सोम, मंसिर १, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

फ्रान्समा दोस्रो चरणको मतदान

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
0
फ्रान्सले नाइजरबाट सैन्य उपस्थिति हटाउने
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

पेरिस । फ्रान्समा आइतबार दोस्रो चरणको निर्वाचनका लागि मतदान भएको छ । निर्वाचनले संसदमा अति दक्षिणपन्थी शक्तिलाई प्रमुख शक्तिका रूपमा स्थापित गर्ने अपेक्षा गरिएको छ ।

राष्ट्रपति इमानुएल म्याक्रोँले युरोपेली संसद्को गत जुनमा भएको मतदानमा आफ्नो शक्ति पराजित भएपछि तीन वर्ष अगावै मध्यावधि निर्वाचनको घोषणा गर्नुभएको थियो ।

अति दक्षिणपन्थी नेतृ मारिन ले पेनको नेशनल र्‍याली (आरएन) जुन ३० को पहिलो चरणमा शीर्ष स्थानमा रहेको र आइतबारको प्रतिस्पर्धामा यो उपलब्धि दोहोर्‍याउने क्रममा छ ।

पेरिसमा ओलम्पिक आयोजना हुनुभन्दा केही हप्ताअघि मात्रै आरएन पार्टीका २८ वर्षीय नेता जोर्डन बर्डेलालाई प्रधानमन्त्री नियुक्त गर्न म्याक्रोँलाई बाध्य पार्ने गरी आरएनलाई पूर्ण बहुमत प्राप्त हुन सक्दैन ।

विशाल युरापेली एकता र आप्रवासन विरोधी दस्तासहितको त्रिशंकु संसद्ले फ्रान्सको अन्तर्राष्ट्रिय प्रतिष्ठालाई कमजोर पार्न सक्छ र युक्रेनमा रूसको आक्रमणको सामना गरिरहेको पश्चिमी एकतालाई खतरामा पार्न सक्छ ।

गत हप्ता आरएनलाई पूर्ण बहुमत प्राप्त हुनबाट रोक्ने प्रयासका लागि केन्द्र र वामपन्थी उम्मेदवारहरूबिच २०० भन्दा बढी रणनीतिक मतदान सम्झौताहरू भएका थिए ।

सन् २००२ को राष्ट्रपतीय चुनावमा मरिन ले पेनका पिता ज्याँ मेरीले ज्याक शिराकको सामना गर्दा पहिलो पटक आह्वान गरिएको ‘रिपब्लिकन फ्रन्ट’ को पुनरागमनको रूपमा यसलाई हेरिएकोे छ ।

यी सम्झौतापछि जनमत सर्वेक्षणले ५७७ सदस्यीय राष्ट्रिय सभामा पूर्ण बहुमतका लागि आवश्यक पर्ने २८९ सिटमध्ये आरएन निकै कम हुने अनुमान गरेका छन् ।

यस्तो परिणामले म्याक्रोँलाई सम्भवतः आरएनविरुद्ध व्यापक गठबन्धन निर्माण गर्न र ग्याब्रियल अट्टललाई कार्यवाहक आधारमा प्रधानमन्त्रीको रूपमा राख्न अनुमति दिन सक्छ ।

तर जुलाई २६ देखि ओलम्पिक आयोजना गर्ने तयारीमा रहेको फ्रान्समा यसले लामो समयसम्म अस्तव्यस्त बनेको राजनीतिलाई सही दिशा दिने कामको सुरुवात पनि गर्न सक्छ ।

“आज खतरा चरम दक्षिणपन्थीहरूको बाहुल्यता रहेको बहुमत हो र यो विनाशकारी हुनेछ,” अट्टलले शुक्रबार फ्रान्सेली टेलिभिजनलाई दिएको चुनावपूर्वको पछिल्लो अन्तर्वार्तामा भन्नुभयो ।

आरएनले संसदमा आफ्नो उपस्थिति दोब्बर बनाउने र उहाँको मध्यमार्गी सांसदहरूको सङ्ख्या आधा हुने यो अवस्थामा म्याक्रोँले किन चुनावको घोषणा गर्नुभयो भन्नेमा अधिकांश फ्रान्सेली समुदाय आश्चर्यचकित रहेको छ ।

आफ्नो नाटकीय हाउभाउका लागि चिनिने राष्ट्रपतिले फ्रान्सेली राजनीतिको ‘स्पष्टीकरण’ कार्यान्वयन गर्न चाहेको देखिन्छ । अन्ततः अति दक्षिणपन्थी, मध्य र वामपन्थीका तीन स्पष्ट शिविरहरू छोड्नेछन् भन्नेमा उहाँ आशावादी देखिनुहुन्छ ।

दुई सङ्गठनले शुक्रबार सार्वजनिक गरेको अन्तिम जनमत सर्वेक्षणले आरएनले १७० देखि २१० सिट, न्यू पपुलर फ्रन्ट (एनएफपी) को व्यापक वामपन्थी गठबन्धनले १४५ देखि १८५ र म्याक्रोँको मध्यमार्गी समूहले ११८ देखि १५० सिट जित्ने अनुमान गरेको छ । एएफपी

यो पनि पढ्नुहोस्

सञ्चार नेटवर्कमा आएको समस्याले अमेरिकामा रोकियो उडान

सञ्चार नेटवर्कमा आएको समस्याले अमेरिकामा रोकियो उडान

१२ घण्टा अगाडि
बाक्लो हुस्सुका कारण ठूलो सडक दुर्घटना

बाक्लो हुस्सुका कारण ठूलो सडक दुर्घटना

५ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

विदेशमा रहेका देउवा परिवारको सम्पत्ति शुद्धीकरणको अनुसन्धान कसरी हुन्छ ?

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

ललितपुरमा चोरी गर्ने समूहका व्यक्तिहरू पक्राउ

सञ्चार नेटवर्कमा आएको समस्याले अमेरिकामा रोकियो उडान

१२ हजार ९६७ जना सवारीचालक कारबाहीमा

एमालेकाे राष्ट्रिय भेलामा ३ हजार ५१४ जना सहभागी हुने

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक