आइत, जेष्ठ २४, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

कूलमान बिरुद्धको मुद्धा अब फैसला होला ?

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
Reading Time: 1 min read
0
कूलमान बिरुद्धको मुद्धा अब फैसला होला ?
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । वि.सं. २०७८ साउन २५ गते सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशकको जिम्मेवारी कुलमान घिसिङलाई दिने निर्णय गरेकाे थियाे ।

घिसिङलाई ४ वर्षका लागि प्राधिकरणको प्रमुखमा सरकारले नियुक्त गरेसँगै प्राधिकरणमा प्रबन्ध निर्देशकका रुपमा काम गरिरहेका हितेन्द्र देव शाक्यलाई जल तथा ऊर्जा आयोग सरुवा गर्ने निर्णय गर्‍यो ।

शाक्यलाई सचिव सरहको सुविधा दिने गरी ऊर्जा आयोगमा विज्ञको पद सिर्जना गरेर सरुवा गर्ने निर्णय भयो । २०७७ माघमा ४ वर्षका लागि नियुक्त भएका शाक्य सरकारले जबरजस्ती हटाएको भन्दै सर्वोच्च अदालत पुगे ।

प्राधिकरणको प्रबन्ध निर्देशकमा थमौती गर्ने गरी अन्तरिम आदेश माग गर्दै शाक्यले सर्वोच्चमा रिट दायर गरे । मन्त्रिपरिषद्ले अवैधानिक रुपमा कुलमान घिसिङलाई प्रबन्ध निर्देशक बनाएको भन्दै उनी सर्वोच्च पुगेका हुन् ।रिटमा मन्त्रिपरिषद्को निर्णयका आधारमा भएका सम्पूर्ण पत्राचार कार्यान्वयन नगर्न र आफूलाई विद्युत प्राधिकरणको प्रबन्ध निर्देशकका रुपमा काम गर्न दिन शाक्यले अन्तरिम आदेश मागेका थिए ।

उनको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन मानेन । उनको मुद्दा तीन वर्ष हेर्न नभ्याइनेमा पर्दै आएको छ । पहिलो पेसी २०७८ भदौ २ गतेका लागि तोकिएको थियो । २८ पटक पेसी चढ्दा समेत मुद्दा किनारा लाग्न सकेको छैन ।

सर्वोच्चले मुद्दा नटुग्याइदिएका कारण शाक्य तीन वर्षदेखि अदालतको चक्कर काटिरहेका छन् । यो मुद्दालाई लम्‍ब्याएर न्याय पाउने नागरिकको अधिकारबाट वञ्चित गरिएको उनको भनाइ छ । ‘तीन वर्ष भइसक्यो । समान प्रकृतिका अरु १० मुद्दामा अन्तरिम आदेश दिइसकेको छ । मेरो केसमा निर्णय भएन,’ हितेन्द्र देव शाक्यले भने, ‘६ महिनामात्रै कार्यकाल बाँकी छ । न्याय पाइँदैन कि भन्ने देखाउँछ । न्याय नै नपाइ घर जान पर्छ कि भन्ने चिन्ता लागेको छ ।’ उनले अदालतलाई छिट्टै यो मुद्दा किनारा लगाइदिन समेत माग गरेका छन् । ‘प्रधानन्याधीशज्यू, फैसला छिट्टै गरिदिने भनेर कहलाउनु भएको छ । उहाँ आफै २ महिनामा रिटार्यड हुँदै हुनुहुन्छ । उहाँको पालामा पनि फैसला भएन भने कहाँ  जाने ?’

शाक्यले जस्तो सुकै फैसला भए पनि मुद्दा किनारा लगाइदिन माग गरेका छन् । उनले ऊर्जा आयोग पठाउने सर्वोच्चले फैसला गरिदिए पनि हुने उनको भनाइ छ । ‘मलाई अदालते निर्णय निर्णय मञ्जुर छ । तर चाँडो फैसला गर्नुपर्‍यो,’ उनले भने,’ प्राधिकरण पठाउने निर्णय गरे मैले केहि काम गर्नुछ, त्यसलाई अघि बढाउछु ।’

उनको पेसी साउन ३० गते बुधबारका लागि तोकिएको छ । सर्वोच्च अदालतले १५ दिनमा लिखित जवाफ मगाउन र ३ दिनभित्र पेसी तोक्न आदेश दिएको थियो । तत्कालीन प्रधानन्यायाधीश चौलेन्द्र शमशेरको एकल इजलासले यस्तो आदेश गरेको थियो । तर ३ वर्षदेखि यो रिटमा एकपछि अर्को पेसी चढ्ने सुनुवाइ नहुने प्रक्रिया चलिरहेको छ ।

कुलमान घिसिङको कार्यकाल करिब १ वर्ष बाँकी छ । २०८२ साउनमा दोस्रो ४ वर्षे कार्यकाल पूरा गरेर रिटार्यड हुँदैछन् । यो बीचमा उनलाई हटाउने चर्चासमेत चलेको छ । शाक्यको मुद्दा नटुग्याई प्राधिकरणमा अरु कसैलाई प्रबन्ध निर्देशक बन्न समेत जोखिम हुने देखिन्छ । अदालतले शाक्यलाई प्रबन्ध निर्देशकमा फिर्ता गराउने गरी निर्णय गरेको खण्डमा नयाँ नियुक्ति लिएकाको पद स्वत जान्छ ।

यो पनि पढ्नुहोस्

मन्त्रालय र बिभागलाई जेष्ठ २८ मा अदालत उपस्थीत हुन आदेश

१ दिन अगाडि

अदालत आंशिक रूपमा खुला

१ हप्ता अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन

‘म’ बाट ‘हामी’मा रुपान्तरण हुने बेला आयाे

बजेटमा सकारात्मक पक्षको चर्चा

Urban Dabali Highlights the Medieval Urbanism and Architectural Heritage of Mithila/Tirhut

आफन्त नेपालको ४१८३ जनालाई परामर्श तथा १०५ जनाको उद्धार

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक