बझाङ । आज बिहानैदेखि अवरुद्घ भएको जयपृथ्वी राजमार्ग ९ घण्टापछि सुचारू भएको छ ।
बित्थडचिर गाउँपालिका-४ बल्लेखोलामा बिहान ६ बजेको समयमा पहिरो खस्दा अवरुद्घ भएको राजमार्ग दिउँसो २ बजे सुचारू भएको हो । बित्थडचिर गाउँपालिका र सडक बिभागको स्काभेटरले सडकमा खसेको पहिरो पन्छ्याएपछि सडक सुचारू भएको देउलेख प्रहरी बेसले जनाएको छ ।
सडक अवरुद्घ भएपछि बाहिरी जिल्लाबाट भित्रीने र जिल्लाबाट बाहिरी जाने सवारीसाधन रोकिएका थिए । सडक सुचारु भएपछि रोकिएका सवारीसाधन आआफ्नो गन्तव्य तर्फ लागेका प्रहरीले जनाएको छ ।
सडक सुचारु भएपनि जोखिम भने कायमै रहेको छ । पहिरो खसेको ठाउँमा माथिबाट फेरि पहिरो जाने सम्भावना बढि भएकोले जोखिम रहेको हो । प्रहरीले यात्रा गर्दा सतर्कता अपनाउन सुझाव दिएको छ ।


