मङ्ल, मंसिर २, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

निम्न पुँजीवादी अधैर्यमा आधारित अत्यन्तै अस्वाभाविक

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
0
मोहन बैद्य नेतृत्वको पार्टी फुट्यो विज्ञप्तिसहित
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडाैं ।  हालै २०८१ असार ११ देखि २६ गतेसम्म सम्पन्न राष्ट्रिय एकता महाधिवेशन आयोजक समितिको दोस्रो पूर्ण बैठकमा महाधिवेशनका लागि विभिन्न दस्तावेजहरु प्रस्तुत भई महाधिवेशनको तिथि मिति समेत निर्धारित गरिसकिएको अवस्थामा पार्टी एकतामा आबद्ध पूर्व ३ पार्टीहरू बीच वैज्ञानिक समाजवादमा जाने विषयमा समान धारणा रहेको र एकता भएपछि नयाँ जनवादी हुँदै समाजवादी क्रान्तिमा जाने वा तत्काल समाजवादी क्रान्तिमा जाने भन्ने विषयमा पार्टीभित्र बहस चलिरहेको बेला पार्टीले समाजवादी क्रान्तिको नीति अवलम्बन नगरेको भनी पार्टीका सहसंयोजक कमरेड कन्चनद्वारा सार्वजनिक गरिएको एउटा प्रेस वक्तव्यमा पार्टी एकता असफल भएको घोषणा गरिनु र उहाँ लगायत केन्द्रीय कार्यालय सहितका कतिपय कमरेडहरू पार्टीबाट बहिर्गमित हुनु निम्न पुँजीवादी अधैर्यमा आधारित अत्यन्तै अस्वाभाविक तथा अनअपेक्षित परिघटना हो। यसप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ ।

यस सन्दर्भमा २०८१ श्रावण ९ तथा १० गते सम्पन्न केन्द्रीय कार्यालयको बैठकमा उक्त परिघटनाबारे आवश्यक निर्णय लिइएको छ । तदनुसार पार्टी एकताको महत्व तथा गरिमामाथि गम्भीर आघात पु¥याउन खोजेको, पार्टी अनुशासन तथा सांगठनिक पद्धतिका विरुद्ध गुटवादी तथा फुटवादी गतिविधि सञ्चालन गरेको, एकता महाधिवेशनमा चल्ने विचारधारात्मक तथा राजनीतिक बहस तथा विमर्शको सामना गर्न नसकी पलायनको बाटो रोजेको र दक्षिणपन्थी संशोधनवाद परस्त चिन्तन तथा प्रवृत्ति अवलम्बन गरेकोले कमरेड कन्चन लगायत नेतृत्वका कतिपय कमरेडहरूलाई महाधिवेशन आयोजक समिति अर्थात्केन्द्रीय संगठन समिति सहित पार्टीका सबै जिम्मेवारीहरूबाट निष्कासन गरिएको छ ।

उहाँका चिन्तन तथा प्रवृत्तिबारे छिटै आयोजना गरिएको महाधिवेशन आयोजक समितिको बैठकमा विस्तृत समीक्षा गरिनेछ । उक्त परिघटनाबाट पार्टी एकतामा केही अवरोध पैदा भए पनि कमरेड कञ्चनले भनेझैं पार्टी एकता असफल भएको छैन । कतिपय कमरेडहरुले बहिर्गमनको बाटो पकडे पनि पूर्व नेकपा (बहुमत) को एउटा महत्वपूर्ण हिस्सा अर्थात् केन्द्रीय कार्यालयदेखि सचिवालय तथा एकता महाधिवेशन आयोजक समिति हुँदै प्रदेश, जिल्ला तथा पालिका तहसम्मका जिम्मेवार कमरेडहरु निरन्तर रुपमा पार्टीको साथमा रहनुभएको छ ।

हामी पार्टीको राष्ट्रिय एकता महाधिवेशनलाई सफलतापूर्वक सम्पन्न गर्ने ऐतिहासिक अभियानमा प्रतिबद्ध रहिआएका छौं । साथै, हामीले सच्चा क्रान्तिकारी कम्युनिस्ट समूह तथा व्यक्तित्वहरुलाई एकताबद्ध गर्दै जाने अभियानलाई पनि जारी नै राखेका छौं । अन्त्यमा, हामी गुटवादी तथा फुटवादी गतिविधि, चिन्तन तथा प्रवृत्तिका विरुद्ध दृढतापूर्वक संघर्ष गर्दै तथा पार्टी एकतालाई सुदृढ तुल्याउदै राष्ट्रिय एकता महाधिवेशनलाई शानदार रुपमा सफल बनाउनका लागि सम्पूर्ण पार्टी पंक्ति, शुभेच्छुक तथा परिवर्तनप्रेमी जनसमुदायसित विशेष तथा विनम्र अनुरोध गर्दछौं ।

यो पनि पढ्नुहोस्

सङ्घीयतालाई थप बलियो बनाउन राष्ट्रियस्तरमा सहमति

सङ्घीयतालाई थप बलियो बनाउन राष्ट्रियस्तरमा सहमति

१३ घण्टा अगाडि
आजैदेखि कार्यान्वयन भयाे स्वयंसेवकका रुपमा खटाउने निर्णय

१२ हजार ९६७ जना सवारीचालक कारबाहीमा

१३ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

विदेशमा रहेका देउवा परिवारको सम्पत्ति शुद्धीकरणको अनुसन्धान कसरी हुन्छ ?

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

ललितपुरमा चोरी गर्ने समूहका व्यक्तिहरू पक्राउ

सञ्चार नेटवर्कमा आएको समस्याले अमेरिकामा रोकियो उडान

१२ हजार ९६७ जना सवारीचालक कारबाहीमा

एमालेकाे राष्ट्रिय भेलामा ३ हजार ५१४ जना सहभागी हुने

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक