काठमाडौं । काठमाडौं विश्वविद्यालयले पहिलोपटक स्नातक तह (ब्याचलर) मा डेटा साइन्स (बीडीएस्सी) पढाइ गर्न लागेको छ ।
उक्त विषयको अध्यनको लागि भर्ना फारम खोलेको विश्वविद्यालयको स्कुल अफ साइन्स अन्तर्गतको गणित विभागले जनाएको छ ।
बीडीएस्सीका विद्यार्थीले यस पाठ्यक्रमको अध्ययनमार्फत सूचना प्रविधि क्षेत्रमा दक्ष जनशक्तिको अभाव परिपूर्ति गर्ने विश्वविद्यालयका गणित विभाग प्रमुख प्रा.डा. रवीन्द्र कायस्थले बताए ।


