सोम, मंसिर १, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

कञ्चनपुरमा बाढीबाट प्रभावित १ हजार ११२ परिवारका ४ हजार १६५ जनालाई सुरक्षित स्थानमा सारियाे

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
0
कञ्चनपुरमा बाढीबाट प्रभावित १ हजार ११२ परिवारका ४ हजार १६५ जनालाई सुरक्षित स्थानमा सारियाे
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

महेन्द्रनगर । कञ्चनपुरमा बाढीबाट प्रभावित १ हजार ११२ परिवारका ४ हजार १६५ जनालाई सुरक्षित स्थानमा सारिएको छ ।

जिल्लाका २ तिहाइ भूभाग बाढीबाट प्रभावित भएको र वेदकोट नगरपालिका–७ अन्तर्गत पर्ने पूर्व–पश्चिम सडकखण्डको महेन्द्र राजमार्गको कलभर्ट भासिएर बाटो अवरुद्ध भएपछि आवतजावतमा समस्या भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

अहिले महाकाली नदीमा २ लाख २० हजार क्युसेक पानी बगिरहेको छ । पानी रोकिएपछि पानीको मात्रा घट्नेक्रम जारी रहेको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद सापकोटाले बताउनुभयो ।

सुरक्षा समितिको आकस्मिक बैठक बसी जिल्लामा राहत र उद्धारका लागि स्थानीय निकाय, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाल आर्मीलगायत सबैलाई आवश्यकता अनुसार खटिन निर्देशन भएबमोजिम उद्धार र राहतको काम भइरहेको छ ।

अधिकांश ठाउँमा बस्न उच्चो ठाउँ, विद्यालय, सार्वजनिक ठाउँहरू प्रयोग गरिएको छ भने खाना खुवाउने व्यवस्था पनि गरिएको प्रमुख जिल्ला अधिकारी सापकोटाले बताउनुभयो ।

उहाँका अनुसार पानी निकास र उद्धारका लागि जिल्लामा १० भन्दा बढी जेसिबि प्रयोग गरिएको छ । दोधारा चाँदनी वडा –८ र ९ बढी प्रभावित भएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका  प्रहरी उपरीक्षक चक्रराज जोशीका अनुसार जिल्लाको दक्षिणी क्षेत्रमा बेलडाँडी गाउँपालिका –५, र २, बेलौरी नगरपालिका–१० का बासिन्दा डुबानमा परेका छन् ।

यस्तै, कञ्चनपुरमा ३ दिनदेखि परेको अविरल वर्षासँगै खोला तथा नदीको सतह बढेका कारण ४ जनाको मृत्यु भएको छ । आज पुनर्वास नगरपालिका –५ नयाँ कटानका १५ वर्षीया लक्ष्मी बोगटी, १५ बर्षीया सिर्जना बोगटी र आरती बोगटी स्थानीय खोला तर्नेक्रममा बेपत्ता भएका थिए । लक्ष्मी र सिर्जनाको शव भेटिएको तथा आरतीको खोजीकार्य जारी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक जोशीले जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस्

सङ्घीयतालाई थप बलियो बनाउन राष्ट्रियस्तरमा सहमति

सङ्घीयतालाई थप बलियो बनाउन राष्ट्रियस्तरमा सहमति

६ घण्टा अगाडि
आजैदेखि कार्यान्वयन भयाे स्वयंसेवकका रुपमा खटाउने निर्णय

१२ हजार ९६७ जना सवारीचालक कारबाहीमा

६ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

विदेशमा रहेका देउवा परिवारको सम्पत्ति शुद्धीकरणको अनुसन्धान कसरी हुन्छ ?

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

ललितपुरमा चोरी गर्ने समूहका व्यक्तिहरू पक्राउ

सञ्चार नेटवर्कमा आएको समस्याले अमेरिकामा रोकियो उडान

१२ हजार ९६७ जना सवारीचालक कारबाहीमा

एमालेकाे राष्ट्रिय भेलामा ३ हजार ५१४ जना सहभागी हुने

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक