बुध, कार्तिक १२, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार राजनीति

नेता मिलन पाण्डे फेरि विवेकशील पार्टीमा सक्रिय

धारणा न्यूज by धारणा न्यूज
४ वर्ष अगाडि
Reading Time: 1 min read
0
नेता मिलन पाण्डे फेरि विवेकशील पार्टीमा सक्रिय
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । विवेकशील साझा पार्टीका नेता मिलन पाण्डे फेरि सोही पार्टीमा सक्रिय भएका छन्। पार्टीमा आन्तरिक विवाद हुँदा तत्कालिन अध्यक्ष रविन्द्र मिश्रले कारवाही गरेको पाण्डे मिश्रले नै पार्टी छोडेपछि फेरि सक्रिय भएका हुन्।

 

जततउस्ररधधध।बमद।िनयख।लउ
उनले आइतबार विज्ञप्ति जारी गर्दै आफूहरु विवेकशील साझाको महाधिवेशनको तयारी जुटेको बताएका छन्। उनका अनुसार महाधिवेश माघ २७ र २८ गते हुँदैछ।

हेर्नुहोस् उनको विज्ञप्ति स्

विवेकशील साझालाई पुनर्जीवन दिन्छौँ, सडकबाट प्रतिपक्षको भूमिका निर्वाह गर्छौँ

२०६९ सालमा स्व। उज्वल थापाले सुरु गर्नुभएको विवेकशील अभियानले लगभग एक दशक पार गरेको छ। यो बिन्दुसम्म आइपुग्दा वैकल्पिक राजनीति, सुसंस्कृत राजनीति, गहिरो सुझबुझ सहितको राजनीति, नयाँ राजनीतिको आवश्यकता र स्पेस थप स्पष्ट देखिएको छ। हामीले यो राजनैतिक परिवर्तनलाई पनि यो अभियानको उपलब्धिका रूपमा लिएका छौँ।

डेढ वर्ष अघि हाम्रा एक जना सहकर्मीले संविधानलाई भत्काउने विचार ल्याएपछि मैले समेत नेतृत्व गरिरहेको पार्टीमा दुई वैचारिक धार देखियो। हामीले उक्त विचारलाई त्यतिबेलानै खारेज गर्दै सङ्घर्ष गर्‍यौँ। उक्त निर्णयको विरुद्ध अदालत गयौँ। तर, पार्टीको स्थापनाको विचार र मर्मलाई गलत धारमा जान दिएनौँ। हामीले यो वैचारिक द्वन्द्व पार्टीभित्रको द्वन्द्वका रूपमा मात्र हेरिरहेका थिएनौँ, यसले राष्ट्रिय राजनीतिमा पार्ने प्रभावको रूपमा पनि हेरिरहेका थियौँ।

उक्त विचार ल्याउने व्यक्तिले पार्टी छाडेर गएपछि, पार्टीमा रहेका साथीहरूले उक्त दस्ताबेज ‘विवादास्पद र घातक’ भन्दै खारेज गरेपछि र उक्त निर्णयलाई बन्दीपुर भेला मार्फत समेत खारेज गरेपछि हामी पार्टीभित्र रहेका साथीहरू बिचको वैचारिक द्वन्द्व समाप्त भएको छ।

बन्दीपुर भेलालेनै म लगायत वैचारिक विमति राखेर कारबाही गरिएको साथीहरूको कारबाही फिर्ता गर्ने निर्णय भएसँगै अब पार्टीको मूलभूत वैचारिक समस्या सकिएको छ। यो निर्णयसँगै हामीले अदालतमा हालेको मुद्दा पनि अब असान्दर्भिक भएको छ। हामी उक्त मुद्दा फिर्ता लिँदै छरिएका साथीहरूलाई एक ठाउँमा ल्याउन अग्रसर भएका छौँ।

पार्टीलाई अझ प्रोग्रेसिभ, अझ लोकतान्त्रिक, अझ भविष्यमुखी, थप युवामुखी बनाउनुको विकल्प छैन। विवेकशील साझालाई महिला, दलित, मधेसी, अल्पसङ्ख्यकको पक्षमा वकालत गर्ने पार्टी बनाउन पहल गर्नु नै आजको आवश्यकता हो। यो संविधानलाई सुदृढ गर्दै, थप सुधार गर्दै नागरिकको मुद्दालाई केन्द्रमा राखेर पब्लिक सर्भिस डेलिभरीको राजनीति गर्न हामी अग्रसर हुनेछौँ। हामी न्याय सहित सहभागितामूलक लोकतन्त्र थप संस्थागत गर्न निरन्तर नेतृत्व गर्नेछौँ। गत एक दशकमा हामीले संस्था निर्माण गर्न, यो आन्दोलनलाई स्थापित गर्न गरेको योगदान र मेहनतलाई अर्को चरणमा पुर्‍याउन हामी आउँदो माघ २७(२८ गते महाधिवेशन गर्ने तयारीमा जुटेका छौँ।

आउँदो महाधिवेशनले विवेकशील साझा पार्टीलाई थप संस्थागत गर्नेछ भन्नेमा म ढुक्क छु। हामीसँग जोडिएका र छुटेका सम्पूर्ण साथीहरूलाई समेटेर अघि बढ्न हामी केहि साथीहरू निरन्तर संवादमा छौँ। साथै, नयाँ व्यक्तिहरू, हामीसँग विचार मिल्ने पार्टीहरूसँग पनि हाम्रो संवाद निकै सकारात्मक हुँदै छ। केहि नतिजाहरू महाधिवेशन अघि, केहि नतिजाहरू महाधिवेशनपछि देखिने नै छ।

अब हामीले फेरी हाम्रो पुरानो जिम्मेवारी अर्थात् ‘वाच डग’ को भूमिका निर्वाह गर्नु छ। आज नागरिकले प्रतिपक्ष खोजिरहेका छन्। तर पाइरहेका छैनन्। त्यो भूमिका फेरी पनि हामीले निभाउनु छ।

भूकम्पमा नागरिक सेवामा गरेका काम होस् वा कोरोनामा निभाएको जिम्मेवारी होस् हामी मैदानमा खटिएर कामनै गरेर आएको पार्टी हो। ओम्नी काण्डमा अख्तियारमा मुद्दा हाल्दै, सडक तताउँदै प्रतिपक्ष बनेर होस् वा संसद् विघटन विरुद्ध सडकमा उत्रेर होस् वा लोकमान कार्कीको मुद्दामा निरन्तर खटिएर होस् हामीले सत्तालाई प्रश्न गर्न कहिले छोडेनौँ। वाइड बडी होस् वा ललिता निवास प्रकरणमा विवेकशीलले नागरिकलाई प्रतिनिधित्व गर्न पछि हटेको छैन। शिक्षाको मुद्दा होस् वा सूचनाको हक मार्फत सुशासनको मुद्दा होस्, विवेकशील विगत एक दशकदेखि निरन्तर प्रतिपक्षका रूपमा उभिएको छ। महिला, दलित, सीमान्तकृत समुदाय, अल्पसङ्ख्यक लगायतको पक्षमा निरन्तर बोलेको छ। लडेको छ। आवाज उठाएको छ। विद्यार्थी, युवा, गृहिणी,उद्यमीको मुद्दामा काम गरेको छ। अब फेरी यही कामलाई निरन्तर अगाडी बढाउँदै थप स्पष्ट र थप सशक्त भएर अघि बढ्ने छौँ।

विवेकशील सदनमा नभएर के भो त, नागरिकको मुद्दाका निम्ति हामीसँग पूरा सडक छ। त्यहीबाट बोल्ने छौँ। त्यहीबाट सिङ्गो सिंहदरबारलाई खबरदारी गर्नेछौँ। विवेकशील साझा पार्टीलाई नयाँ सिराबाट अघि बढाउने छौँ।

यही पत्र मार्फत सम्पूर्ण साथीहरूलाई एक ठाउँमा आएर काम गर्न समेत अनुरोध गर्दछु। देशले स्पष्ट, जरैबाट उठेको वैकल्पिक शक्ति खोजिरहेको छ। हामी त्यो शक्ति हौँ। बन्न सक्छौँ।

हामी सबैलाई शुभकामना।

नेपाल आमाको जय होस्।

मिलन पाण्डे

विवेकशील साझा पार्टी

यो पनि पढ्नुहोस्

पाँच लाख छ हजार मेट्रिक टन ग्यास आयात

भ्याट बिल दिनुपर्ने निगमको समर्थन

१ घण्टा अगाडि
Light rain and snowfall likely at some places of Sudurpaschim and Karnali provinces

अति भारी वर्षा हुनसक्ने सतर्कता अपनाउन अनुरोध

३ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

सयपत्री फूलले बजार नपाउने अवस्था आउन नदिन माग

भ्याट बिल दिनुपर्ने निगमको समर्थन

बोल्सोनारो परिवारलाई अमेरिकी भिसा उपलब्ध गराउने निर्णय

आज सुदूरपश्चिम र पोखराबीच खेल हुने

एडिबिएल स्मार्ट प्लस एपबाट डिसहोमका सेवाहरू नवीकरण गर्न सकिने

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक