काठमाडौं । दक्षिण भारतीय अभिनेता प्रभाषको मुख्य भूमिका रहेको चलचित्र ‘कलकी २८९८ एडी’ले ५०० करोडको आकंडा पार गरेको छ । प्रदर्शनको बाह्रौं दिनमा पनि घरेलु बजारमा यसको व्यापारमा कमी आएको छैन ।
चलचित्रले एघारौँ दिन आइतबार ४४.३५ करोड ग्रस कलेक्सन गरेको थियो । योसँगै यस चलचित्रको ग्रस कलेक्सन ५१० करोड पुगेको हो ।
छोटो समयमा ५०० करोडको व्यापार गर्ने यो चौथो भारतीय चलचित्र बनेको छ । ‘बहुबली २’ले सात दिन, केजीएफ २ ले आठ, आरआरआरले आठ दिनमा यो आकंडा पार गरेका थिए । यो चलचित्रले शाहरुख खानको चलचित्र ‘जवान’को रेकर्ड छिट्टै तोड्ने अनुमान गरिएको छ । जवानले विश्वभरबाट १,१६० करोडको व्यापार गरेको थियो, जुन शाहरुखको सबैभन्दा बढी व्यापार गर्ने चलचित्र हो ।
‘कलकी २८९८ एडी’ एघारौं दिनमै ९१० करोड ग्रस कलेक्सन गरेको छ । अबको केही दिनमै यो चलचित्रले जवानको रेकर्ड तोड्ने अनुमान गरिएको छ ।
यस फिल्ममा प्रभाषसहित अमिताभ बच्चन, दीपिका पादुकोणको समेत मुख्य भूमिका रहेको छ । यस चलचित्रका लेखक र निर्देशक नाग आश्विन हुन् ।


