अधिकृतहरू बताउँछन् ।

प्रहरीले गृह मन्त्रालयमार्फत् भारतीय पक्षसँग आधारित विवरण मागेको छ । अनुसन्धानका संलग्न अधिकृतहरुका अनुसार, बेचनका बुबा भारतीय नागरिक थिए । नेपाली नागरिकसँग विवाह गरेका थिए । त्यसपछि नेपाल आएका थिए । त्यसबेला उनले श्रीमतीको नामबाटै नेपालमा व्यवसाय सुरु गरेका थिए ।

बेचन झाले भूषण राणा र आरजु राणा देउवालाई गृह मन्त्रालयमार्फत नक्कली शरणार्थीको नाम अघि बढाउन सहजीकरण गरिदिन भनेका अनुसन्धान अधिकृतहरू बताउँछन् ।

त्यसक्रममा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवामार्फत गृहमन्त्री बालकृष्ण खाँणलाई शरणार्थी समस्याबारे झाको मागहरूबारे हेरिदिन सन्देश दिइएको बताइएको छ ।

पछि मन्त्रालयमा रहेको प्रतिवेदन नै गायब पारेर नक्कली नाम राखिएको अनुसन्धानबाट खुलेको थियो ।

यो पनि पढ्नुहोस्

सङ्घीयतालाई थप बलियो बनाउन राष्ट्रियस्तरमा सहमति

सङ्घीयतालाई थप बलियो बनाउन राष्ट्रियस्तरमा सहमति

१४ घण्टा अगाडि
आजैदेखि कार्यान्वयन भयाे स्वयंसेवकका रुपमा खटाउने निर्णय

१२ हजार ९६७ जना सवारीचालक कारबाहीमा

१४ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

विदेशमा रहेका देउवा परिवारको सम्पत्ति शुद्धीकरणको अनुसन्धान कसरी हुन्छ ?

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

ललितपुरमा चोरी गर्ने समूहका व्यक्तिहरू पक्राउ

सञ्चार नेटवर्कमा आएको समस्याले अमेरिकामा रोकियो उडान

१२ हजार ९६७ जना सवारीचालक कारबाहीमा

एमालेकाे राष्ट्रिय भेलामा ३ हजार ५१४ जना सहभागी हुने

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक