काठमाडौं । खोटाङ, दिप्रुङ चुईचुम्मा गाउँपालिका-१ जामुनेटोल बस्ने कुमार खड्काको ग्वालीमा बिहीबार बिहान आगलागी हुँदा पराल, काठपातहरू पूर्णरूपमा जलेर करिब ६ लाख ७५ हजार रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
उदयपुर, कटारी नगरपालिका-२ गिद्धबर बस्ने हरि नारायण मिश्रको कुनल सर्जिकल एण्ड फुड प्रोडक्ट पसलमा बुधबार राति आगलागी हुँदा विभिन्न किसिमको औषधि, सर्जिकलका सामानहरू, फर्निचर लगायतका सामानहरू जलेर करिब ७ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
प्रहरीले स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिनुको साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।


