काठमाडौं । धनकुटा, धनकुटा नगरपालिका-३ निगालेस्थित सडकमा प्रदेश १-०४-००१ च १३३६ नम्बरको पिकअप र प्रदेश १-०२-०५३ प ३१६८ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई आइतबार साँझ दुर्घटना हुँदा मोटरसाइकलमा सवार मोरङ सुन्दरहरैचा नगरपालिका-२ बस्ने ३२ वर्षीय सुमन सुवेदीको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । पिकअप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
कञ्चनपुर, कृष्णपुर नगरपालिका-५ चीनी मिलस्थित सडकमा सु.प.प्र.०१-००९ प ३७७७ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही नगरपालिका-६ सिंहपुर बस्ने ५६ वर्षीय हेमराज चौधरीको आइतबार साँझ मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको सेती प्रादेशिक अस्पताल धनगढी कैलालीमा थप उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार २ जनाको निमेश अस्पताल गुलरीया कञ्चनपुरमा उपचार भइरहेको छ ।
मोरङ, उर्लाबारी नगरपालिका-९ खोपिडाँडास्थित सडकमा बोर्डर लाईनबाट आमबाडीतर्फ आउँदै गरेको मे.९ प ५५७५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई आइतबार साँझ दुर्घटना हुँदा मोटरसाइकलमा सवार झापा दमक नगरपालिका-१० बस्ने २२ वर्षीय धनराज रिजालको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको अरनिको अस्पताल उर्लाबारीमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकलाई थप उपचारको लागि बिएण्डसी अस्पताल बिर्तामोड रिफर गरिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


