काठमाडौं । चितवनको नारायणी नदीमा एकजना पुरुषले हाम फालेका छन्।
आइतबार बिहान करिब ११ को आसपासमा अन्दाजी ५० वषीर्य पुरुषले साइकलबाट झरेर पुलबाट बाढी उर्लिएको नारायणीमा हामफालेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय, चितवनले जनाएको छ।
पुरुष हामफालेको उक्त स्थानमा अहिले विपद् व्यवस्थापन इकाइको प्रहरी टोली खटाइएको छ।
पुलमा उनले छाडेको साइकल, चप्पल र टोपी लगायतका सामान भेटिएका छन्। पुलबाट हामफालेर बेपत्ता ती पुरुषको खोजी जारी छ।


