काठमाडौं । ओखलढुंगा, मानेभञ्ज्याङ गाउँपालिका-६ जयरामघाटस्थित सडक छेउमा पार्किङ गरी राखेको स.१ त ४००१ नम्बरको ट्याक्टरमा गएराति आगलागी हुँदा ट्याक्टरमा आंशिक क्षति भएको छ ।
दाङ, लमही नगरपालिका-९ च्याउखोलास्थित सडकमा सु.प.प्र.०१-००१ ख ३३२७ नम्बरको ट्रकको वायरिङ तार सर्ट भई आइतबार बिहान आगलागी हुँदा ट्रकको ईन्जिनको भाग, ६ वटा टायर र बम्परको भाग जलेर क्षति भएको छ ।
प्रहरीले स्थानीय बासिन्दा र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुको साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।


